Sunday 31 August 2014

९५ लाखको ताजसहित म्यानमारकी सुन्दरी फरार घटनाले सबैलाई चकित

 आफूले जितेको ताज लिएर एक सुन्दरी गायब भएको खबर सुन्दा अचम्म नलाग्ने त कुरै छैन । १८ वर्षीया मे मायट नोईले गत मे महिनामा सोलमा आयोजित मिस एसिया प्यासिफिक – २०१४ को उपाधि जितेकी थिइन् ।
घटना वास्तवमा यस्तो छ । म्यान्मारकी यी पहिलो अन्तर्राष्ट्रिय सुन्दरी मायटमाथि आयोजकहरुलाई धोका दिएको र खराब व्यवहार गरेको आरोप लागेको थियो जसका कारण उनीबाट मिस एसिया प्यासिफिकको उपाधि खोसिएको छ । उपाधि त खोसियो तर उनी एक लाख अमे
रिकी डलर (करिब ९५ लाख नेपाली रुपैयाँ) पर्ने ताज लिएर फरार भएकी छिन् ।
आयोजकका मिडिया निर्देशक डेभिड किम भन्छन्, ‘नोईको व्यक्तित्व देखेर हामीले उनलाई अझ राम्री बनाउन चाहेका थियौँ । हामीले उनको ‘बे्रस्ट सर्जरी’ पनि गराएका थियौँ र यात्राको अतिरित्त खर्च व्यवहोरेका थियौँ ।’
किमका अनुसार सुन्दरी आफ्नो देशमा भागिन् र उनले आफ्नो मोबाइल फोन पनि स्विच अफ गरेकी छिन् । समस्या त्यति बेलादेखि उत्पन्न भयो जब नोई आफ्नी आमासँग सोल गएकी थिइन् । हुन त यात्रा केवल १० दिनको थियो तर दुबैले त्यहाँ तीन महिनाको समय बिताए जसका कारण यात्राको खर्च उठाइरहेको आयोजकमाथि निकै आर्थिक दबाब परेको थियो । त्यतिबेला नै नोईमाथि उपाधि खोसिने चेतावनी दिइएको थियो ।
ब्यूटी क्विनको क्राउन लिएर भागेपछि प्रतियोगिताको वेभसाइटबाट अब उनको नाम हटाइएको छ । सुन्दरीले ९५ लाखको ताज लिएर भागेको यो घटनाले सबैलाई चकित तुल्याएको छ । (एजेन्सी)

यसरी श्रीमानलाई खुसी बनाउन सकिन्छ ! थाहा पाई राखौ राम्रा तरिकाहरु

जब महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी साथ राखोस् । महिलाले मात्र होइन समाजका हरेक व्यक्तिले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । तर यो कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ । भनिन्छ श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा हुन्भ एसकारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ । तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँः -
१. उनको कुराहरु सुन्नुहोस्ः धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।
२. उनको करियरमा रुची लिनुहोस्ः तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।
३. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।
 ४. पैसा बगाउन बन्द गर्नुहोस्ः अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।
5. बेकारको बहस नगर्नुहोस्ः श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।
६. बेडमा उनलाई खुसी राख्नुहोस्ः यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।
७. उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ः तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।
८. आफ्नो जीवन पनि बाँच्नुहोस्ः कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।
९. आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ः महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?
१०. उनको साथी बन्नुहोस्ः तपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन ।
११. भविष्यको योजना एकसाथ बनाउनुहोस्ः चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।
१२. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।   (एजेन्सी) 

आफ्नो प्रेमीले घरजम गरिसकेको थाहा पाएपछि आफ्नै नाडी काटेर आत्महत्या प्रयास

भदौ १५ – काठमाडौं,  भोजपुर जिल्ला घर भई हाल धोबिघाट ललितपुर बस्ने वर्ष २७ कि प्रमिला राईले ब्लेडको प्रयोग गरि बायाँ नाडी काटेर आत्महत्या प्रयास गरेकी हुन् । विवाहको आश्वासन दिएका प्रेमीले पहिले नै घरजम बसाइसकेको खबर सहन नसकी उनले आइतबार आत्महत्या प्रयास गरेकी छिन् ।

विवाह गर्ने आश्वासन दिएका प्रेमी राम राईसँग उनी विगत चार महिनादेखि सँगै बस्दै आएकी छिन् । प्रेमी रामले नै उनलाई मेघा हस्पिटलसम्म ल्याएका हुन् जहाँ उनको उपचार भइरहेको छ । उनको घाउमा सातवटा टाँका लगाएको मेघा हस्पिटलले जनाकारी दिएको छ ।
घटनाको सत्यतथ्य छानबिनका लागि पुलिसले राम राईलाई पक्राउ गरेको छ ।

Saturday 30 August 2014

यस्तो छ गुगलको चालकरहित विमान अर्थात डेलिभरी ड्रोन

काडमाडौँ : वस्तु उत्पादक तथा त्यसका अन्तिम उपभोक्ताबीचको दूरी हटाउन नयाँ प्रविधिमा अनुसन्धान गर्ने संस्थाहरूले काम
गर्न थालेको निकै भइसकेको छ र त्यसको पछिल्लो शृङ्खलामा गुगलको ‘डेलिभरी ड्रोन’ अर्थात चालकविहीन वितरण विमान हालै अस्ट्रेलियामा परीक्षण भएको छ ।

प्राविधिक विशेषज्ञहरूले सोचेका सबै कुरा सही भए आउँदा केही वर्षमा तपाईँले आफ्नो ‘स्मार्टफोन’बाट खरिद आदेश दिनुभएको सामान केही समयमै तपाईँ बसेकै स्थानमा यस्तै सानो विमानले पुर्याइदिनेछ ।

डेलिभरी ड्रोन भन्नाले मानवविहीन हवाई यातायात साधन (अनम्यान्ड एरियल भेहिकल)लाई बुझाउँछ, जसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले दूरसञ्चालित हवाईजहाज (रिमोटली पाइलटेड एयरक्राफ्ट) भनेको छ ।

सामान्यतया यस्ता विमानलाई त्यसमै रहेका कम्प्युटर वा जमिनमा रहेका वा अन्य गाडीमा रहेका विमान चालकले ‘रिमोट कन्ट्रोल’ (दूर नियन्त्रण) प्रणालीको माध्यमबाट सञ्चालन गर्छन् । यसअघि यस्ता विमान दूरसञ्चालित हवाईजहाजका रूपमा रहेका र हाल यसको नियन्त्रणमा बढ्दो रूपमा स्वचालनपना आउन थालेको विकिपेडियाको धारणा छ ।

यस्ता विमानहरू विशेष गरी सैनिक र विशेष अभियानमा उपयोग गरिन्थ्यो भने हाल यसको प्रयोग प्रहरीको सहयोग, अग्नि नियन्त्रण, गुप्तचरी जस्ता कुरामा हुन थालेको छ । यसैगरी यस्ता विमानको प्रयोग मानवसहितको विमानले गर्न नसक्ने दिक्कलाग्दो, फोहरी तथा खतरात्मक (डल, डर्टी, ड्यान्जरस) काममा भइरहेको देखिएको छ ।

अघिल्लो वर्ष विश्व्यापी रूपमा उत्पादन वितरण गर्ने संस्था अमेजनका प्रमुख कार्यकारी अधिकारी जेफ बिजोसले आफ्ना ग्राहकमा वस्तु वितरण गर्न चालकविहीन विमान परीक्षण भइरहेको जानकारी दिए भनी बीबीसीले समाचार प्रकाशन गरेको थियो ।

उनले ती विमानबाट २.३ किलोग्रामका उत्पादन ग्राहकले खरिद आदेश दिएको ३० मिनेटमा ग्राहकसमक्ष पुर्याउन सकिने जानकारी दिनुभएको थियो। उनले बीबीसीलाई उक्त सेवा आरम्भ हुन पाँच वर्षको अवधि आवश्यक पर्ने जानकारी दिएका थिए। अमेजनले यस सेवाको नाम ‘प्राइम एयर’ राखेको छ ।

उक्त समयमा गुगलले चालकविहीन गाडीको परीक्षण गरिरहेको थियो । उक्त गाडीमा ‘स्टियरिङ ह्विल’ र ‘पेडल’ नभएका तथा ‘ग्लोबल पोजिस्निङ सिस्टम’ अन्तर्गत क्यामरा तथा गाडीमै रहेको नगरको नक्साका आधारमा गाडीले काम गर्ने प्रणाली रहेको बताइएको छ ।

यस गाडीलाई ‘स्टार्ट’ गर्न, अगाडि बढाउन र आपत्कालमा रोक्न बटनको व्यवस्था गरिएको गुगलले जारी गरेको भिडियो क्लिपहरूमा देख्न सकिन्छ । गाडीमा रहेको कम्प्युटर स्क्रिनले गाडीको मार्ग र गाडी भएको स्थान देखाउने गर्छ र गुगलले सन् २०१७ सम्म यस्ता गाडीलाई सडकमा उतार्ने जानकारी दिएको छ ।

गुगलले आफ्नो डेलिभरी ड्रोन निर्माण परियोजनाको नाम ‘प्रोजेक्ट विङ’ राखेको छ र यो उसको गोप्य एक्स प्रयोगशालामा विकास भएको हो । यसै प्रयोगशालामा उसले चालकविहीन गाडी तथा इन्टरनेटसँग सम्पर्क कायम हुने चस्मा विकास गरेको थियो ।आफैँमा उड्ने सवारीसाधनले सामानहरू सस्तो, छिटो, कम क्षति भएर तथा कम वातावरणीय जोखिमका साथ अन्यत्र पुर्याउने नयाँ विधिको ढोका खोल्नसक्ने धारणा गुगलले यससम्बन्धी एक विवरणपत्रमा उल्लेख गरेको छ ।

गुगलले चालकविहीन विमानले मानसलाई एकपटक मात्र उपयोग गर्ने औजारजस्ता सामग्री एकअर्काबीच आदानप्रदान गर्न सजिलो बनाउनसक्ने धारणा राखेको छ । साथै यस्तो विमानलाई प्राकृतिक प्रकोपका समयमा पहुँच विच्छेद भएको स्थानसम्म आपत्कालीन सामग्री वितरण गर्न उपयोग गर्न सकिने धारणा राखेको छ।

गुगलले यस विमानलाई अस्ट्रेलियामा प्राथमिक उपचारका सामग्री, कुकुरको खाना, स्थानीय किसानलाई पानी वितरण गर्न उपयोग गरी परीक्षण गरेको थियो । यस परीक्षणमा यी विमानले करिब आधा माइलको दूरी तय गरेका थिए । यसो भए पनि यस संस्थाले यसलाई बजारमा उपलब्ध गराउन सक्ने गरी तयार गर्न अझै केही वर्ष लाग्ने धारणा राखेको छ ।

प्रविधिलाई चुनौतीमुक्त गर्नु एक प्रकारको चुनौती भए पनि त्यहाँ अन्य प्रकारका निकै चुनौती छन्। गुगल तथा अमेजन दुबैले यस विषयमा अमेरिकी सरकार तथा उनीहरूले यस्तो विमान सञ्चालन गर्ने अन्य मुलुकका सरकारसँग अनुमति प्राप्त गर्नु आवश्यक छ ।

इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी पत्रिका इएन्डटीले आफ्नो वेबसाइटमा अमेजनले गत महिना अमेरिकी सङ्घीय उड्डयन प्रशासनसँग आफ्नो चालकविहीन विमानको परीक्षणको क्षेत्रलाई विस्तार गर्न अनुमति मागेको जानकारी दिएको छ ।

हाल यस प्रशासनले सामान्यतया व्यक्तिगत अभिरुचिका लागि यस प्रकारको काम गर्ने व्यक्ति तथा नमुना विमान निर्माण गर्ने संस्थालाई चालकविहीन विमानको परीक्षण उडानका लागि अनुमति दिएको छ । उसले व्यापारिक प्रयोजनका चालकविहीन विमानको उडानमा प्रतिबन्ध लगाएको छ ।

गुगलको एक्स प्रयोगशाला नवीन अनुसन्धानबाट यातायात, स्वास्थ्य तथा सञ्चारको क्षेत्रका समस्या समाधान गरी समाज विकास गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशाला हो । यसो भए पनि यस प्रयोगशालामा भएका क्रियाकलापमा हुने वित्तीय खर्चको पारदर्शीपना तथा यस्ता लगानीको सफलताका विषयमा यो प्रयोगशाला आलोचनाको विषय बनेको छ । यस प्रयोगशालाले उत्पादन गरेको गुगल चस्माले कुनै व्यक्तिलाई जानकारी नदिइकनै उसको भिडियो तथा चित्र लिने भएकाले यसबाट व्यक्तिगत गोपनीयता उल्लङ्घन हुनसक्ने आशङ्का गरिएको छ ।

इएण्डटीले प्रोजेक्ट विङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एरोनाउटिक्सका प्राध्यापक निक रायको नेतृत्वमा रहेको टोलीले विकास गरेको जानकारी दिएको छ । उहाँ गत दुई वर्षदेखि यस प्रविधिमा काम गरिरहनुभएको र यस परियोजनाको लागत सार्वजनिक नगरिएको जानकारी दिइएको छ ।

