Tuesday, 21 October 2014

संगीतको तालमा स्तन नचाउने युवती को youtube मा तहल्का (भिडियो सहित)

आफ्नो स्तनलाई संगीतको तालमा नचाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेपछि मोडल सारा एक्स रातारात चर्चित बनेकी छिन् ।

 भिडियो अपलोड गरेको ९ दिनमा नै यसलाई साढे २३ लाखभन्दा बढी पटक हरिसकिएको छ ।

उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् ।
 २७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् । जब उनले आफ्नो स्तनलाई ३६ डीडी आकारको इम्प्लान्ट गरिन्, त्यसलाई नचाउन उनलाई झन् सजिलो भयो ।
सारा एक्सको वास्तविक नाम सारा मिल्स हो र उनी आफ्नो यस भिडियोबाट एक्स फ्याक्टरका निर्णायक साइमन कावेलको मन जित्न चाहेको बताएकी छिन् ।

Monday, 20 October 2014

प्रहरी व्यारेकभित्र डरलाग्दो यौनकाण्ड.......

‘भ्रष्टाचार र अवैध क्रियाकलापबाट आर्जित सम्पत्ति कमाउने नेपालीले पहिला जग्गा किन्छ, घर बनाउँछ, गाडी किन्छ, त्यसपछि उसले एकपछि अर्को विवाह गर्न थाल्छ । महिलाको हकमा पनि यही कुरा लागु हुन्छ’ वित्तिय जानकारी इकाईका प्रमुख धर्मराज सापकोटाले भनेको यो कुरा नेपालीमा सतप्रतिशत लागू भएको घटनाक्रमले देखएको छ । भ्रष्टाचारबाट आर्जित धनको मातले सेना,नेपाल प्रहरी र सशस्त्रमा बहुविवाह गर्नेको संख्या उल्लेख्य छ ।

तीनवटै सुरक्षा निकायमा बहुविवाह गर्नेमा अधिकृतदेखि जर्नेलसम्म छन् । भ्रष्टाचार गर्नेहरुले बहुविवाह गर्नेगरेको मात्रै होइन,अवैधानिक रुपमा प्रेमिका (रखौल) राख्ने मामलामा निजामती प्रशासनका उच्चपदस्थ अधिकारीहरुको नाम पनि आउने गरेको छ । सबैभन्दा बढी सेना र नेपाल प्रहरीमा बहुविवाह गर्नेहरु रहेको खोजी गरे फेला पर्नेछ । वर्षौदेखि नेपाल प्रहरीका एक पूर्वएआइजीको यौनशोषणमा परेकी महिला प्रहरीले तीन वर्षअघि महिला तथा बालबालिका निर्देशनालयमा उजुरी दिएपछि २५ लाख रुपैयाँ क्षतिपूर्ति दिएर सामसुम पारिएको थियो ।

ती पूर्वएआइजीपीको केस उनको समूहका आइजीपी रविन्द्रप्रताप शाहको पहलमा सामसुम पारिएको थियो । जागिरे जीवनका अधिकांश समय लेखामै बिताएका नेपाल प्रहरीका एक अधिकृतले जहाँ बस्यो त्यही महिला प्रहरीलाई यौन शोषण गर्दा अहिलेसम्म १९ लाख क्षतिपूर्ति तिर्नुपरेको स्रोतले बतायो । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट केही दिनअघि प्रहरी हेर्डक्वार्टर पबन्धको खुद्रा खरिद इकाइमा सरुवा भएका एक लेखा अधिकृतले ट्राफिकमै कार्यरत महिला प्रहरी जवान जुना आले (नाम परिवर्तन) लाई यौन शोषण गरी गर्भवती बनाए ।

उनी गर्भवती भएपछि भदौ अन्तिममा मेरी स्टोप्स चावहिलमा लगी गर्भपतन गराए । गर्भपतन गराइएकी ती युवतीले ती अधिकृतलाई नछाड्ने भएपछि ५ लाख दिएर मिलाइएको महाशाखामा चर्चा छ । विराटनगर हुँदा पनि ती अधिकृतले एक रिक्रुट युवतीलाई त्यसैगरी शोषण गरी ५ लाख नगद दिएर थामथुम पारेको आजको साँघु साप्ताहिकमा खबर छ ।

दोश्रो विवाह गर्दै बलिउडका महानाएक शाहरुख खान......!!!

