Showing posts with label sex/education. Show all posts
Showing posts with label sex/education. Show all posts

Friday 31 October 2014

नाङगै टेवलटेनिस खेल्ने प्रतियोगिता

हामीले अहिलेसम्म न्यूड होलिडे रिसोर्ट र न्यूड बयर फेस्टिभको बारेमा सुनेकै हो । तर, लण्डनमा हालै एक टेनिस प्रयोगिता भएको छ, जसमा सहभागी हुन शरिरमा एक टुक्रो कपडा पनि लगाइदैन् ।

होलबर्नमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको हो । जसमा भाग लिनेहरुलाई नाङ्गै भएर खेल्ने छुट थियो ।
http://meroknowledge.blogspot.com/


प्रतियोगितामा भाग लिन विभिन्न ठाउँबाट मानिसहरु होलबर्न पुगेका थिए । जसमा युवा युवतीको जामात ठूलो थियो । आयोजकले नाग्न भएर खेल्न चाहनेहरुका लागि छुट्टै कोठाको व्यवस्था गरेको थियो ।

उक्त कोठामा १७ टेनिस टेबलका साथै एक रेष्टुँरा र १३० भन्दा बढी बस्ने सिटको व्यवस्था थियो ।

युवायुवतीहरु सर्वाङ्गै भएर टेवलटेनिसको आनन्द लिइरहेका तस्वीरहरु सार्वजनिक भएका छन् ।

Tuesday 28 October 2014

जिन्दगी नै बर्बाद पार्ने यस्तो सेक्स सम्बन्धि कल्पना कहिले नगर्नुहोस् !

मानिसहरुलाई कल्पना गर्न कसैले पनि छेक्न सक्दैन । आफू एक्लै भएको बेलामा होस् वा साथीहरुको माझ, मानिसले कहिले पनि कल्पना गर्न छोड्दैन । आफू एकातिर भएपनि मानिसहरुको सोच कताकता डुलिरहेको हुन्छ । कहिले सृजनशील विषयमा सोचिरहने मानिस कहिले यौनिक कल्पनामा हराउने गर्दछन् । युवापुस्ताले यौनीक कल्पना गर्नु सामान्य नै मानिन्छ । मानिसहरु कतिपय अवस्थामा आफ्नो पार्टनरसँग यौन सम्बन्ध स्थापित गरिरहेको सोच्ने गर्दछ जसलाई सामान्य रुपमा हेरिन्छ ।यसको नकारात्मक पक्ष केहि देखिँदैन । तर आफूसँग राम्रोसँग घुलमिल नभएका मानिससँग यौनिक क्रियाकलाप गरिरहेको सोच्नुहुन्छ भने यसको असर नकारात्मक हुने एक अध्ययनले जानकारी दिएको छ ।

‘द हेल्थ’ नामक वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनको लागि घातक हुने गर्दछ । यस्तो कल्पनाले मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ ।

आफूसँग राम्रोसँग घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक मात्रामा हुनु निकै घातक मानिन्छ ।

कम चिनेको वा चिन्दै नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त अध्ययनले देखाएको छ ।

अध्ययनमा १ सय ९५ जोडि महिला र पुरुषमा संलग्न थिए । त्यस्तै, ३५५ विद्यार्थीहरुलाई पनि उक्त अध्ययनमा समावेश गरिएको थियो । (एजेन्सी)

Sunday 26 October 2014

यौन क्षमता बढाउन चाहानु हुन्छ ? प्रयोग गर्नुहोस घरकै औषधी

कति पुरुष विभिन्न यौन समस्याका पीडित हुन्छन् । नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता sex sexयौनिक यस्तै समस्या हुन् । जो पुरुषहरूको टाउको दु
केही टिप्स -
खाउन पर्याप्त हुन्छ । यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ । तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् । आयुर्वेदमा यस्ता धेरै जडीबुटी छन्, जसले पुरुषहरूको यौनिक समस्याको समाधान गर्छन् ।
  1. हरेक दिन दूधसँगै कुरिलोसमेत सेवन गर्नुहोस् ।
  2. दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
  3. केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।
  4. घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्‍याउँछ ।
  5. हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।
  6. बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
  7. पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस् ।
  8. रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
  9. अश्वगन्धारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
  10. नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

के सुहाग रात कै पहिलो दिन यौन सम्पर्क हुनैपर्ने हो त !! ७ भ्रमः

'सुहागरात' शब्द भनेपछि धेरै मानिसले कान ठाडो पार्छन् तथा मक्ख पर्छन । सुहागरातको कुरा गर्दा  सबैले  विशेष चासो लिन्छन । तर सामान्यतया मानिसमा हुने जिज्ञासाले पनि उनीहरुलाई सुहागरातको विषयमा वास्तविक ज्ञान सम्म भने पुर्याएको हुँदैन । धेरै मानिसमा सुहागरात सम्बन्धमा अनेक भ्रम रहेको देखिन्छ ।
जानिराख्नुस् सुहागरातका विषयमा ब्याप्त ७ भ्रमः

१. पहिलो रातमा रक्तश्रावः
अधिकाँश मानिसको धारणा पहिलो रातमा महिलाको योनीबाट रक्त श्राव भएमात्र उनी कुमारी रहेको पुष्टी हुन्छ । तर वास्तविकता त्यस्तो होइन । महिलाको यौनाङ्गमा रहेको हाइमन नामक झिल्ली अन्य कुनै कारणले टुटिसकेको भए यौन सम्पर्कको समयमा रक्तश्राव नहुन पनि सक्छ । अधिकाँश केटीहरुको साइकल चलाउँदा वा त्यस्तै केही गर्दा उक्त झिल्ली टुटीसकेको हुन्छ ।
२. पहिलो सम्भोगमा महिलालाई पीडा हुन्छः
अधिकाँश मानिस सुहागरातको पहिलो सम्भोगका क्रममा महिलालाई पीडा हुने ठान्छन् । तर दम्पतिमा आपसी समझदारी र माया छ भने तथा स्त्री सम्भोगका लागि मनदेखि नै तयार छन् भने यस्तो पीडा नहुन पनि सक्छ ।

३. हस्तमैथुनः
मानिसहरु के ठान्छन् भने विवाह अघि नियमित हस्तमैथुन गर्ने पुरुषलाई सुहागरातमा शीघ्र स्खलनको समस्या हुन्छ । तर त्यो सत्य होइन । मेडिकल साइन्सले पुरुषको स्वास्थ्य, यौन शक्ति, प्रजनन क्षमता जस्ता कुरा महत्वपूर्ण हुने पुष्टी गरेको छ । यसको अर्थ हस्तमैथुनसँग यौनिक दुर्बलताको कुनै सम्बन्ध छैन ।

४. उज्यालो अध्याँरोः
मानिसहरु जोडी शुरुमा भेट हुँदा कोठामा बत्ति बलिरहेको हुनु पर्ने र यौन संसर्गका वेला मात्र वत्ति निभाउन उचित हुने ठान्छन् । तर शोधले अधिकाँश महिला अध्याँरोमै यौनजन्य गतिविधी र यौन सम्पर्क गर्न चाहने देखाएको  छ । अधिकाँश महिला यौनको समयमा आँखा बन्द गर्छन् ।
५. विवाहपछि महिला यौनका लागि हतारिन्छन्
मानिसहरु सोंच्छन् कि केटीहरु विवाह अंघि यौनिकरुपमा सक्रिय हुन नसक्ने हुँदा विवाह हुने वित्तिकै यसका लागि हतारिन्छन् । तर महिला यौन सम्बन्धका लागि भन्दा पनि पुरुषको ब्यवहार जान्न हतारिएका हुन्छन् । पुरुषहरु यौनमा केन्द्रित हुने भएपनि महिलालाई यौन भन्दा बढी प्यार चाहिन्छ ।
६. लिङ्गको आकारःमानिसहरु पुरुषको लिङको आकार जस्तो छ त्यसै अनुसार नै उसको यौनिक क्षमता हुने ठान्छन् । तर वास्तविकता यस्तो हुँदैन । यौनको आनन्द मानसिक अवस्थामा बढी निर्भर गर्छ नकि शारीरिक । लिङ्गको आकार नै यौन सन्तुष्टी वा असन्तुष्टीको कारण बन्न सक्दैन ।

