मंसिर ३- काठमाडौं, भारत हरियाणा राज्यको बरवालास्थित रामपाल गुरुको सतलोक आश्रममा झडप हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । विभिन्न अभियोग लागेका रामपाललाई मंगलबार अदालतमा पेश गर्नुपर्ने भएपछि प्रहरीले उनलाई पक्राउ गर्न प्रयास गरेको थियो ।
यसैक्रममा प्रहरी र उनका समर्थकबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका थिए । स्थानीय प्रहरी अधिकारीहरुले सबै शवको पोष्टमार्टमपछि मात्र मृत्युको कारण पत्ता लाग्ने जनाएका छन् ।
बरवाला सहरमा रहेको रामपालको आश्रममा हतियारधारी समर्थकहरुले केहीलाई नियन्त्रणमा लिएको र महिला तथा बालबालिकालाई मानवढाल बनाएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीपछि आश्रमबाट मंगलबार १० हजार मानिसलाई सुरक्षितरुपमा बाहिर निकालिएको जनाइएको छ । आश्रमभित्र अझै ५ हजार मानिस रहेको अनुमान गरिएको छ ।
रामपालविरुद्ध हत्या प्रयास, आपराधिक षड्यन्त्र र राजद्रोहलगायतका मुद्दा दायर गरिएको थियो । रामपालले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई १७ नोभेम्बरसम्म अदालतमा पेश गर्न स्थानीय प्रशासनलाई आदेश दिएको थियो । (एजेन्सी)

No comments:
Post a Comment