लिउडका बादशाह समेत भनिने अभिनेता शाहरुख खानले दोश्रो विवाह गर्ने भएका छन् । उनले नयाँ डान्स रियालिटी शो 'दिल से नाचें इण्डियावाले' मा एक महिला प्रतियोगीसँग विवाह गर्ने भएका हुन् ।

कार्यक्रममा पुगेको बेला एकाएक प्रतियोगीले विवाहको प्रस्ताव राखेपछि शाहरुखले

 उनीहरु शाहरुखले विवाहको प्रस्ताव गरेकी युवती इलेनाको प्रस्तुतीबाट निक्कै प्रभावित भएका थिए । जव इलेनाले शाहरुखलाई विवाहको प्रस्ताव राखिन् शाहरुखले पनि "आप सोमवार को क्या कर रही हैं? हम सोमवार को शादी कर सकते हैं!​"​ अर्थात यो सोमबार फुर्सद छ भने विवाह गरौं भनेर जवाफ दिए । कार्यक्रममा उपस्थित फराह खानले भने विवाह सम्भव नभएको तर रोमान्स भने सम्भव रहेको भन्दै मजाक गरेकी थिइन् ।
ती युवतीलाई विवाह गर्ने अवस्थामा पुगेका हुन् । शाहरुखलाई विवाहको प्रस्ताव राख्नु अघि ती युवतीले 'आ रे प्रीतम प्यारे' र 'चिकनी चमेली' जस्ता गीतमा नृत्य गरेकी थिइन् । उनले पनि आफू शाहरुखका लागि पागल रहेको बताएपछि शाहरुख विवाह गर्न तयार भएका थिए ।   कार्यक्रममा दीपिका पादुकोण, अभिषेक बच्चन, बोमन ईरानी, फराह खान, सोनू सूद र विवान शाह जस्ता कलाकार थिए ।

श्रीमती हत्या गर्ने मानसिंह २ महिनापछि पक्राउ

हेटौंडाः आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका मकवानपुरको बसामाडी गाविस–२ बस्तिपुरका मानसिंह थोकरलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ ५ गते घरमै सुतिरहेको अवस्थामा ४४ बर्षीया श्रीमती मनुमायालाई हत्या गरी मानसिंह फरार रहेका थिए ।

आईतबार राति बस्तीपुरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक दीपक थापाले बताए । थोकरलाई प्रहरी हिरासतमा राखी आवश्यक कारबाही भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

यसैगरी जुवातास खेल्ने ४ जनालाई तास र नगदसहित पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिएका छन् । हेटौंडा नगरपालिका १० का २८ बर्षीय रोहित पौडेल, ३५ बर्षीय बिक्रम लामा, ३३ बर्षीय राजन ज्ञवाली, २८ बर्षीय बिक्रम श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहति पक्राउ गरी जुवा ऐन २०२० अनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाले बताए ।

महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै

महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै
बाजुरा: बाजुरामा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । छाउपडीलाई पाँच दिनसम्म छुट्टै गोठमा राख्नु, सात दिनसम्म पानीसमेत छुन नदिनु, गोरस खान नदिनु, घ्यू खान नदिनु त सामान्य नै भए पनि छाउपडी हिँड्ने बाटोसमेत अलग्गै बनाइएको थाहा भएको छ ।

बाजुराको जुकोट गाविसमा यस्तै भएको छ । जुकोट गाविसमा ढोगगर्नाको बाटोमा महिनावारी भएका बेला हिँड्न नमिल्ने भन्दै लक्षित वर्गका लागि छुट्याइएको बजेटले छाउपडी हिँड्ने बाटो निर्माण गरिएको हो ।

बाजुराको जुकोट गाविसमा लक्षित वर्गका लागि छुट्याइएको बजेट छाउपडीका लागि छुट्टै हिँड्ने बाटो र शौचालयको प्यान किन्न प्रयोग भएको बताइएको छ ।

 गाविसमा जाने बजेटमध्ये लक्षित वर्गका लागि अनिवार्य छुट्याइनुपर्ने १० प्रतिशत बजेटले उनीहरूको सामाजिक विकासका कार्यक्रममा खर्च नगरी जुकोट गाविसकै मिलेमतोमा छाउपडी हिँड्ने बाटो बनाउन प्रयोग भएको हो ।

