Sunday 21 December 2014

मृत श्रीमतीको भित्री बस्त्र लगाउने इन्टरनेटमा चर्चित -

 शरीरमा गुलाबी रंगको ब्रा र खुट्टामा अग्लो हिल लगाएर व्यस्त बसमा यात्रा गर्ने एक व्यक्ति इन्टेरनेटमा चर्चित बनेका छन् । चीनको सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै डेली मेलले ती व्यक्तिले लगाएको लुगा आफ्नो देहवसान भएको पत्नीको रहेको उल्लेख गरेको छ ।

 चीनका स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती व्यक्ति चीनको हेनान प्रान्तमा रहेको ग्वान्जाओ सहरमा महिलाले लगाउने पहिरनमा सार्वजनिक यातायातमा यात्रा गरिरहेको भेटिएका थिए । उनले दुई वर्ष अघि मृत्यु भएकी आफ्नो पन्तीसँग ‘नजिक’ रहनका लागि यस्तो गरिएको बताइएको छ ।

 भाइरल बनेको भिडियोमा ती व्यक्तिले सुरुमा प्लास्टिकको झोला बोकिरहेको देख्न सकिन्छ । त्यसपछि ती व्यक्तिले आफूले लगाएको कोट उर्ताछन् र ब्रा लगाउँछन् । त्यसपछि त्यहाँ स्याउ हालेर भर्छन् र अन्त्यमा अग्लो हिल भएको जुत्ता लगाउँछन् ।

 यसरी ब्रामा स्याउ हाल्ने ती व्यक्तिलाई अहिले सबैले ‘अंकल एप्पल’ भनेर चिन्छन् ।

 समाजिक सञ्जालमा पोस्ट भएको १५ घण्टा भित्रनै यसलाई २४ लाखभन्दा बढीले हेरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID