बृहत् नेपाली शब्दकोशका अनुसार वेश्या भन्नाले 'पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा पुरुषहरूलाई व्यभिचारको निमन्त्रणा दिने र मैथुनसमेत गराउने स्त्री' भन्ने बुझाउँछ र वेश्यावृत्ति भन्नाले 'पैसाका लागि पुरुषहरूसँग यौनसम्पर्क राख्ने पेसा, पुरुषहरूसँग सहवास गरेर पैसा कमाउने वृत्ति' भनी अर्थ्याएको छ। हाम्रो समाज हिन्दु परम्परा, नीति, दर्शनद्वारा निर्देशित समाज हो। पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पतिव्रतको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ।
त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके। अझ धेरै मुलुकमा वेश्यावृत्ति नियन्त्रण गर्नु साटो आफ्नो मुलुकमा सञ्चालित वेश्यालयबाट बढी एड्स रोग नफैलिएकोमा सरकारका मुख्य व्यक्तिहरूबाटै खुसी व्यक्त गरेको कुरा सुन्नमा आइसकेका छन्। अझ यति मात्र हैन, उद्योगको रूपमा सञ्चालित यस्ता वेश्यालयहरूले समलिङ्गीहरूको बढ्दो प्रभावले आफ्ना वेश्यालयबाट हुने आम्दानी घटेकोमा समलिङ्गी विरुद्धमा प्रदर्शन गरेको समेत समाचार बारम्बार पढ्न पाइन्छ।
हाम्रो देशमा पनि केही वर्षएता वेश्यावृत्तिमा लाग्नेहरूको संख्या तीव्ररूपमा बढिरहेको छ। अनौपचारिक तथ्यांकअनुसार दैनिक १० हजार भन्दा बढी महिलाहरूले काठमाडौँ उपत्यकामा देहव्यापार गर्दछन्। उपत्यका बाहिरका सहरी इलाकामा पनि यसको संख्या तीव्र गतिमा बढेको पाइन्छ। हुन त यौन प्रक्रिया प्राणी जगतमा ठूलो कुरा नभई एउटा साधारण प्राकृतिक आवश्यकता मात्र हो, जसको अभावमा सृष्टि असम्भव छ भन्ने सबैलाई थाहा छ। तर यसैको माध्यमद्वारा वा यसको दुरूपयोग गरेर वर्तमान समयमा विश्वमा नै एक महामारी रोग फैलिइसकेको छ। जसको नाम एड्स भनेर उच्चारण गरिरहनुपर्दैन। भनिन्छ अब सन् २०१० सम्म नेपालमा यस रोगले १० लाख जनसंख्यालाई समातिसक्नेछ। यसै गतिमा यो गयो भने विश्व जनसंख्यामा नै ठूलो कमी आउँछ। व्यक्ति-व्यक्तिहरूको स्वेच्छाबाटै भएका भए पनि यस्ता खुला वेश्यावृत्तिबाट समाजमा नराम्रो प्रभाव परिसकेको यो अवस्थामा निजी तथा सरकारी सबै क्षेत्रले आ-आफ्नो दायित्वबोध नगर्ने हो भने पछि यो सामाजिक अतुलनीय क्षतिको जिम्मेवारी कसलाई जान्छ ? यस अवस्थामा हामीले यससम्बन्धी कानुन के-के छन् त भनी हेर्नुपर्छ।
हाम्रो वर्तमान कानुनी व्यवस्थामा यौन कानुनसँग सम्बन्धित भई मुलुकी ऐनका केही महलहरू अगाडि आउँछन्। ती हुन्- आशय करणीको महल, जबर्जस्ती करणीको महल, हाडनातामा करणी गर्नेको महल र पशुकरणीको महल। यसबाहेक कहीँ-कहीँ वेश्या शब्दको प्रयोग भएको पाइन्छ तर स्वेच्छाले वेश्यावृत्ति चलाउन नपाइने भनी कहीँ उल्लेख नगर्नुको साथै वेश्याको परिभाषासम्म कहीँ गरेको पाइँदैन। बरु यस विषयमा वि.सं. २०२० को भन्दा अघिल्लो मुलुकी ऐनले जारीको महलको १३ नं. मा विवाहित लोग्ने समेतको चौथो लिङ्ग भएको (चारपोइले) स्वास्नीको जारी खतको सजाय गराउन पर्दैन 'वेश्या र्ठहर्छ' भनी चार जना भिन्न-भिन्न पुरुषहरूसँग यौन सम्बन्ध गराएकी महिला वेश्या हो भनी परिभाषा गरिएको थियो। तर हाल कानुनबमोजिम नै जोसुकै महिलाले जतिपटक पनि अघिल्लो लोग्नेसँग सम्बन्ध विच्छेद गरी अर्कोसँग विवाह गर्न पाइने हुनाले नै यौन सम्बन्धको कुरा गौण मानिएको छ।
पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पत्रि्रताको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ। त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग र विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके।