Showing posts with label nita. Show all posts
Showing posts with label nita. Show all posts

Wednesday 15 January 2014

मेरो ओठ र आँखा खुबै सेक्सी : नीता ढुंगाना

चलचित्र ‘छ एकान छ’ ले नायिका नीता ढुंगानालाई चर्चाको शिखरमा पुर्‍याएको छ । अघिल्ला सिनेमाबाट सोचेजस्तो सफलता हात नपारेकी नीता कमेडी बिषयको यो सिनेमाबाट भने राम्रै छलाङ मार्ने दाउँमा छिन् । उनै नायिका नीता ढुंगानासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :
१. दीपकराज गिरीले भनेजस्तै के तपाई सेक्सी नै हो ?
-म सेक्सी छु । मेरो हेराइ सेक्सी छ ।
२. आफ्नो कुन चाहिँ अङ्ग सेक्सी लाग्छ ?
-मेरो ओठ र आँखा खुबै सेक्सी छ ।
३. छ एकान छ का ६ नायक मध्ये मध्ये तपाइको नजरमा कुन असल कलाकार ?
- असल त मेरो लागि दीपकराज गिरी नै हो ।
४. तपाइको नजरमा छ जना मध्ये कुन  हिरो ह्यान्डसम ?
-मेरो नजरमा त शिवहरि पौडेल नै ह्यान्डसम हुनुहुन्छ । उहाँ पर्दामा पनि खुबै राम्रो देखिनु भएको छ ।
५.कमेडी फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो त ?
-अनुभव त धेरै नै फरक रह्यो । यो सिनेमामा काम गर्दा धेरै पटक हाँस्दाहाँस्दै रिसाइयो, रिसाउँदा रिसाउँदै हाँसियो । ४५ दिन कसरी बित्यो पत्तै भएन ।
६. तपाइको व्यवहार बच्चाको जस्तो छ भन्छन्, के यो सही हो ?
-होला म अझै बच्चा छु जस्तै लाग्छ । हुन त यस्तो कुरा मान्छेको हेराइमा भर पर्ने कुरा हो । कोही दाइसँग, कोही अंकल उमेरका मानिसहरुसँग काम गर्दा छ एकान छ मा म बच्चा जस्तै भएको छु ।
७. तपाइले हालै मात्र लिनु भएको फ्ल्याट नीता ढुंगानाको लागि या नायिका नीता ढुंगानाको लागि आवश्यक थियो ?
-पक्कै पनि नायिका नीता ढुंगानाको लागि आवश्यक थियो । नीता मात्र भएको भए त जहाँ जसरी बसेपनि हुन्थ्यो । तर नायिका भएपछि त्यही अनुसार नै बस्नु पर्‍यो हैन र ?
८. सपना कत्तिको देख्नुहुन्छ ?
- धेरै देख्छु ।
९. सपनामा धेरै देख्ने कुरा के हो ?
-म प्रायः सगरमाथा चढेको सपना देख्छु । कहिले पहाड, कहिले हिमाल चढ्छु ।
१०. सपनामा युवकहरुले कत्तिको अंकमाल गरेका छन् त ?
-धेरै आउँछन् सपनामा । कहिलेकाही सलमान खानलाई देख्छु । उसँगै काम गरेको सपना पनि देखेको छु । भोलिका दिनमा उसँग काम गर्छु कि भन्ने पनि लाग्छ ।
११. तपाई एक देखि १० स्थानमध्ये आफूलाई सिने नगरीमा  कुन स्थानमा राख्नु हुन्छ ? तपाई १ नम्बरमा पुग्नु भयो भने कोजस्तो बन्न चाहनुहुन्छ ?
-म कहिलेपनि स्थानमा विश्वास गर्दिनँ । दर्शकको मन जित्ने हो पक्कै पनि सफल भइन्छ । म निरुता सिंहजस्तो तबरले एक नम्बरमा पुग्न चाहन्छु । उहाँले एउटा स्टार भएर पनि स्वभावमा कहिले परिवर्तन गर्नु भएन ।
१२. सिनेमा नगरीमा आएर जोगाउन नसकेको कुरा के होला ?
-मैले सबै कुरा नै जोगाएको छु जस्तो लाग्छ ।
१३. सिने नगरीका सम्भिmने तीन व्यक्तिहरु को को होलान् ?
-नीर शाह, आलोक नेम्वाङ र नायिका अनु शाह
 १४. प्रेम दिवसको तयारी के भैरहेको छ त ?
-सायद कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया जान्छु होला । हाल म एक्लै छु । यसैले पनि कसैसँग डेटमा जान्न ।
१५. के आजसम्म नीता ढुंगानाले प्रेम नै गरिनन् होला त ?
-म त्यस्तो पनि भन्दिन । मैले माया गरेको छु । तर अहिले एक्लो छु मात्र भन्न खोजेको ।
१६. छ एकान छ नखेलेको भए तपाई पछुताउनु हुन्थ्यो ?
-पक्कै पनि म पछुताउँथे । किनकि, यो सिनेमामा सुरुवातदेखि अन्त्यसम्म नीता नै नीता मात्र छ ।
१७. यो सिनेमा चलेको वा नचलेको खण्डमा तपाई कति प्रतिशत जिम्मेवारी लिनुहुन्छ ?
-म चलेपनि शत प्रतिशत र नचलेपनि शत प्रतिशत नै जिम्मेवारी लिन्छु ।
१८. सिनेमा चलेमा तपाइको स्टारडम कहाँ पुग्ला अनि नचलेमा कति तल झर्ला ?
-चल्यो भने पक्कै पनि मैले राम्रै फड्को मार्नेछु । नलचेको खण्डमा म जहाँ छु त्यस्तै रहनेछु ।
\

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID