Monday 6 October 2014

बिस्वासबाट जन्मिएका दुखका पानाहरु :

म दोश्रो विहे गर्न चाहन्छु !
म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो । दुई छोरा छोरी । काठमाडौंमा एउटा पुस्तैनी घर । हाम्रो भागमा बस्नलाई तीन कोठा । हामीलाई पर्याप्त थियो । घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ छेलोखेलो थियो ।

एकदिन श्रीमानले के के सुनेर आउनुभयो, अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें, ‘हामीलाई के काम इजरायलको गफ । नजाने गाउँको बाटै नसोध्नु ।’

‘किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ थोरै छ, होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, हाम्रो पनि आथिर्क हैसियत अलि उकालौं । सधै यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न ।’

श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्‍यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर उहाँले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ ।

इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान र छोराछोरीबाट टाढा नभएकी म एक्कासि सात समुद्रपारि पुगेकी थिएँ । मनलाई सम्झाउन निकै कठिन भैरहेको थियो । इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । केयर गिभर भनिएपनि म घरकी नोकर्नी नै थिएँ । सुरुसुरुमा त कति रोएँ कति । तर के गर्नु सबै भताभुङग बनाएर म त्यता पसेकी थिएँ । फकिर्एर फेरि के गर्ने ?

मेरो तलब आएकै दिन म सबै पैसा श्रीमानलाई पठाइदिन्थें । मलाई खान बस्न पैसा खर्च नहुने । एकदिन पाउने बिदामा पनि त्यही घरमा काम गरिदिए अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो खर्च त्यही पैसाले पुगिहाल्थ्यो । मेरो महिना सुरु हुन नपाउँदै श्रीमानको लिस्ट आइहाल्थ्यो । म कहिलेकाहीँ भन्थें ‘जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी छु, त्यो पहिले पूरा गरौं । यसरी फाल्तु खर्च किन गर्ने ?’

‘तिमी तीन–चार वर्ष बसिहाल्छयौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुहुन्थ्यो ।

मैले पैसा बचत गर्न सम्झाइरहन्थें । एकदिन श्रीमानले फोन गरेर भन्नुभयो ‘साथीहरूले मिलेर एउटा + २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन् । तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न । स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ ।’

कुरा राम्रै लाग्यो । साथीहरूसित ऋण लिएर मैले आठ लाख पठाइदिएँ । ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमानको भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो ।

११ महिनाको तलब थापेकी पनि थिइन, श्रीमानको फर्माइस आयो ‘स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ ।’ सबैभन्दा नजिकको सम्बन्ध श्रीमान श्रीमति कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ ।

फोनबाट कुरा गर्दा छोराछोरी र सासू ससुरा सबै खुसी थिए । स्कुल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस अब नेपाल फकिर्एपछि त आफ्नै स्कुल हुन्छ भन्ने लागेको थियो ।

फागु पूणिर्माका दिन छोराले फोनमा रुँदै भन्यो, ‘मामु, बुबाले बर्बाद गर्नुभयो ।’

‘के भयो, किन रोएको, के गर्नुभयो बुबाले ?’छोराले बोल्न सकेन । फोनमा छोरीको फेरि आवाज आयो । ‘मामु बुबाले त अर्की विवाह गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा–हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले विवाह गरेको नै दुई वर्ष भै सकेको भन्नुभयो । तपाईलाई थाहा नहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।’

म छाँगाबाट खसेझैं भएँ । विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि । ओहो, आज आएर सम्झदैछु । त्यो समयमा एकाएक आएको परिवर्तन झल्भली भयो । कसरी मलाई इजरायल पठायो ? कसरी मसितबाट सबै पैसा लियो ? सबै एकै पटक मथिगंलमा घुमे ।

मैले सासूसित कुरा गरें । सासूले पनि हो भन्नुभयो । श्रीमानलाई फोन गरें । फोन अफ छ । छोराछोरी रोएका रोयै छन् । चार दिनपछि राति श्रीमानको फोन उठ्यो । तर महिलाले फोन उठाइन् ।

मैले ‘तपाईं को ?’ भनेर सोधें ।

उनले भनिन् ‘म दिनेशकी श्रीमति’

‘दिनेशकी श्रीमति त म पो हुँ, तिमी को हौ ? दिनेश खोइ ?’

यति भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासू–ससुरासित पहिल्यै छुट्टिसकेकाले केटाकेटी आफै पकाएर खान्थे ।

म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ । भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनें । मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतिको नाम रहेछ । क्यान्टिन पनि उसैले चलाएकी थिई ।

एउटा डान्स रेस्टुराँमा नाच्ने केटी ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस्, म र छोराछोरी बर्बाद भएका थियौं । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनें । तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने कुरा भाइलाई सुनाएँ । भाइले भन्यो, ‘दिदी, हामी भान्जा भान्जीलाई ल्याएर राख्छौं, तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र फर्क ।’

दिन बित्दै गए । ऋण पनि तिरियो । म घर र्फकन्छु भन्दै थिएँ । छोराले फोनमा भन्यो ‘तिमीहरू मामा घरमा गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं ।’

अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन । मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें । यसबीच छोरीले एसएलसी उत्तीर्ण गरिन् । छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो । मेरो त सब बर्बाद भैसकेको थियो । विवाहको रातदेखि अहिलेसम्म श्रीमानले मसित गरेको माया, सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरा सामु नाचिरहेका थिए ।

म इजरायल आएको चार वर्ष भयो । छोराछोरी दुवै कलेज पढ्दैछन् । घरमा बाबु र सानी आमालाई आउन दिएनन् ।

छोरीको फोन आयो, उनले विवाह गर्ने रे । आफूसँगै पढ्ने पोखरा घर भएको केटासित । भनि ‘मामु आएर मेरो विवाह गरिदिनू ।’

म दसंैमा घर आएँ, नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए । कान्छीलाई भने ल्याएका थिएनन् । तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई ।

छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ । भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी श्रीमान सब पर ।

एक मन भन्छ, समय अनुसार चल्नैपर्ने मान्छेको नियति हो । जब मान्छेले सत्यबोध गर्छ उसलाई कुनै कुराले दुखाउँदैन । मलाई पनि त्यस्तै भैरहेको छ ।

जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ? जब श्रीमानको जरुरत बढी पर्छ ,त्यतिबेला मलाई धोका भएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ?

तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोश्रो विवाह सजिलै गर्छन् ।

तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर ? के भन्ने सासुलाई ? नयाँ श्रीमान् चाहियो भन्ने ? मलाई धोका दिने श्रीमानलाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित …?

म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी पक्राउ !!

म्याङ्लुङ्ग: तेह्रथुमजिल्लाको सदरमुकाम म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा प्रहरीले बिहिबार साँझ एक जोडीलाई पक्राउ गरेको छ। प्रहरीले म्याङ्लुङ्गको निलकमल होटलको कोठाभित्र यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी युवा युवतीलाई पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा होटलमा छापा मार्दा युवा युवतीलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होटलमा छापामार्दा करिव २५ बर्षिय युवक र २३ बर्षिया युवतिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बिदुर गौतमले बताए। पक्राउ परेका युवायुवतिको नाम भने प्रहरीले खुलाएको छैन।

पक्राउ परेका युवकको घर बिराटनगर र युवतिको भने तेह्रथुम जिल्लामै रहेको प्रहरीले जनाएको छ। यता होटल संचालक प्रेम राईले भने होटलको कोठा बुक गरी बसेका युवकले कति खेर युवतिलाई ल्याएर राखेको आफुहरुलाई थाहा नभएको बताएका छन् ।

प्रहरीले एक साता अघि म्याङ्लुङ्ग बजारकै काजोल होटलबाट पनि एक जोडिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरेको थियो। जिल्लाका विभिन्न बजारहरुमा खुलेआम रुपमा यौन व्यवसाय संचालन भैरहेको सूचना आएकाले होटलहरुमा छापा मार्न थालिएको प्रहरी नायव उपरिक्षक गौतमले बताए।

नेवारी बोलेरै झुक्यायो: 'कोरियामा नेपाली खेलाडी बेपत्ता प्रकरण'

नेवारी बोलेरै झुक्यायो: 'कोरियामा नेपाली खेलाडी बेपत्ता प्रकरण' 
Aman
काठमाडौं : सत्रौं एसियाली खेलकुदका लागि म आफैंले खेलाडीलाई प्रशिक्षण गराएको थिएँ। यसअघि थाइल्यान्डमा पनि खेलाडीलाई म आफैंले लिएर गएको थिएँ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी भाग्छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा थियो। त्यही भएर मैले अमन पोडेका बाबु र आमालाई समेत

सेपाकताक्रोमा नेपालको खेल मंगलबार थियो। खेल सकिएपछि प्रतियोगितास्थलमा स्वर्ण, रजत र कांस्य विजेतालाई पुरस्कार बाँड्दा हामी सबैजना एकै ठाउँमा थियौं। इन्चोन नघुमेकाले म र टोलीका व्यवस्थापक केशव विष्टले चारजना खेलाडीलाई बेलुकासम्म इन्चोन घुमायौं। खेलाडी भाग्लान् भनेर हामीले कुनै पनि बेला छाडेका थिएनौं। बेलुका एसियाड भिलेजमा आएर खाना पनि सँगै खायौं।

नेपाली टोलीका सेभ दि मिसन छिमी उर्केन गुरुङ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सीताराम मास्के पनि हामीसँगै थिए। सबै टोली एउटै भिलेजमा बस्ने भएकाले रातको १२ बजेसम्म बसेर गफ गर्‍यौं। मैले खेलाडीलाई रातको १ बजेसम्म छाडेको थिइनँ। दिनभरको थकानले गर्दा अब त सुत्नुपर्छ भनेर पहिले खेलाडीलाई सुताएँ। त्यसपछि म पनि आफ्नो कोठामा सुत्न गएँ।

हामी बुधबार बिहान ६ बजे नै नेपाल फर्कनुपर्ने भएकाले झोला मिलाउने काम पनि बेलुका नै गरेका थियौं। बिहानको ४ जति बजेको होला, टोलीका अरू खेलाडी 'अमन त छैनु भन्दै मलाई कोठामा बोलाउन आए।
राति अरू खेलाडी सुतेपछि अमन लुक्ने उद्देश्यले टाप कसेछ। अमन हराएपछि हामीले भिलेज वरपर खोज्यौं। सेभ दि मिसन, नेपाल ओलम्पिक कमिटीलगायतका पदाधिकारीसँग पनि सम्पर्क ग:यौं। तर हामी फर्कने बेलासम्म पनि ऊ सम्पर्कमा आएन।

अमन भाग्छ कि भन्ने मलाई इन्चोन पुगेदेखि नै शंका लागेको थियो। उसले हरेकपटक फोनमा नेवारीमा कुरा गरेको हुन्थ्यो। म 'किन यतिधेरै फोन गर्छस्, पैसा धेरै भयो कि क्या हो' भनेर सम्झाउँथें। उसले मेरा बाआमालाई फोन गरेको सर भनेर भन्थ्यो। अमनका साथी इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न गएका रहेछन्।
उसले नेवारीमा त्यहीँ बस्ने कुरा साथीसँग गर्दो रहेछ। हाम्रो टोलीमा ऊ मात्र नेवारी बोल्थ्यो। अरूलाई नेवारी भाषा आउँथेन। खेलाडी भाग्छ भनेर रातभर नसुती हात समातेर बस्ने कुरा पनि भएन। आखिर अमनले नेवारी बोलेरै हामीलाई झुक्याएको रहेछ। अमनले संघ र नेपालकै बेइज्जत गर्‍यो।

म सेपाकताक्रो संघको महासचिव पनि हुँ। अमनको उमेर राहदानीमा १८ वर्ष भए पनि वास्तवमा ऊ २०/२१ वर्षको भयो होला। धेरै समय आफैंले सिकाएको केटो विश्वास गरेर कोरिया लगें, तर उसैले मलाई जीवनमा कहिल्यै नपाएको धोका दियो।

टोलीका अन्य तीन खेलाडी अनिल गुरुङ, अनेल गुरुङ र रूपेश सुनारलाई लिएर बुधबार बेलुका हामी काठमाडौं आइपुगेका हौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कारबाही गर्छ भन्ने सुनेका छौं। आज त घटस्थापनाको बिदा भयो। शुक्रबार म आफैं राखेप गएर स्पष्टीकरण दिनेछु। 
छोरो भागेर हामीलाई समस्या पार्ला भनेर टोखास्थित अमनको घरमै गएर सम्झाएको थिएँ।

कोबानमा आइएस लडाकु र कुर्द सेनाबीच भीषण लडाइँ जारी

कोबानमा आइएस लडाकु र कुर्द सेनाबीच भीषण लडाइँ जारी 
आश्विन २१ - काठमाडौं,  सिरिया र टर्कीको सीमावर्ती कोबान सहरमा कुर्द सेना र इस्लामिक स्टेट (आइएस)का लडाकुबीच भीषण लडाइँ भइरहेको छ । उक्त सहरमा आइएस लडाकुले कब्जा जमाउने आशंका गरिँदैछ ।
कुर्द सेनाको अवरोध तोड्दै सहरभित्र प्रवेश गरेका आइएस लडाकु र कुर्द सेनाबीच तीन दिनदेखि भीषण लडाइँ भइरहेको हो । कुर्द सेना र लडाकुबीच जमिनमै आमने–सामने युद्ध सुरु भएपछि हजारौं सर्वसाधारण घर छाडेर भागेका छन् ।
कोबान सहरको पूर्वमा रहेका भवनहरुमा आफ्नो झन्डा गाड्दै आइएस लडाकुहरु अगाडि बढेका छन् । सहरको पहाडी क्षेत्रमा आइएसले कब्जा गरिसकेको त्यहाँको एक अधिकारीले बताएका छन् ।

कोबान शहर बचाउन सिरियाई कुर्दहरुले सकेसम्म प्रयास गरेपनि आइएस लडाकुले घेराबन्दी गरिसकेका छन् । (एजेन्सी)

बेल्जियममा गरेको "नेपाल मेला" का क्रममा नेपालको राष्ट्रिय झण्डालाई भूइँमा ओछ्याएर अपमान गरिएको छ

In Belgium the "International Fair" is as insulting the national flag on the ground has been ochyaera

काठमाडौँ : बेल्जियममा गरेको ’"नेपाल मेला" का क्रममा नेपालको राष्ट्रिय झण्डालाई भूइँमा ओछ्याएर अपमान गरिएको छ। वालोन क्षेत्र अन्तर्गत सोफोन्टेनमा ब्रिटिस गोर्खा सेना अन्तर्गत विश्वयुद्धका क्रममा मारिएका नेपालीहरुको सम्झनामा आयोजित कार्यक्रममा सरकारले जारी गरेको ’राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ विपरीत झण्डा जमिनमा छुने गरी ओछ्याइएको हो।

नेपालको राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन लागू गरिएको सो कार्यविधिको दफा ८ मा राष्ट्रिय झण्डा भूँइमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नुपर्ने उल्लेख छ।

कार्यविधिको दफा ११ मा राष्ट्रिय झण्डाको प्रयोगमा निषेधका अवस्थाहरुको व्याख्या गरिएको छ। जसअनुसार फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग निषेध गरिएको छ।


कुनै व्यक्तिप्रति सम्मान व्यक्त गर्न शवमा राष्ट्रिय झण्डा ओढाउँदा समेत नेपाल सरकारको निर्णय आवश्यक हुने र त्यस्तो अवस्थामा समेत भूँइमा नछुने गरी झण्डा ओढाउनु पर्ने व्यवस्था कार्यविधिले गरेको छ।

बेल्जियममा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा फहराउन नभई भूइँमा छुने गरी सिंढीमा राष्ट्रिय झण्डा लतारिएको छ। कार्यक्रमका सहभागीहरुले राष्ट्रिय झण्डा झण्डै कुल्चन लागेको फोटोहरुमा देखिन्छ।

विदेशमा पनि पाइँदैन
विश्वका विभिन्न देशमा राष्ट्रिय झण्डालाई भूँइमा छुन दिन नहुने नियम छ। अमेरिकाको फ्ल्याग कोडमा राष्ट्रिय झण्डा भूँइमा छुवाउन नहुने उल्लेख छ।

बेलायतमा पनि झण्डा भूँइमा छुवाउन नहुने नियम छ।
 त्यस्तै, डेनमार्कमा पनि राष्ट्रिय झण्डालाई कहिल्यै भूँइमा छुवाउन नहुने परम्परा छ। बिग्रिएको झण्डा जलाउँदा समेत भूइँमा नछुवाई आगोको सबभन्दा माथि राख्नुपर्ने नियम त्यहाँ छ।

छिमेकी देश भारतमा पनि राष्ट्रिय झण्डालाई जानाजानी भूँइमा वा पानीमा छुवाउनुलाई झण्डाको अपमान गरेको मानिने नियम छ।

डोटीमा भएको बस दुर्घटनाः मृतकको संख्या २९ पुग्यो, ६० बढी घाइते -

२७ जनाको सनाखतः
डोटी, आश्विन २१ । डोटीको छतीवन गाउँ विकास समिति ५ बाझीलेकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना३ख ५७०७ नम्बरको बस कठपतेमा करिब अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ६२ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेमा अधिकांश दसैंमा टीका लगाएर काममा फर्कंदै गरेकाहरु छन् ।

मृत्यु हुनेमा धनगढीका पत्रकार कर्णबहादुर शाहीसहित ११ महिला, १३ पुरुष र ५ बालबालिका रहेका छन् । मृत्यु हुनेमध्ये २७ जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा सरस्वतीनगर गाविसका कृष्णा मल्ल, सकुन्तला मल्ल, राजेन्द्र शाही, हरीनादेवी ओझा, छकुलीदेवी ओझा, रोहित बोहरा, टेकराज भट्ट, रेवन्त कठायत, खगेन्द्र भण्डारी, भूमिराज भण्डारी, हरिष कठायत, चक्र विक, दानबहादुर साउद रहेका छन् ।
डडेल्धुरा खलंगाका लक्ष्मण ठकुराठी र उनकी एक वर्षीया छोरी सन्ध्या ठकुराठीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
त्यस्तै, सोही गाविसका डम्बरी जोशी, कृष्णराज भण्डारी र पशुपति भट्ट रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मीनगर गाविसका शान्ति मल्ल, इन्द्रा मल्ल गिरी, टेकेन्द्र गिरी, बसन्ता ओझा, शान्ति कपडेल र भागिरथी बडुवाल रहेका छन् ।
त्यस्तै, कैलालीको तेघरीमा कार्यरत नेपाली सेनाका जवान नवराज भट्ट र कैलालीको उदासीपुरका मुकेश सार्कीको उपचारको क्रममा अत्तरियास्थित सेवा नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु हाल्दा बस अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयबासिन्दाको भनाइ छ । सयभन्दा बढी यात्रु सवार रहेको बस सडकबाट झन्डै अढाई सय मिटर तल खसेको थियो । दुर्घटनामा बस चालक र मालिक दुबै घाइते भएका छन् ।

कारको ढोका बन्द नगरेको निहुँमा लोग्नेस्वास्नीको पारापाचुके -

महिलालाई कतिसम्म हेँप्न सकेको हँ ? हुँदाहुँदा गाडीको ढोका नलगाएको आरोपमा समेत एक लोग्नेले आफ्नी स्वास्नीसँग सम्बन्ध विच्छेद गरेका छन् ।

लोग्नेको यस्तो ज्यादती हाम्रो देशमा चाहीँ होइन । यो साउदी अरबको घटना हो । समाचार अनुसार श्रीमतीले कारको ढोका बन्द गर्न नमानेको भन्दै उनले डिभोर्स गरेका हुन् ।

समाचार अनुसार ती दम्पती पिकनिकका लागि घरबाहिर गएका थिए । जब उनीहरु घर फर्के श्रीमती कारबाट बाहिर निस्किन्, छोराछोरीलाई पनि कारबाट बाहिर निकालिन् र घरभित्र पसिन् । पछिल्लो सिटबाट बाहिर निस्किँदा कारको ढोका खुला भयो । कार हाँकेका लोग्नेले कारको खुलेको ढोका बन्द गर्न श्रीमतीलाई अह्राए । तर घरभित्र छिरिसकेकी श्रीमतीले ‘तपाइँ आफैले बन्द गर्नुस् न’ भनिन् ।

त्यसपछि त के चाहियो र ? आफुले भनेको नटेरेको भन्दै लोग्ने पडि्कन थाल्यो । तैलै मलाई त्यागिस् अब कारको ढोका बन्द गरिनस् भने मेरो घरमा छिर्न पाउँदिनस् भनेर चिच्याए ।
लोग्नेले त्यस्तो घोषणा गरेपछि ती महिला रन्थनिँदै माइतीमा गइन् ।

छिमेकीले ती लोग्नेस्वास्नीको झगडा मिलाउने र ती महिलालाई घर फर्काउने कोसिस गरे । तर उनले त्यस्तो गैरजिम्मेवार पुरुषसँग आफ्नो जिन्दगी नचल्ने भन्दै ऊ सँगको वैवाहिक सम्बन्ध कायम राख्न नचाहेको बताइन् ।

तथ्यांक अनुसार साउदी अरबेयिामा हरेक १ हजार पुरुषमध्ये ३ जनाले वर्षेनी सम्बन्ध विच्छेद गर्ने गरेका छन् । सन् २०१२ मा मात्र साउदी अरेबियामा ३० हजार सम्बन्ध विच्छेदका घटना भएका थिए । जुन दिनमा ८२ वटा अर्थात् एक घण्टामा ३ वटाको दरले हो ।

साउदी अरेबियामा बढि सम्बन्ध विच्छेद हुने खाडी मुलुकमध्ये दोश्रोमा पर्छ । पबिहयले स्थानमा बहराइन रहेकेा छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID