आफूहरुले लिएका बाबुबेगरका सन्तानलाई यस पेशामा संलग्न हुन नपरोस् भन्दै उनीहरुले आफूहरु यो पेशामा लागेर पनि सन्तानलाई शिक्षा दिइरहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्यले आफूहरुलाई केही पनि गर्न नसकेको उनीहरुले गुनासो गरे । यसअघि बादी समुदायसँग भएका सहमतिहरु तुरुन्त कार्यन्वयन गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । आफ्ना छोराछोरीहरुलाई छिमेकीहरुले बाबुबिनाको केटा÷केटी भनेर जिस्काउने गरेको भन्दै कार्यक्रममै केही वादी महिलाहरुले आँशु चुहाए ।
कार्यक्रममा कैलालीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्साल, जिशिअ गणेशबहादुर सिंह, प्रहरी उपरिक्षक विक्रम चन्दले वादीका समस्याप्रति सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
No comments:
Post a Comment