कुखुरा चाहे जुन रङको किन नहोस् उसको मासु एउटै रङको अर्थात् रातो नै हुन्छ । तर दुनियामा यस्तो कुखुरा पनि हुँदोरहेछ जसको प्वाँखको रङ निखार कालो त छँदैछ उसको मासुको रङ समेत कालो हुन्छ ।
यस्तो अजीव कुखुराको नाम हो अयाम सिमैनी । यो निकै दुर्लभ जात हो । पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको थियो भने सन् १९९८ मा यो जातको कुखुराको ब्रिडलाई नेदरल्याण्डको एक प्रजनन कम्पनीले युरोपमा ल्यायो ।
निकै अलग पहिचानको कारण यो कुखुराको माग उच्च छ ।
सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा सिमानी जातको कुखुरा २५ सय अमेरिकी डलर अर्थात् झण्डै अढाइ लाख रुपैयाँमा बिक्रि भएको थियो ।मासु तथा सरीरको बाहिरी भाग मात्र होइन यो कुखुराको बोन म्यारो समेत कालो छ । तर यसको रगत भने कालो नभै रातो छ । यद्यपि निकै गाढा रातो ।
यस्तो कालो मासु हुने कुरालाई वैज्ञानिक भाषामा फाइब्रोमेलानोसिस भनिन्छ । यस्तो मासुमा फलाम लवण उच्च मात्रामा पाइन्छ ।