MESOTHELIOMA LAW FIRM,DONATE CAR TO CHARITY CALIFORNIA,DONATE CAR FOR TAX CREDIT

आफुलाई पुरुष भनेर भर्ना लिन अस्विकार गरेको भन्दै ती युवकले फुकुओका महिला विश्वविद्यालय विरुद्ध मुद्धा हालेका हुन् ।
पोषण विज्ञानमा स्नातक तहमा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षामा उनलाई सहभागी हुनबाट रोकिएपछि उनले अदालतको ढोका ढक्ढकाए ।
विश्वविद्यालयको यस्तो कार्य सार्वजनिक संस्थामा हुने लैंगिक विभेद भएको भन्दै उनले यस्तो काम जापानको संविधानको विरुद्धमा रहेको र संविधानको धारा १४ को उल्लंघन गरिएको उनको दाबी छ । संविधानको धारा १४ मा ‘कानूनका अगाडि समानता’को व्यवस्था छ ।
उनले अदालतमा दायर गरेको निवेदनमा आफ्नो बसोबास रहेको स्थान नजिकै पोषण शिक्षा पढाइ हुने सार्वजनिक संस्था फुकुओका विश्वविद्यालय मात्रै रहेको र आफुले निजि कलेजहरुमा गएर पढ्न नसक्ने व्यहोरा उल्लेख गरेका छन् ।
उनले महिला विश्वविद्यालयमा आफुलाई भर्ना लिनका लागि निर्देशनात्मक आदेशको माग गर्दै विश्वविद्यालयबाट थप ५ लाख जापानी येन बराबरको क्षतिपूर्ति समेत माग गरेका छन् ।
वादीका वकिलले विगतमा महिलाका लागि शैक्षिक अवसरको सिमितताका कारण महिला विश्वविद्यालय खोलिएको भन्दै अहिले महिलाका लागि मात्रै विश्वविद्यालय हुनु नहुने र सबैलाई पढ्न दिइनुपर्ने जिकिर गरेका छन् । उनको नाम भने खुलाइएको छैन ।
कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै पुरुषले मुद्धा हालेको जापानमा यो पहिलो घटना भएको बताइएको छ ।