यसैगरी गुगलको एक्स प्रयोगशालामा तयार भएको दुई यात्रुक्षमताको गाडी आफैँमा सञ्चालन हुने व्यवस्था गरिएको छ । चालकले आफ्नो गन्तव्य टाइप गरी वा उच्चारण गरी गाडीमा रहेको कम्प्युटरलाई आदेश दिनसक्छ । यो गाडी विद्युतबाट सञ्चालन हुन्छ र एकपटक चार्जगरेपछि १६० किलोमिटर चल्नसक्छ।

यसमा अगाडिको भागमा परम्परागत बम्परको स्थानमा नरम गद्दाजस्तो सामग्री राखिएको छ । यसबाट बटुवाको सुरक्षामा ध्यान दिइएको दाबी यस संस्थाले गरेको छ । यसको हाल अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा राखिएको छ । यो गुगलको बाटोको नक्सायुक्त सफट्वेयरको आधारमा चल्ने गर्छ।

गुगलको गाडीमा प्रयोग हुने लेजर प्रविधि उत्पादन गर्ने भेलडाइन इन्कका प्रमुख कार्यकारी अधिकृत डेभिड हलले यो गाडी दुर्घटनाग्रस्त भए यसको बिमा कसले तिर्ने भन्ने विषयमा समस्या भएको वाल स्ट्रिट जर्नललाई बताउनुभयो भनी मेल अनलाइनले उल्लेख गरेको छ । यसैले क्यालिफोर्नियाको प्रशासनले यस्ता चालकविहीन गाडीलाई सडकमा परीक्षणका लागि उतार्नु पहिले कुनै पनि दुर्घटनाविरुद्ध ५० लाख अमेरिकी डलरको बिमा गर्नुपर्ने अडान लिएको बताइएको छ ।

यी सबै समस्याबीच पनि चालकविहीन वितरण प्रणाली भने अब मानवको पहुँचको क्षेत्रभित्रै आइपुगेकामा भने कसैको पनि आशङ्का रहेको छैन ।

रासस (स्रोत: विभिन्‍न अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामग्री)

विश्वकै सबैभन्दा धेरै उन भएको भेडा यस्तो छ भिडिओ सहित हेर्नुहोस

 अस्ट्रेलियाको तास्मानियाको एक कृषक परिवारले यस्तो भेडा भेटेका छन् जुन विश्वकै सबैभन्दा धेरै उन भएको भेडा बन्न सक्छ । उनीहरुले उक्त भेडाको नाम शन राखेका छन् ।
शनको उन अहिलेसम्म एकपटक पनि काटिएको छैन । त्यही भएर
उसको शीरमा आधा मिटर बाक्लो उन जम्मा भइसकेको छ । तास्मानियाको पूर्वी तटमा रहेको एक कृषकको फार्मबाट भागेका शन विगत ६ वर्षदेखि फरार थिए ।
पिटर हेजल र उनका पत्नी नेट्टीले शनलाई गत आइतबार आफ्नो घर छेउ फेला पारेका थिए । शरीरभरि उनको पोकोले गर्दा उसलाई हिँड्न पनि गाह्रा भइरहेको दम्पत्ति बताउँछन् । उसको आँखालाई पनि उनले छोपेको हुँदा राम्ररी देख्दैन थियो । त्यही भएर मैले पछाडिबाट गएर समाए, पिटर भन्छन् । नेट्टीका अनुसार उनले एउटै भेडामा यति धेरै उन देखेको यो पहिलो पटक हो ।
यही हप्ता शनको शरीरबाट उन काटिने भएको छ । अब हेर्नुछ यसले विश्व रेकर्ड बनाउँछ कि बनाउँदैन ।
यसअघि सन् २००४ मा न्युजिल्याण्डमा स्रेक नामक भेडाले २७ किलोग्राम उन दिएको थियो ।

Obama orders airstrike against the ISIS

The US president Barack Obama has ordered airstrike against  the Islamic State of Iraq and Syria, a fundamentalist terrorist group, in an effort to protect dozens of Americans and tens of thousands of frightened religious minorities from the threat of imminent slaughter.

Ram Tamang who lost his family along with 15 relatives in landslide

After taking the life of whole family along with 15 relatives by a great disaster Ram Tamang of Sidhupalchowk could not control his emotion of agony. They landslide swept away a whole village causing many people homeless losing family members expressed their sorrow. They still can not believe what has just happened about a week ago. Ram Tamang who drives bus in khasa city and was He said, “My wealth and everything were my family but landslide took away. I wish they were alive.” Many people were suffered from this landslide. Many other people like him are here who shed tears when they are asked about their family rather than the property. 

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID