नेवारी बोलेरै झुक्यायो: 'कोरियामा नेपाली खेलाडी बेपत्ता प्रकरण'
Aman |
काठमाडौं : सत्रौं एसियाली खेलकुदका लागि म आफैंले खेलाडीलाई प्रशिक्षण गराएको थिएँ। यसअघि थाइल्यान्डमा पनि खेलाडीलाई म आफैंले लिएर गएको थिएँ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी भाग्छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा थियो। त्यही भएर मैले अमन पोडेका बाबु र आमालाई समेत
सेपाकताक्रोमा नेपालको खेल मंगलबार थियो। खेल सकिएपछि प्रतियोगितास्थलमा स्वर्ण, रजत र कांस्य विजेतालाई पुरस्कार बाँड्दा हामी सबैजना एकै ठाउँमा थियौं। इन्चोन नघुमेकाले म र टोलीका व्यवस्थापक केशव विष्टले चारजना खेलाडीलाई बेलुकासम्म इन्चोन घुमायौं। खेलाडी भाग्लान् भनेर हामीले कुनै पनि बेला छाडेका थिएनौं। बेलुका एसियाड भिलेजमा आएर खाना पनि सँगै खायौं।
नेपाली टोलीका सेभ दि मिसन छिमी उर्केन गुरुङ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सीताराम मास्के पनि हामीसँगै थिए। सबै टोली एउटै भिलेजमा बस्ने भएकाले रातको १२ बजेसम्म बसेर गफ गर्यौं। मैले खेलाडीलाई रातको १ बजेसम्म छाडेको थिइनँ। दिनभरको थकानले गर्दा अब त सुत्नुपर्छ भनेर पहिले खेलाडीलाई सुताएँ। त्यसपछि म पनि आफ्नो कोठामा सुत्न गएँ।
हामी बुधबार बिहान ६ बजे नै नेपाल फर्कनुपर्ने भएकाले झोला मिलाउने काम पनि बेलुका नै गरेका थियौं। बिहानको ४ जति बजेको होला, टोलीका अरू खेलाडी 'अमन त छैनु भन्दै मलाई कोठामा बोलाउन आए।
राति अरू खेलाडी सुतेपछि अमन लुक्ने उद्देश्यले टाप कसेछ। अमन हराएपछि हामीले भिलेज वरपर खोज्यौं। सेभ दि मिसन, नेपाल ओलम्पिक कमिटीलगायतका पदाधिकारीसँग पनि सम्पर्क ग:यौं। तर हामी फर्कने बेलासम्म पनि ऊ सम्पर्कमा आएन।
अमन भाग्छ कि भन्ने मलाई इन्चोन पुगेदेखि नै शंका लागेको थियो। उसले हरेकपटक फोनमा नेवारीमा कुरा गरेको हुन्थ्यो। म 'किन यतिधेरै फोन गर्छस्, पैसा धेरै भयो कि क्या हो' भनेर सम्झाउँथें। उसले मेरा बाआमालाई फोन गरेको सर भनेर भन्थ्यो। अमनका साथी इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न गएका रहेछन्।
उसले नेवारीमा त्यहीँ बस्ने कुरा साथीसँग गर्दो रहेछ। हाम्रो टोलीमा ऊ मात्र नेवारी बोल्थ्यो। अरूलाई नेवारी भाषा आउँथेन। खेलाडी भाग्छ भनेर रातभर नसुती हात समातेर बस्ने कुरा पनि भएन। आखिर अमनले नेवारी बोलेरै हामीलाई झुक्याएको रहेछ। अमनले संघ र नेपालकै बेइज्जत गर्यो।
म सेपाकताक्रो संघको महासचिव पनि हुँ। अमनको उमेर राहदानीमा १८ वर्ष भए पनि वास्तवमा ऊ २०/२१ वर्षको भयो होला। धेरै समय आफैंले सिकाएको केटो विश्वास गरेर कोरिया लगें, तर उसैले मलाई जीवनमा कहिल्यै नपाएको धोका दियो।
टोलीका अन्य तीन खेलाडी अनिल गुरुङ, अनेल गुरुङ र रूपेश सुनारलाई लिएर बुधबार बेलुका हामी काठमाडौं आइपुगेका हौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कारबाही गर्छ भन्ने सुनेका छौं। आज त घटस्थापनाको बिदा भयो। शुक्रबार म आफैं राखेप गएर स्पष्टीकरण दिनेछु।
छोरो भागेर हामीलाई समस्या पार्ला भनेर टोखास्थित अमनको घरमै गएर सम्झाएको थिएँ।

No comments:
Post a Comment