
अचम्मित हुनुभयो नी ? हो, एक नयाँ अनुसन्धानको अनुसार १० सेकेन्डको चुम्बनमा करिब ८ करोड ब्याक्टेरिया एउटा व्यक्तिको मुखबाट अर्को व्यक्तिको मुखमा सर्ने गर्दछ । यस्तो प्रकारको चुम्बन कम्तीमा पनि दिनको १० पटक गरेमा उक्त जोडीको एकै प्रकारको ओरल ब्याक्टेरिया पाइने उक्त अध्ययनले निष्कर्ष निकालेको छ ।
नेदरल्याण्डमा अवस्थित अर्गनाइजेसन फर अप्लाइड साइन्टिफिक रिसर्चले उक्त अध्ययन गरेको हो । यो अध्ययनका प्रमुख लेखक रेम्को कोर्टका अनुसार उनले यो शोध २१ जोडीमा गरेका हुन् । कोर्टले जोडिसँग उनीहरुको चुम्बन गर्ने तरिकाको बारेमा प्रश्न गरेका थिए ।
ब्याक्टेरियाको संरचनाको गणना गर्नका लागि केहि जोडीहरुलाई निमन्त्रणा दिएको थियो । शोधका अनुसार एक अन्तरंग चुम्बन पछि चुम्बन गर्ने व्यक्तिको र्यालमा प्रोबायोटिक ब्याक्टेरियाको मात्रा तीन गुणा बढेको थियो । यो तरिकाबाट १० सेकेन्डमा यो आँकडा ८ करोड पुगेको थियो । (एजेन्सी)
No comments:
Post a Comment