७. पहिलो रातमा यौन सम्पर्क हुनु पर्छः
मानिसहरु सुहागरात भन्ने वित्तिकै पहिलो यौन सम्पर्क हुनैपर्ने रात   ठान्छन् । अझ कतिपयले त सुहागरातले नै केटा वा केटीको यौनिक क्षमता र उन्मुखता जाँच गर्ने  ठान्छन् । तर वास्तविकता त्यस्तो होइन । पहिलो रातमा यौन सम्पर्क हुने कि नहुने भन्ने कुरा दम्पतिको चिनजान र आपसी समझदारीमा भर पर्छ ।

यौन व्यवसायको पनि तालिम दिइरहेको भिडियो बाहिर आयो (भिडियो)

एजेन्सी । हिजोआज चीनको एउटा भिडियो इन्टरनेटमा भाइरस जस्तै फैलिरहेको छ । यो भिडियोमा केही चिनियाँ युवतीहरुलाई उनीहरुको ‘सेवा’ सुधार्न प्रोस्टिच्युसन कोर्स (वेश्यावृत्तिसम्बन्धी तालिम) दिइरहेको देखाइएको छ । करिब दुई मिनेटको यो भिडियो क्लिपमा कालो रंगको प्रोफेसनल सुट र सेतो सर्ट लगाएकी एक जना इन्स्ट्रक्टरले सहभागी युवतीहरुलाई आफ्नो व्यवसाय बढाउन सामाजिक सञ्जालको प्रयोग गर्न सुझाएकी छन् ।

‘चाइनिज ट्विटर प्रयोग गरेर तपाईं धनी ग्राहक पाउन सक्नु हुन्छ । यति मात्र होइन तपाईं बेकारका ग्राहकबाट पिछा छोडाउन समेत सक्नु हुन्छ ।’ उनले भनेकी छन् । इन्टरनेटमा चुहावट भएको भनिएको यो भिडियोमा तालिम दिने युवतीले केही प्राक्टिकल टिप्स पनि दिइरहेकी छन् । उनका अनुसार यो टिप्सबाट ती युवतीले आफ्ना ग्राहकको संख्या बढाउनुका साथै धेरै पैसा पनि कमाउन सक्ने बताएकी छन् । यसमा करिब एक दर्जन युवतीलाई एउटा सानो कक्षा कोठामा उच्च घरानाका ग्राहक फसाउने टिप्सहरु सुनिरहेको देखाइएको छ ।
यो भिडियोको आधिकारिकता भने हालसम्म पुष्टी भएको छैन । तर युकु, सोही र युट्युब जस्ता भिडियो सेयरिङ साइट्मा यो तीव्र गतिमा फैलिरहेको छ । यो भिडियो कुनै छात्राले आफ्नो फोनबाट रेकर्ड गरेको देखिन्छ । ‘ग्राहक फेला पार्न तपाईं मोमो वा विच्याट वा विबो चलाउन सक्नु हुन्छ,’ ती शिक्षिकाले भनेकी छन्, ‘तपाईंले ग्राहकसँग भावनात्मक कुराकानी समेत गर्नुपर्ने हुनसक्छ ।’ भिडियोको करिब आधाआधीमा एक जना सहभागीले उनीहरुलाई पढाइएको पावरप्वाइन्ट पाउन सक्नु कि भनी सोध्दा उनले ‘कक्षापछि उपलब्ध गराउने’ बताएकी छन् ।
त्यसपछि उनले विद्यार्थीलाई इन्टरनेटमा आकर्षक फोटो आवश्यक पर्ने बताएकी छन् । ‘यी युवतीलाई हेरौं,’ भित्तामा प्रोजेक्ट गरिएको तस्बिर देखाउँदै उनले भनेकी छन्, ‘उनको मेकअप निकै राम्रो छ । मेकअपले उनलाई जवान र आकर्षक बनाएको छ । उनका आँखा राम्रो छन् र मुस्कान मिठो छ । उनका आँखा उनको आत्माको ढोका हुन् ।’ चीनमा यौन व्यवसायलाई अवैधानिक मानिन्छ तर यहाँका सहरी क्षेत्रमा वेश्यावृत्ति तीव्र गतिमा फैलिरहेको छ ।
चीनमा ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्तिपछि यौन व्यवसायमाथि प्रतिबन्ध लगाइएको थियो । तर बढ्दो आर्थिक विकास र सहरमा पश्चिमी संस्कृति फैलिएका कारण यहाँ देह व्यापारले प्रसय पाउन थालेको हो । हाल चीनका साना सहरमा समेत रेड लाइट एरिया छन् ।
यहाँसम्म कि पर्यटकलाई उनीहरुको होटेलमै यौन सेवा पुर्याउने व्यवस्था समेत छ । चीनमा सेक्स टोयको उद्योगको विकास पनि भइरहेको छ । विशेषज्ञहरुका अनुसार संसारमा प्रयोग हुने करिब ७० प्रतिशत सेक्स टोय चीनमै उत्पादन हुन्छन्

महिलाहरु कस्तो खाले सेक्स ज्यादा रुचाउँछन् ? एक अध्ययनले भन्यो मुख मैथुन महिलाको लागि अति मन पर्ने !!

सेक्स मानव जीवनको अपरिहार्य (अनिवार्य) कुरा हो यसमा कसैको दुईमत नहोला । त्यसैले सेक्स विनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । तरपनि  समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।

पहिले विवाह अगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको थियो । त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।

तर अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए ।
अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओरल सेक्स भनिन्छ ।

Friday 24 October 2014

धेरै नै यौन इच्छा हुन्छ के गर्ने होला ? १८ वर्षीया अविवाहित युवती !

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न

कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।
अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

Thursday 23 October 2014

यौन सम्पर्क गर्नु अगाडी यी चिज खानु भएन भने तपाईको योन सम्बन्ध आनन्द दाएक हुन्छ !!

तपाईंहरुले सेक्सको शक्ति बढाउने खानेकुराहरुको बारेमा त पक्कै सुन्नुभएको छ होला । तर यस्ता खानेकुराहरुपनि छन् जसलाई तपाईंले सेक्सअघि खानुहुँदैन । यिनीहरुले सेक्सको वातावरणनै खराब बनाइदिनसक्छन् ।

1.पुदिना
पुदिना खाएपछि त झन् स्वासमा भएको दूर्गन्ध हटाएर सेक्समा सहयोग पुग्नुपर्ने होइन र ? तर पुदिनामा पनि टेस्टोस्टेरोनको मात्रा घटाउने तत्व हुने हुँदा यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

2.लसुन
लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन ।

3.चिज
चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ ।

4. गेडागुडी गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् ।

5.रातो मासु
मासुभन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

6.फ्रेन्च फ्राई
फ्रेन्च फ्राईमा बोसो हुनेहुँदा यसले टेस्टोस्टेरोनको मात्रा र रगतको संचारलाई घटाउन सक्छ । यसमा नुनको मात्रा पनि धेरै हुँदा उच्च रक्तचाप भएका मानिसहरुलाई लिंग उत्तेजित राख्न गाह्रो पर्न सक्छ ।

Saturday 18 October 2014

के गर्ने होला जब सेक्सको बेला कन्डोम फुट्छ !

पुरुषको सन्दर्भमा वीर्य स्खलन हुने हाराहारीमा उसले चरमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौन चरमसुख प्राप्त नगरे पनि गर्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौनसम्पर्क थियो भने योनिच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, पक्का हुनुहोस्।

कन्डम फुटे के गर्ने ?


विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं। केही जानकारी भए पनि आवश्यक सीप नहुन सक्छ। त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ। कन्डम प्रयोग गरिएकाले तपाईं तथा तपाइर्ंको साथीमा केही सजगता देखिन्छ। कन्डम फुटेको स्थितिमा कन्डमले काम गर्ने कुरा भएन, अर्थात् यौनरोगको संक्रमण हुने वा गर्भ रहने सम्भावना हुन्छ।

सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला। कन्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ। त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? केही चर्चा गरौं।
कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ।
वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।
कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ।

के केटी साथी गर्भवती छिन् ?


गर्भ रहन १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा आवश्यक छ। सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ। डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी प्रारम्भ हुन्छ। यदि महिनावारी ढिलो-चाँडो भए यी दिनहरू पनि फरक पर्न सक्छन्। यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको छ भने, २८-१८ . १० हुन्छ, अर्थात् दसांैं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। ३०-११ . १९ हुन्छ, अर्थात् १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। तपाईंले आफ्नी साथीको महिनावारीको कतियौं दिनमा कण्डम फुट्ने उक्त घटना भयो पत्रमा उल्लेख गर्नुभएको छैन। जे होस्, तपाईंले स्थिति बुझ्नु नै भयो होला।

अब के गर्नुपर्ला ?


सर्वप्रथम यौनसम्पर्क असुरक्षित भएको स्थितिमा गर्भ रहनबाट जोगिन आकस्मिक गर्भनिरोधको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ।
गर्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। ४ चक्कीको पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) खाइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ। अचेल आकस्मिक गर्भनिरोधका लागि प्रोजेस्टेनरोनयुक्त औषधी ओके र इकोन पनि उपलब्ध हुन थालेको छ। त्यसैगरी कपर टीको प्रयोग यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भनिरोधका रूपमा गर्न सकिन्छ।
सम्भावना थोरै वा धेरै जे भए पनि गर्भ रहे-नरहेको पक्का गर्नु नै महत्त्वपूर्ण हुन्छ। तपाईंकी प्रेमिका गर्भवती छिन्- छैनन्, पक्का गर्ने भरपर्दो उपाय पिसाब परीक्षण गराउनु हो। यदि गर्भ नरहेको स्थिति हो भने गर्भलाई निरन्तरता नदिने विषयमा पीर गर्नैपरेन। गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने तपाईंहरू दुवैले राम्रोसँग सल्लाह गरी निर्णय लिनुपर्छ। त्यसपछि नेपाल सरकारको सुरक्षित गर्भपतन सेवा केन्द्रमा गै सेवा लिन सकिन्छ।

रोकथाम किन नगर्ने ?

तपाईंलाई थाहै हुनुपर्छ, अहिले नेपालमा सुरक्षित गर्भपतनको कुरा निकै चर्चामा छ। मुख्य कुरा त अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधनको समुचित प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका कुअसर नगण्य छन्, तर कहिलेकाहीं थोरै नै भए पनि गर्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ जुन दु:खलाग्दो छ। तपाईंहरूबीच नियमित रूपमा यौनसम्पर्क हुन्छ भने आफूहरूलाई मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नु हुन्छ।

Friday 17 October 2014

उमेरका साथ महिलाहरुमा सेक्स प्रति हुने चाहानाको अबस्ता

युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ।  पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।

पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ।

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा महिला तथा पुरुषका यौन एवं  प्रजनन  अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् !

 – योनि रस आउन केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।
– यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने
– चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।
– महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।
– पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।
– महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।


कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। 

१० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए।  ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ।

कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन।

Thursday 16 October 2014

सेक्स गरिसकेपछि महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु

सेक्स गरिसकेपछि महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु
सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्च विन्दु वा तरिका हो । सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।

तर सेक्स पार्टनरहरु आआफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ । सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।

हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ । पार्टनरको चाहना बुझ्नुहोस् ।

पाक्क्रिडाका विभिन्न तरिका अबलम्बन गर्ने क्रममा आत्मविश्वासी बन्नुहोस् । मुखमैथुन तथा अन्य प्रक्रिया अवलम्बन गर्दा सम्झनुहोस् यसो गर्ने केवल म मात्र छैन । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न सक्नुभएन भने तपाइँको पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढिभन्दा बढि आनन्ददायी बनाउनका लागि विभिन्न तरिका अपनाउनुहोस् र त्यस्ता तरिकामा पार्टनरलाई भरपूर सहभागी बनाउनुहोस् ।
कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्,
वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ ।

यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्नुहोस् र यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाइँको सबैभन्दा ठूलो क्षमता हुन्छ । अझ भन्नुपर्दा सम्भोग अघि नै तपाइँले सेक्सका केही नियम बनाउनुहोस् जसका कारण सेक्सको मातका बेला पनि तपाइँको पार्टनर नबिच्कियोस् र सोही कारण तपाइँहरुबीच असमझदारी सिर्जना भई नराम्रो स्थितिको सिर्जना नहोस् ।

सम्भोगलाई सहज रुपमा लिनुहोस्, कुनै फिल्म वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिको रुपमा आफुलाई ढाल्दै रोमाञ्चित बन्नुहोस् । सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिका उपाय खोज्नुहोस् । सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोगका विधिको प्रयोगका विषयमा पार्टनरसँग पहिले नै खुलस्त कुराकानी गर्नुहोस् । आफुलाई गर्न अप्ठेरो लाग्ने कुराको विषयमा पनि खुलेर भन्नुहोस् ।

थाहा पाई राखौ महिलाले यसरी देखाउछन् यौन इच्छा

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न
कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

1 यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

2 यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
3 महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
4 यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

5 स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

 एजेन्सी
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् । एजेन्सी
- See more at: http://www.newsabhiyan.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%89%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%af%e0%a5%8c/#sthash.530SJTYg.dpuf
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् । एजेन्सी
- See more at: http://www.newsabhiyan.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%89%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%af%e0%a5%8c/#sthash.530SJTYg.dpuf

सेक्स कसरी गर्ने ? अनलाइनबाटै २४ घन्टे नेकेड थेरापी सुरु

न्युयोर्क, एजेन्सी । यौन समस्या समाधानका लागि डोर टु डोर सर्भिस पुरानो भइसक्यो । अब न्युयोर्ककी २८ वर्षे सारा ह्वाइटले अनलाइनबाटै २४ घन्टे अनलाइन नेकेड थेरापी सुरु गरेकी छिन् ।

उनको यो सेवा सेलिब्रेटिहरूले समेत लिइसकेका छन् । उनको सेवाले द्रुत रुपमा चर्चा पाइरहेको छ । उनले दिनमा सयभन्दा बढी मानिसहरुलाई सेक्स थेरापी दिइसकेकी छन् ।

उनी खासमा रजिस्टर्ड मनोवैज्ञानिक भने होइनन् । तर, सेक्सुअल समस्या समाधान गर्न खप्पिस छिन् । यसको लागि भने उनको वेबसाइटमा गएर पैसा तिर्नुपर्ने हुन्छ ।

Wednesday 15 October 2014

यस किसिमका युवतीले गर्छन बढी सेक्स

क्लास ब्रेक गरेर घुम्न जाने, कक्षामा नबस्ने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।

१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ ।
यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो ।  'द जर्नल अफ एडोल्सेन्ट हेल्थ' ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।

यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल ब्रेक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए । पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID