टेलिभिजन प्रस्तोता मेलिसा बेकम्यान पछिल्लो दिनमा फेसबुक र ट्वीटरमा निकै बदनाम भएकी छिन् । आफैले सिकार गरेको सिंहको तस्वीरसँगै बन्दुक लिएर मुस्कुराउँदै बसेको तस्वीर उनले आफ्नो ट्वीटरमा राखेकी छिन् । उनले शिकार गरेपछि ट्वीटरमा यो तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्-जंगलमा मेरो ६० यार्डको दुरीमा निकै सुन्दर सिंह थियो । वा क्या शिकार थियो ।’
यो तस्वीर सार्वजनिक भएपछि दक्षिण अफि्रकाको राजधानी केपटाउनमा बस्ने एलन बर्मनले बेकम्यानलाई सँधैका लागि देशमा घुमफिर गर्न प्रतिवन्ध लगाउन सरकारलाई अपील गरेका छन् । निकै छोटो समयमा यो पिटिसनप्रति हजारौं सामाजिक संजाल प्रयोगकर्ताले ऐक्यबद्धता जनाएका छन् ।
बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गरिरहेका अभियन्ताहरुले बेकम्यानका हर्कतलाई कालो धब्बा भन्दै आलोचना गरेका छन् । संरक्षकर्मीको तारोमा परेको यो पहिलोपटक भने हैन ।
उनको वेबसाइटमा बन्यजन्तु सिकारका दर्जनौं यस्ता तस्वीर छन जसले संरक्षणकर्मीलाई झस्काउँछ । बिभिन्न संरक्षित बन्यजन्तु शिकार गरेर मुस्कुराउँदै बन्दुकसहित पोज दिएका यी दृष्यले इन्टरनेट दुनियाँमा निकै आलोचना खेप्दै आएका छन् ।
No comments:
Post a Comment