विभिन्न सिलसिलामा मानिसहरु नेपालको राजधानी काठमाडौं पुगेका हुन्छन् । आफ्नै कार्य व्यस्तताका वावजुत राजधानी पुगेकाहरु पनि कोलाहल शहरको रंगिन संसरमा विलिन हुन पुग्छन् । पश्चिमेली संस्कृतीले हडपेको काठमाडौंले बाहिरबाट गएका जो कोहिलाई भुलाईदिन्छ । शहरीया वातावरणमा रम्नेहरु पनि गुमनाम शहरमा रुमाल्लिन्छन । यहि रंगिन संसारको जालो भित्र म पनि एक छिन हराउन पुगेछु । कुरा हो मंसीर २५ गतेको । अफिसियल काम लिएर काठमाडौं फिरेको थिए । काठमाडौं पुगे पछि साथीसँगै म पनि काठमाडौं शहरका रंगिन दृश्यहरु बाहिरैबाट नियाल्दै सडकको पेटीमा हिँडिरहेको थिएँ । दिन बित्दै थियो, घडीमा साँझको ५ बजेको हुँदो हो, जाडो महिना भएकाले साँझ झमक्क पर्न लागिसकेको थियो । हामी दुईजना गफिँदै काठमाडौं रत्नपार्कतर्फ मोडिँदै थियाँै । जाडोले काठमाडौंको रत्नपार्क पनि अछुतो थिएन ।
सिरसिर चलेको बताससँगै साँझ परेकाले मानिसहरु आफ्नो गन्तव्यमा जान तँछाड्मछाड् गर्दै थिए । कोहि व्यापार व्यावसायमा तल्लिन थिए । रत्नपार्कमा जाडो मौसममा चियाको चुस्कीसँगै रम्नेहरु प्रसस्तै देख्न सकिन्थ्यो । खुल्ला सडकको पेटीमा लुगाफाटा किनबेच गर्नेदेखि भुटुवा र चिउरा चापाउनेहरुको कमी थिएन् । व्यापार व्यवासाय गर्नेहरु पनि आफ्नो ग्राहकलाई रिझाउनै व्यस्त थिए । फुटपाथ भएकाले पनि ग्राहकहरु बार्गेनिङ्ग गरिरहेका होलान् भन्ने सोचिरहेको थिएँ । रत्नापार्कको मालसामानमा बार्गेनिङ्ग चलिरहेको देख्दा मलाई खासै प्रभाव पारेन त्यो नौलो थिएन । रत्नापार्कको एक स्थान (करिब १५० मिटर) भित्र भने गुमनाम रुपमा मानिसहरु तातो आभास खोजिरहेका थिए । हातमा मालसामान राखेर व्यापार बार्गेनिङ्ग गर्नेहरुको भिडभाडसँगै मास्क लगाएर रित्तो हात हिँडेर व्यापार गर्नेहरु पनि प्रशस्तै भेटिन्थे । उनीहरु ग्राहकसँग के बार्गेनिङ्ग गरिरहेका छन् भन्ने जिज्ञासा भयो । मालसामान बिनै सडकका पेटीमा भेटिएका केहि महिलाहरुको बार्गेनिङ्गले मेरो ध्यान त्यसतर्फ तानियो ।
महिलाजस्तो देखिने तर युवकको अवाज भएका (तेस्रो लिङ्गी) हरु बार्गेनिङ्गमा मस्त थिए । उनीहरुको हाउभाउ हेर्दा अन्य युवतीहरुभन्दा केहि फरक थिएन । सुकिला मुकिला जस्ता देखिने युवातीहरु बार्गेनिङ्गमा नै सक्रिय थिए । म पनि त्यहाँको चर्तिकला हेर्दै थिएँ । यतिकैमा झ्वाट्ट एक युवती पनि मेरो सामु आएर सोधि हालिन्, जाने हो ? म नाजवाफ भएँ । मलाई केहि हदसम्म थाहा थियो रत्नपार्कमा दिनदहाडै यौवन बार्गेनिङ्ग हुन्छ । तर कसरी हुन्छ त खुल्ला सडकमा यौवन व्यापार भन्ने उत्सुकता मेटाउनु थियो । त्यो जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गरे जस्तै लाग्यो र अवसरलाई सदुपयोग गर्दै आफ्नो पेशागत कर्तव्य निभाउने निधो गरे । मेरो पेशाले पनि मलाई छुटकाराले दिएन । त्यसपछि मेरो ध्यान छिट्टै त्यो बार्गेनिङतर्फ केन्द्रीत भयो । रत्नपार्कको पेटीमा चलिरहेको व्यापारको ग्राहक बन्न म पनि तयार भएँ ।