जुकोट गाविसमा रहेको कुलाडिल कालाऋषिको मन्दिर नजिकको ढोगगर्नामा छाउ भएका महिलाले हिँड्न नमिल्ने भएकाले महिलाकै भनाइअनुसार अर्को बाटो बनाउन प्रयोग गरिएको जुकोट गाविसका लेखा सहायक करवीर शाहीले बताए । 

गाविसले छुट्याएको उक्त रकम छाउपडी हिँड्ने बाटो बनेको र महिला मञ्चका लागि छुट्याइएको रकम स्वास्थ्य चौकीमा प्रसूति सामग्री खरिद गर्न र शौचालयको प्यान किन्न प्रयोग गरिएको पाइएको छ । लक्षित वर्गका लागि सङ्घसंस्थाले छुट्याउने बजेटमा पनि तोकिएको कार्यक्रमभन्दा छुट्टै प्रयोग गरी बिल मिलाएर पास गर्ने गरेको स्थानीय गोविन्द जैसीको गुनासो छ ।

महिलालाई सिलाइकटाइका लागि छुट्याइएको रकमले शौचालयको प्यान र स्वास्थ्य चौकीमा सामान किन्न दिएपछि कसरी क्षमता विकासका काम गर्न सकिन्छ भन्नेमा केही महिला भने चिन्तित देखिन्छन् । तर गाउँघरमा महिलाले महिलालाई पर्ने समस्या जुन सामाजिक कुसंस्कारका रुपमा रहेको छ त्यसैमा प्रयोग भइरहेको छ ।

जुकोट गाविस प्रतिनिधि पात्र मात्र भए पनि जिल्लाका अधिकांश गाविसमा लक्षित वर्गका लागि गएको बजेट सही ठाउँमा प्रयोग भइरहेको छैन ।

विवाह गरेको तीन दिनमै आत्महत्या

विवाह गरेको तीन दिनमै आत्महत्या
धरान : मोरङको हरैचाकी २१ वर्षीया हेमन्ती मगरले धरानको घण्टाघरबाट हाम फालेर आत्महत्या गरेको खुलेको छ ।

कोशी–हरैचा नगरपालीका–९ निवासी उनी आइतबार धरान घुम्न आएका बेला पतिसँगै भानुचोकस्थित घण्टाघरमा चढेकी थिइ । विवाह गरेको तीनदिनपछि पति तोमबहादुर मगरसँगै धरान घुम्न आएकी उनले घण्टाघरबाट हामफालेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी सञ्जयसिंह थापाले बताए ।
 घण्टाघरको माथिल्लो तलामा पुगेपछि हेमन्तीले पतिलाई पानी लिन भुईँतलामा पठाएपछि हाम फालेर आत्महत्या गरेको प्राराम्भीक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए । ‘सोमबहादुर पानी लिन भुईँतलामा आएको बेला हेमन्तीले आत्महत्या गरेको पुष्टि भएको छ’, डिएस्पी थापाले भने, ‘तत्काल घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले हेमन्तीका पतिसहित तीनजनालाई नियन्त्रणमा लिएका थियौं । हेमन्तीको मृत्युमा सोमबहादुरको संलग्नता नदिएपछि छाडिएको हो ।’

  प्रहरीसँगको बयानमा सोमबहादुरले आफुलाई पानी लिन पठाएर पत्नीले अचानक घण्टाघरबाट आत्महत्या गरेको बताएका छन् । ‘विवाहको तीन दिनपछि सल्लाह गरे धरान घुम्न आएका थियौं’, सोमबहादुरले भने, ‘उनीसँग कुनै झगडा र मनमुटाव पनि थिए ।’

उता हेमन्तीको शव माइतीपक्ष र घरपक्षका दुबैको सहमतिमा पोष्टमार्टमपछि  दाहसंस्कारका लागि गृहनगर लगेका छन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको यथार्थ पत्ता लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।

Sunday, 19 October 2014

पुरूषमा यौन क्षमता कति छ भन्ने कुरा सुगेर थाहा पाउँछन् महिला !

कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।

अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID