कात्तिक ५, काठमाडौं – लामो समययता बाराको घना जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
बुधबार साँझ उनी प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनले प्रधानमन्त्रीलाई आफू तपस्यारत जंगललाई धार्मिक वन घोषणा गराइदिन आग्रह टरेको बताइएको छ ।
उनी बाराको हलखोरियास्थित जंगलमा विगत ६ वर्षयता तपस्यारत छन् । जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा गर्ने आस्वासन दिएका
भेटमा उनले सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि आफू अघि बढिरहेको बताएका थिए । उनले नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको समेत बताएका थिए ।
यसैबीच बम्जनले बुधबार नै परराष्ट्र मन्त्रालय गएर राहदानी लिएका छन् । उनले रामलाल बम्जनको नामबाट राहादानी लिएका हुन् ।
धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यास्थल फर्किएका छन् ।
थिए ।

No comments:
Post a Comment