Saturday 27 December 2014

बिल गेट्सको सम्पत्ति दिनमा १० लाख खर्चिए पनि सकिन २ सय वर्ष लाग्ने !

 १२ पुस– विश्वका सबैभन्दा धनीका रुपमा रहेका बिल गेट्सको सम्पत्ति अहिले ८१ अर्ब ७० करोड डलर छ । उनले मेक्सीकोका कार्लाेस स्लिमलाई तेस्रो स्थानमा धकेलेर सबैभन्दा धनीका रुपमा स्थापित भएका हुन् ।
अक्सफामको ‘इन इक्युलिटी’ प्रतिवेदन तयार गर्दा गरिएको अध्ययनले ८० अर्ब डलर सम्पत्ति भएका धनी गेट्सले दिनमा १० लाख खर्च गरे पनि सबै सम्पत्ति सक्न दुई सय २० वर्ष लाग्ने देखाएको छ ।
गेट्स लगातार १५ वर्ष विश्वका धनीमा दरिए पनि बितेको दुई वर्षयता उनी दोस्रो स्थानमा रहँदै आएका थिए । फेरी सन् २०१४ मा सबैभन्दा धनी कार्लाेस स्लिमलाई उछिन्दै उनी एक नम्बरमा उक्लेका हुन् ।
कान्तिपुर दैनिकबाट

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID