
लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् ।
उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन् :
लुगा फुकालेर सुत्दा अनिद्राको समस्याबाट मुक्ति मिल्छ । किनभ
लुगा फुकालेर सुत्दा शरीरमा कोटिर्जोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ । राति दुई बजेपछि कोटिर्जोलको स्तर शरीरमा बढ्न थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ । उक्त हर्मोनले भुँडीमा बोसो जमाउने काम गर्छ । त्यसैले यसरी सुत्दा अनावश्यक पेट लाग्दैन ।
लुगाविहीन अवस्थामा सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । शरीरको तापक्रम कोठाको तापक्रमबराबर हुँदा शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले बुढ्यौली पर पुर्याउन सघाउ पुर्याउँछ ।
यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।
लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।
No comments:
Post a Comment