
यहि सामान्य भिडका बीचमा एउटा सेतो साडी लगाएकी भुत समेत । सुन्दा अचम्म लाग्न सक्छ । बेमतलब, बेसुर, सडकको एक किनारा देखि अर्को तर्फ लगातार बिना हिच्कीचावट हिडीरहेकी देखिन्छ ।उनलाई दिल्लीबाट नोएडा जाने सडकमा फिल्मी स्टाइलमा हिडिरहेको देखिन्छ । र त्यो बाटोमा हिँडिरहेका कोही पनि उनको नजिक जाने हिम्मत गर्दैनन् । सडकमा हिडीरहेकी उनलाई बेसाहारा सम्झिएस सहयोग गर्न खोज्नेहरु उनको नजिक पुगेपछि उनको अनुहार देखेर भाग्ने गर्दछन् ।
यो सेतो साडीबाला भुत देखेर धेरैको नीद हराम हुने गरेको छ । कतीयपले त चलाइरहेको गाडी छाडेर भागेका पनि छन् । खासमा यो एक नाटक मात्र रहेछ । अर्थात् मजाकका लागि यसो गरिएको रहेछ ।यो भिडियो युट्युवमा राखिएको पाँच दिनमा २ लाख ७० हजार बढीले हेरिसकेका छन् भने अझै यो भाइरल बन्ने सम्भावना छ । सुरुमा तपाईं पनि यो भिडियो हेरेर डराउनु भयो होला । तर, यो खाली मजाक मात्र थियो ।
No comments:
Post a Comment