मलाई नक्कली ग्राहक बन्न साथीले पनि हौस्याए । दुई जनाको सल्लाह अनुसार हामीले पनि बार्गेनिङ्ग (अप्रेसन) सुरु गर्यौँ । हामी पनि रत्नपार्क सडकको पेटीमा केहि हराएको व्यक्ति जस्तै भौँतारिएको अभिनय गर्यौँँ । एकैछिनमा एक महिला (करिब २६ र २७ वर्षको हुँदो हो) हामी सामु आइन् र हामीसँग बार्गेनिङ्ग गर्न सुरु गरिन् । सुरुमा ती महिलाले मलाई कति समयको लागि हो ? भनेर सोधिन् मैले रेट मिले होल नाइट भनेँ । त्यसपछि महिलाले होल नाइटको तीन हजार, रुमसहित भन्ने जवाफ दिइन् । मैले तीन हजार महँगो भएको जिकिर गर्दै घटाउन आग्रह गरे उनले रेट घटाउँदै २५ सयसम्म जाने बताइन् तर होटलको पैसा हामीले तिर्नुपर्ने शर्तमा । ती युवातीसँग बार्गेनिङ्ग गरिरहँदा सुरुमा जाने हो भन्ने युवाती पनि नजिकै आइन् । मैले ती युवातीतर्फ नजर लगाएँ जस्तो गरे र सोधेँ, लास्ट रेट कति ? युवातीले मालसामानको मोल भए पो घटाउनु भन्ने जावाफ दिइन् । मैले घटाए मिलि हल्छ नी भनेँ । उनले दुई हजारसम्म मिल्ने जानकारी दिइन् । हामीलाई धेरै सूचना लिनु थियो त्यसैले मैले निर्णय नगरे पछि उनी प्रहरीसँग छलेको भान पारि त्यहाँबाट पर गइन् । महिलासँग बार्गेनिङ्ग नमिलेको भान पारि हामी अलि पर गयौँ ।
करिव १६ वर्ष देखि ५५ वर्षसम्म जस्ता देखिने युवातीहरु कसैलाई पर्खीरहेको जस्तै मास्क लगाएर लामलस्कर उभिएका थिए । हाम्रो मिसन जारी राख्न अर्को युवाती तर्फ गयौँ । हामी एक युवातीसँग नजिकिन खोज्दै थियौँ तर एक युवाती आएर सोधी हालिन्, जाने हो ? हामीले हो, भन्यौँ । युवातीले कति दिने भनिन्, हामीले रेट कति छ भन्यौँ । युवातीले रेट दुई हजार भनिन् । हामीले दुइ जना हो भने पछि उनले ४ हजारमा दुई जना जान्छौँ भनिन् । मैले दुईजना भए पछि अलि मिलाउनुपर्ने अडान राखेँ युवातीले दुई जना तीन हजार ५ सयमा यातायात भाडासहित भनिन् । उनले सुविधा स्वरुप जाने–आउने आफ्नै प्राइभेट कार भएको बताइन् । सुविधासम्पन्न रुपमा वार्गेनिङ्ग गरिरहेकी महिलाको उक्त जवाफ आएपछि मलाई लाग्यो यस पेशामा लागेका माहिला बाध्यताले नभइ आर्थीक उपार्जन गर्ने गतिलो माध्यमकका रुपमा कथित व्यापार गर्दैछन् ।
