Thursday 11 December 2014

पुजनाको जवानी चकलेटमा यसरि छल्कियो (भिडियो सहित )

काठमाडौं, नायिका पूजना प्रधानले निर्माण गरिरहेको नयाँ फिल्म ‘चकलेट’को एउटा गीतको राजधानीमा शनिबार छायाँकन गरिएको छ । निर्मल शर्मा ‘गैडा’ले यो फिल्मको निर्देशन गरिरहेका छन । यो फिल्म पूजना फिल्मस्को ब्यानरमा निर्माण भैरहेको छ भने यस फिल्म ‘चकलेट’लाइ खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गर्दैछन । सडक बालबालिकाहरुको कथामाथि आधारित रहेर यो फिल्मको निर्माण गरिएको छ । यस फिल्ममा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराइ तथा सुमन गैरेले प्रमुख भूमिकामा अभिनय गरिरहेका छन । यस फिल्ममा अन्य सात जना बालबालिकाहरू शीर्ष भूमिकामा रहेका छन । यस फिल्मको नाम चकलेट राख्नुमा बालबालिकालाइ मनपर्ने कुरा चकलेट भएकाले फिल्मको नाम ‘चकलेट’ राखिएको फिल्मकी निर्मात्री तथा नायिका पूजनाले बताएकी छन । यस फिल्मको छायाँकन आगामी दशैं अगाबै सक्ने तयारीमा निर्माण युनिट लागेको छ । यस फिल्मको नयाँ छायाकन भएको गीतको भिडियो हेर्नुहोस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID