काठमाडौं, भदौ १७ – विवाह भएको एक महिना नबित्दै श्रीमान् गुमाएकी श्वेताको अश्रुधारा अहिलेसम्म पनि रोकिन सकेको छैन । औपचारिक कार्यक्रम श्रीकृष्णको १३ औँ दिनको पुण्यतिथिमा होस् कि कुमारी हलमा फिल्म हेर्दा होस्, उनका आँखा कहिले ओभाउन पाएका छैनन् । अरु दिन र एक्लै हुँदा त झन् उनी कति रोइन् होला । हुन पनि श्वेतामाथि बज्रपात नै खसेको छ । पतिवियोग सहन उनलाई निकै गाह्रो भइरहेको पुष्टि उनको व्यवहार र आँसुका धाराले पुष्टि गरिरहेको छ । कसैसँग केहि बोल्न नसक्ने अवस्थामा देखिने श्वेताले केहि दिन पहिले आफू र श्रीकृष्णको दुईवटा फोटोहरु फेसबुकमा पोष्ट गरि आफ्ना भित्रि वेदनाहरु भगवानसँग प्रकट गरेकी थिइन् ।
यस्तै हिजो अर्थात मंगलबार पनि उनले फेसबुकमा आफ्ना भावनाहरु बिसाएकी छिन् – कवितामार्फत । प्रोफाइलमा आफू बेहुली भएको फोटो र कभरमा विवाह समारोहको श्री र आफ्नो फोटो भएको उनको फेसबुक अकाउन्टमा श्री र आफ्नो नयाँ फोटोसहित उनले कविता पोष्ट गरेकी छिन् । उनका शब्दहरु निकै मर्मस्पर्शी छन् । उनले आफूलाई सम्हाल्नै नसकेको अभिव्यक्ति बारम्बार दोहोराइरहेकी छिन् । हेरौँ उनका कविता उनकै
शब्दमा :
अनेक कोसिश गर्छु म अगाडी हिड्न तर म आज आफैंलाई समाल्न सक्दिन ,
भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु ,
अघि हिड्न खोज्छु सक्दिन समाल्न कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ।
No comments:
Post a Comment