Tuesday 7 October 2014

पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्‍लील क्रियाकलापमा संलग्न दुई महिलासहित पाँच पक्राउ

गौशाला: महोत्तरीको श्रीपुर गाविस-१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने ३० वर्षीय छोटु नदाफ, जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७ वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

श्रीपुर–१ बस्ने रामएकवाल रामकी पत्‍नी गुलाबिया देवीले पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी आफूसमेत संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए।  तिनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ।

साँघुरो बाटोमा रोक्दा रोक्दै गाडी चिप्लिएर भिरबाट खस्दा, ३० जनाको ज्यान गयो।

It is reported that death toll has reached to 30 in bus mishap,  occurred on Monday at 3 pm in Doti. It is stated that 19 people have died who belong to same village in accident. Thus the place called Saraswati has sunken into grief. In addition to that, Dilli Raj Joshi has died who was hospitalised in Padma Hospital at Attariya in Kailali. 27 people died in  the accident occurred on Monday. Two people died while they are taken to the hospital. Those who are died in the accident belong to Saraswati nagar VDC and it is nearer to Jorayal. Among the deaths, Sakuntala Malla, Bhagirath Ojha, Harina Ojha, Basanti Ojha, Reporter Karna Bahadur Shahi,  Rajendra Shahi, Chatra Bahadur B K, Rohit Bohara are died.

आठ वर्षका बालकले युट्युबबाट कमाउँछन् १२ करोड…तर कसरी ? (भिडियो सहित)

उमेर मात्र आठ वर्ष तर कमाई यति छ कि कुनै राम्रो जागिरको तलब पनि कम लाग्छ । जुन उमेरमा बच्चा खेल्ने–दौडिने गर्दछ त्यहि उमेरमा इवानको कमाई लगभग १२ करोड ५० लाख करोड रहेको छ ।
यति भनिसक्दा सबैको मनमा यहि प्रश्न उठेको होला, यत्रो कमाई कसरी ? वास्तवमा इवानको एउटा युट्युब च्यानल छ जसमा उनी नयाँ–नयाँ खेलौना र भिडियो गेमको रिभ्यु
सुरुमा इवान र उनका बुवाले यो काम रमाइलोको लागि गर्ने गरेको र यो बिस्तारै बिस्तारै उनीहरुको व्यवसाय भएको इवानका बुवाको भनाई छ । इवानका बुवाले एक अन्तर्वाताको क्रममा भनेका थिए कि इवानको भिडियोबाट युट्युबको च्यानलमा हुने कमाई उनको बच्चाको सेभिङ अकाउन्ट र अरु खर्चहरुमा जाने बताए ।
यो व्यवसायका लागि इवानका बुवाले एउटा सेल्स टिम खडा गरेका छन् जसले विज्ञापनको काम गर्ने गर्दछ । इवानको युट्युब च्यानलमा तपाईंले यस्ता थुप्रै भिडियोहरु पाउन सक्नुहुन्छ । जसमध्ये यो तल दिइएको भिडियोलाई निकै धेरै पटक हेरिएको छ । (एजेन्सी)
गर्ने गर्दछन् र उनी भिडियो बनाएर यसलाई पोष्ट गर्ने गर्दछन् । यो काममा उनलाई उनका बुवाले सहयोग गर्ने गर्दछन् । यहि भिडियो रिभ्युको मद्दतले इवान एक वर्षमा १३ लाख अमेरिकी डलर अर्थात (लगभग) नेपाली १२ करोड ५० लाख रुपैयाँ कमाउने गर्दछन् ।