मैले रेट मिलेन भन्दै इन्कार गरेँ । उत्ताउलो पाराले मुस्कुराइ रहेकी युवातीले आफ्नो फ्ल्याट नजिकै लैनचौरमा रहेको बताउँदै कोठामै लैजाने भन्दै विश्वस्त पार्ने कोसिस गरिन् । हामीले रेट नै बढि भएको भन्दै अनकनाउन थल्यौँ । युवती अलि रिसाएको स्वभावमा ‘जाने नै हो भने त्यहि रेट हो, हैन भने मिल्दैनँ भन्दै अन्यसँग बार्गेनिङ्ग गर्नु’ भनिन् । उनले भनिन्, ‘अरु खोज्नुस् दुई सय मै जान्छन् उनीहरुलाई लैजानुस्’ । हामीलाई पनि मरिहत्ते गरिराख्नु थिएन त्यसैले हामी पुनः अर्को युवातीसँग बार्गेनिङ्गका लागि गयौँ । युवतीले कति दिनुहुन्छ ? भनेर सोधिन् । मैले आफँैले भन्नु हामीले भन्दा फरक पर्ला भनेँ । किनकी मलाई सेवा हैन सूचना लिनु थियो । उनले दुई हजार ५ सय अन्तिम रेट भनिन् । मैले दुई जना लैजाने हामीले नै होटल लिन्छौँ भने पछि महिलाले २ हजारसम्म मिल्छ भन्ने जवाफ दिइन्् । ती युवातीहरु सँगसँगै प्रहरी पनि वरिपरि घुमिरहेका थिए । प्रहरीकै आँखा अगाडि अवैधानिक बार्गेनिङ्ग गरिरहँदा प्रहरी भने निकम्मा बनिरहेको थियो । मैले जानकारी पाएसम्म प्रहरी पनि ती युवातीहरु सँगको मिलेमतोमा व्यापार संचालन गर्छन् । मैले रेट बढि भएको भन्दै अनकनाउन थाले पछि युवातीले दुई जनाको ३ हजारसम्म जाने र आफ्नै नयाँ बसपार्कमा रहेको कोठामा जानुपर्ने बताइन् । युवातीसँगको वार्गेनिङ्ग सकिन नपाउँदै करिव २४/२५ वर्ष जस्ती देखिने एक युवाती अल्लारे पाराले अंगालोमा बाँधान…. गीत गाउँदै हामी तिर आइन् । उनले बाटोमा हिँड्ने सबै यात्रुहरुलाई यौवन नजर लगाउँदै थिइन् । अरुभन्दा अलिक फरक देखिने ती युवतीले मलाई आफूसँग जान आग्रह गरिन् । मैले रेट भन्न लगाए । उनले होल नाइटको ३ हजार भनिन् ।
हामीले सबैको महंगो भएर तिमीसंग अएको भने पछि उनले दुई जना ५५ सयमा जाने बताइन् । मैले कहि नभएको रेट भो भने पछि उनले आफ्नै स्कूटर भएको बताउँदै यातायात, होटल खर्च नलाग्ने बताइन् । हामीले सुनधारामा होटल लिएको बहाना बनायौँ । युवातीले होटल भए नभएको पुष्टि गर्न होला होटलको नाम सोधिन् । हामीले होटलको नाम भिन्न बतायौँ । दुई जनाको ५ हजार रेट बताए पछि युवती यो स्थान प्रहरीको निगरानीमा छ भन्दै तर्किन् । मैले बुझे अनुसार हिँड्दा हिँड्दै गरिने व्यापार भएकाले पनि दुई मिनेटभन्दा धेरै बार्गेनिङ्ग गर्न प्रहरीले नदिने रहेछ क्यारे । मैले अलिक डराएको अभिनय गरेँ । उनले मलाई विश्वस्त पार्दै प्रहरीले केहि नगर्ने बताइन् । त्यस पछि हामी रेट नमिलेको भन्दै स्मारिका नाम गरेकी युवती नजिकै पुग्यौँ । उनले आफ्नो घर धरान भएको बताइन् ।
ती युवातीले पनि अन्य युवती जस्तै शरीरको मुल्य तोक्न थालिन् । युवतीले सुरुको रेट २ हजार बताइन् । मैले यसअघि पनि कुरा नमिलेको सुनाए पछि उनले अरु युवातीले भन्दा भिन्न सन्तुष्ट दिने भन्दै अश्वस्त पार्न खोजिन् । त्यहि स्थानहरुमा अन्य युवातीसँग बार्गेनिङ्ग गरेको देखेर पनि होला धेरै बार्गेनिङ्ग गर्न मानिनन् । युवतीले अन्तिम रेट १२ सय बताइन् । यसरी करिब १ घण्टाको समयमा हामीले करिब १ दर्जन युवातीहरु संग बार्गेनिङ्ग गर्दा सबैभन्दा सस्तो १२ सयमा जान ती युवती तयार भइन् । हामीलाई पनि अन्तिम रेट यत्ति नै होला जस्तो लाग्यो र आफ्नो मिसन पूरा भएको महसुस गरि ट्वाइलेट जाने निहुँमा त्यहाँबाट आफ्नो गन्तव्यतर्फ हिँड्यौँ ।
हिँड्दा हिँड्दै बार्गेनिङ्ग गर्नु परेकाले पनि साथीले असहज महसुस गरेका थिए । तर मलाई मिसन पुरा गर्नु परेकाले हामी एक घण्टा तल्लिन भएर रंगीन संसारको बार्गेनिङ्गमा मस्त भयौँ । यी क्रियाकलापहरु गरिरहँदा मलाई पोखराको बाग्लुङ्ग बसपार्कको याद दिलायो । गत वर्ष सो क्षेत्रमा मौलाउँदै गरेको यौवन व्यापारको खोजखबर गर्दा पनि मैले यस्तै ग्राहकको अभिनय गर्नुपरेको थियो । मेरो निरन्तरताको खबरदारी र कास्की प्रहरीको सक्रियताले पोखराको बाग्लुङ्ग बसपार्कमा मौलाउँदै गरेको यौवन व्यापार आलु व्यापारमा परिणत गराउन सफल भएका थियौँ । सो क्षेत्रमा दिन दहाडै हुने गरेका अवैधानिक यौवन व्यापारका दृश्यहरु निगरानी पश्चात एकाएक हट्न पुगेको थियो । यौवन व्यापार गर्ने स्थान भनेर परिचित बाग्लुङ्ग बसपार्कको होटल तथा रेष्टुरेन्ट यतिबेला बन्द गराई आलु व्यवसाय गर्ने थलो बनेको छ ।
काठमाडौं रत्नपार्कको त्यो व्यापार पनि चाहने हो भने प्रशासनले हटाउन सक्छ । तर किन प्रयास गर्दैन प्रहरी प्रशासन ? किन मौन छन् सम्बन्धीत निकाय ? यसले के प्रष्ट पारेको छ भने कहि कतै प्रहरी प्रशासनसँग ती व्यापार गर्नेहरुको राम्रै सम्बन्ध छ । अवैधानिक यौवनलाई अपराध ठान्ने देशको सडकको पेटीमा खुलेआम एउटा चेलीको शरीर बेचिँदा प्रहरी प्रशासन के हेरिरहेको छ ? त्यहाँ कार्यरत प्रहरी कानमा तेल हालेर बस्नुको पछाडि के रहस्य छ ? के ती महिलाहरु गरिबी, अशिक्षा कै कारण यो पेशामा संलग्न छन् ? ती युवतीहरुको भोलिको भविष्य के होला ? यी प्रश्नहरु सबैसामू तेर्सिएको छ । सडकमा बसेर नाङ्गो शरीर बेच्नेहरुलाई बैकल्पिक व्यवस्था गर्नुपर्र्दछ । उमेर हुदाँसम्म मागी खाने भाँडो बनाएका ती महिलाको शरीर बारे अधिकारकर्मीहरुले सोच्नुपर्दछ । पेशामा संलग्न महिलाहरुलाई सहजीकरण गर्ने काम त्यहाँ पुगेका पुरुषहरुले पनि गर्नुपर्दछ । सांस्कृतिक सद्भावलाई कायम राख्न पनि प्रशासनले यसतर्फ ध्यान दिन जरुरी छ । आर्थीक उपार्जनका नाममा कथित व्यापारलाई प्रश्रय दिने हो भने नेपाली समाज कहाँ पुग्छ ? यस तर्फ सबैले सोच्ने कि ?
( लेखक सगरमाथा टेलिभिजन र युनाईटेड राष्ट्रिय दैनिकमा आवद्ध पत्रकार हुन् )
सुझावका लागि Bhupal8899@gmail.com
फोटो साभारः हिमाल खबर पत्रिका

No comments:
Post a Comment