Financial Aid Awards to international students from Amherst College, USA

Amherst College offers financial aid award to international students. Since its founding in 1821, Amherst College has become one of the premier liberal arts colleges in the USA, enrolling some 1,800 talented, energetic and diverse young men and women.Renowned for its talented students, committed faculty, and rigorous academic life, Amherst offers the B.A. degree in 36 fields of study. With a faculty-student ratio of 1 to 8, Amherst’s classes are characterized by spirited interchange among students and acclaimed faculty skilled at asking challenging questions.Amherst is a member of the Five Colleges, a consortium with nearby Smith, Mount Holyoke and Hampshire Colleges and the University of Massachusetts at Amherst.
Financial Aid Awards Details:
Once your financial need is determined by College, a financial aid award that is equal to your need will be offered. Notices of financial aid awards will be sent soon after admission letters are mailed to first-year and transfer applicants. The award is sometimes called an "aid package" because it may include both self-help (employment) and gift aid (scholarships and grants). Students with lower financial need will be offered self-help. Students with greater need will be offered a combination of self-help and gift aid.  

Amherst College has replace all initially packaged, need based student loans with grant assistance and also offers $1,800 in an employment opportunity

Application Deadlines:

Early Decision- November 1
Regular Decision- February 15
Fall Transfer- March 15
Spring Transfer- October 15

It is important to visit official website (link found below) for detailed information on how to apply for this scholarship.

For more details and Original Scholarship link:
Financial Aid Awards from Amherst College, USA

पोखराका होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले निगरानी बढाउन थालेपछि यौनकर्मी महिलाहरू डेरा बाटै यौन व्यवसायमा संलग्न

पोखराका होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले निगरानी बढाउन थालेपछि यौनकर्मी महिलाहरू डेरा बाटै यौन व्यवसायमा संलग्न हुन थालेका छन्। होटल-रेस्टुराँमा प्रहरीको निगरानी एवं धरपकड बढ्दै गएपछि सुरक्षाका लागी डेरा लिएर यौन व्यवसाय गर्नेहरू बढिरहेका छन्' यौनकर्मी महिलाहरूका बारेमा अध्ययन गरेका अधिकारकर्मी माधव पहारीले भने, 'यसरी डेरा लिएर यौन व्यवसाय गर्नेहरूमा हत्तपत्त प्रहरी प्रशासनको समेत आँखा पुग्न सक्दैन।'

उता प्रहरीले होटल रेस्टुराँमार्फत यौनधन्दा गर्ने प्रवृत्ति ह्वात्तै घटेको दाबी गरेको छ। विगतमा पनि डेराबाट व्यवसाय सञ्चालन गर्नेहरूलाई समातेका हौं, ' अहिले पनि त्यस्तो पाइयो भने पक्राउ गर्छौं, ' प्रहरी नायब उपरीक्षक राजेशनाथ बाँस्तोला भन्छन्, 'सूचना पाएको खण्डमा हामी जुनसुकै रूपमा यौनधन्दा गर्नेलाई छाड्दैनौं।'

यही पेसामा लागेर घर जग्गासमेत जोडेका उदाहरण यौनकर्मीका बारेमा अध्ययन गर्दै आएका संघसंस्थाहरूको प्रतिवेदनमा उल्लेख छ।

पछिल्ला पाँच-छ महिनाको अवधिमा प्रहरी प्रशासनले होटल रेस्टुराँमा छापा मारेर यौनकर्मीहरूलाई नियन्त्रणमा लिन थालेपछि देहव्यवसायीहरूले आफंै ग्राहक खोज्न थालेका हुन्। आफ्नो नाम उल्लेख गर्न नचाहने यौनकर्मीहरूको अध्ययन गर्दै आएकी एक अधिकारर्मीले ६० प्रतिशत यौनकर्मी महिला होटल रेस्टुराँबाट विस्थापित भएपछि मोबाइलमार्फत ग्राहक खोजेर डेरामा यौन व्यवसाय गरिरहेको बताइन्। सन् २००७ देखि चल्दै आएको उनको अध्ययनमा सुरक्षि
त डेरा लिएर व्यवसाय गर्नेहरू बढिरहेका देखिन्छन्।

यसरी डेरा लिएर यौन व्यवसाय गर्नेहरूका ग्राहक सीमित हुन्छन्। पोखराका मुख्य यौनधन्दा हुने होटल-रेस्टुराँहरूमा केही समययता यौनकर्मी युवतीहरू विगतको जस्तो ठूलो संख्यामा देखिँदैनन्। बाग्लुङ घर बताउने बिमति क्षेत्री (नाम परिवर्तन) चार वर्षदेखि 'कन्ट्रयाक' मा यौन व्यवसाय गर्न बाध्य छिन्। सानैमा बाबु भारतमा रोजगारीका क्रममा बेपत्ता भएपछि आमा र एउटा भाइको हेरचाह गर्ने जिम्मेवारी उनीमाथि आइपर्‍यो। सहरी युवकसँग विवाह गरेर पोखरा आएकी बिमतिका श्रीमान् पनि केही समयपछि बेपत्ता भए।

रोगी आमाको हेरचाह एवं भाइको पढाइका लागि उनले बाध्यतावश यौन व्यवसाय अँगालिन। उनीजस्तै यौन व्यवसायमा लाग्ने महिलाहरू रहरले नभएर आफ्नै बाध्यताले नचाहँदा-नचाहँदा पनि यौन व्यवसायमा लाग्न बाध्य भएका देखिन्छन्। योभन्दा राम्रो काम अर्थात् पेसा-व्यवसाय पाउने हो भने यौन व्यवसायमा संलग्न ७५ प्रतिशत महिलाले यो दलदलबाट छुटकारा चाहने कमल पौडेल रिमालले गरेको अध्ययनमा उल्लेख छ। त्यस्तै ५० प्रतिशत यौनकर्मी युवतीमा घरजमको चिन्ता छ। विभिन्न संघसंस्थाको तथ्यांकअनुसार पोखरा क्षेत्रमा १ हजार २ सयजति यौनकर्मी महिला छन्।
साभार:शिव शर्मा/साप्ताहिक भिडियो हेर्न तल क्लिक गर्नुहोस : 

‘पोर्न साइट’ हेर्न गाउँमा किशोरी बढी उत्सुक ,शहरिया महिला 'च्याट'मा अगाडि

‘पोर्न साइट’ हेर्न गाउँमा किशोरी बढी उत्सुक ,शहरिया महिला 'च्याट'मा अगाडि 
२१ असोज, काठमाडौं । नेपालमा इन्टरनेटको प्रयोग गर्नेहरुमध्ये अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा पुरुष धेरै होलान् कि महिला ? सबैको उत्तर आउँछ पुरुष । तर, वास्तविकता अलि फरक देखिएको छ ।
विश्वव्यापी रुपमा हेर्दा महिलाको तुलनामा पुरुषले नै बढी ‘पोर्न साइट’ हेर्ने गरेको पाइन्छ । तर, नेपालको कुरा गर्दा भने पुरुषको तुलनामा महिलाले बढी पोर्न साइट हेर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यसमा पनि १० देखि १४ वर्ष उमेरका ग्रामीण भेगका केटीहरुको रुची बढी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय पहिले गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले इन्टरनेटको माध्यमद्वारा अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा १० देखि १४ वर्षका ग्रामीण भेगका केटीहरु केटा भन्दा निकै अगाडि रहेको देखाएको छ ।
इन्टरनेटमार्फत अश्लील सामाग्री हेर्ने र पढ्नेमा ग्रामीण भेगका १० देखि १४ वर्ष उमेरका केटीहरु केटाभन्दा दुई गुणा बढी रहेको ‘किशोर किशोरी तथा युवा सर्वेक्षण प्रतिवेदन’मा उल्लेख छ ।
प्रतिवेदन अनुसार नेपालका ग्रामीण क्षेत्रका सो उमेर समूहका २ दशमलव २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने र पढ्ने गरेको पाइएको छ ।
जबकि सोही उमेर समूहका केटाहरुको प्रतिशत भने ० दशमलव ९२ प्रतिशतमात्रै रहेको छ ।
ग्रामीण भेगमा इन्टरनेटको पहुँच कम भए पनि इन्टरनेटमा पहुँच हुने सो उमेर समूहका बालबालिकाले अश्लील सामाग्री हेर्ने गरेको अध्ययनले देखाएको छ ।
मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी १० देखि २४ वर्ष उमेर समहुका करिब ९ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जना किशोर किशोरी तथा युवाको सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट नेपालमा नेपालका १० देखि २४ वर्ष उमेर समूहका १९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले इन्टरनेट चलाउने गरेको पाइएको छ ।
इन्टरनेटको प्रयोग शीर्षकमा गरिएको अध्ययनले ग्रामीण भेगका १० देखि १४ वर्षका केटीहरु ‘पोर्न साइट’ हेर्नमा शहरी क्षेत्रका केटा तथा केटीहरुभन्दा धेरै अगाडि रहेको पाइएको छ ।
प्रतिवेदनअनुसार १० देखि २४ वर्षका दुई दशमलव ४१ प्रतिशत पुरुषले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने गरेको र सोही उमेर समुहमा शुन्य दशमलव ४२ प्रतिशत महिलाले अश्लील सामाग्री हेर्ने गरेको पाइएको छ ।
अध्ययनले शहरी भेगका १० देखि १४ वर्षसम्मका महिला तथा पुरुष दुबैले अश्लील सामाग्री नहेरेको, १५ देखि १९ वर्षका २ दशमलव ०१ प्रतिशत पुरुष र सो उमेरसमुहका ० दशमलव ८३ प्रतिशत महिलाले अश्लील समाग्री हेर्ने गरेको देखाएको छ ।
त्यस्तै २० देखि २४ वर्षका दुई दशमलव ९१ प्रतिशत पुरुषले पनि अश्लील सामाग्री हेर्ने गरेको देखाएको छ । अध्ययनमा २० देखि २४ वर्षका महिलाले भने अश्लील सामाग्री हेर्ने नगरेको पाइएको छ ।
यसैगरी, अध्ययनले ग्रामीण क्षेत्रका पुरुषहरुमा १५ देखि १९ वर्षका दुई दशमलव ७९ प्रतिशत र २० देखि २४ वर्षका तीन दशमलव ५२ प्रतिशतले अश्लील सामाग्री हेर्ने गरेको देखाएको छ ।
ग्रामीण भेगका महिलाहरुमा १५ देखि २४ वर्षका कुनै पनि महिलाले अश्लील सामाग्री नहेरेको प्रतिवेदनमा देखाइएको छ ।

च्याटमा बढ्ता लगाव

इन्टरनेट चलाउने किशोर किशोरी तथा युवा युवतीहरुमा अधिकांशले च्याटका लागि इन्टरनेट चलाउने गरेको देखिएको छ ।
च्याटमा बिताउनेमा पुरुषको तुलनामा महिलाहरु निकै अगाडि रहेको पनि अध्ययनले देखिएको छ । अध्ययन अनुसार ७२ दशमलव ३८ प्रतिशत किशोरी तथा युवतीहरुले च्याटिङका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ ।
च्याटिङमा समय बिताउने पुरुषहरुको प्रतिशत भने महिलाको तुलनामा झण्डै दश प्रतिशत कम छ ।
च्याटमा समय बिताउनेमा शहरी क्षेत्रमा महिलाहरु निकै अगाडि पाइएको छ । अध्ययनअनुसार शहरी क्षेत्रका ८१ दशमलव २९ प्रतिशत महिलाले च्याट गर्ने गरेका छन् ।

नेपाल बन्दै छ वयस्क भिडियोको मुख्य ट्रान्जिट स्थान ..!

Watch Nepali news show Crime News episode of 2nd October 2014 online as broadcasted on Sagarmatha TV. Today’s episode is dedicated on one of the serious and emerging issue of Nepali community. The issue is about the increasing production of un-official adult movies by Nepalese which is getting high demand on European countries. With a deal from NRs 500 to 50000 women who are ready to pleasure men are recorded as videos and supplied to European countries as per the source. This is the most common issue at present and there is no legal action towards such activities which might be encouraging such activities in Nepalese community. Here is the special episode of Sagarmatha TV Crime News. 

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID