Thursday 4 December 2014

१९ वर्षको उमेरमा मलाई बलात्कार गरियोः लेडी गागा

(एजेन्सी) - आफ्ना विभिन्न हर्कतले मिडियामा छाइरहने चर्चित गायिका, गीतकार र नायिका लेडी गागाको चर्चा फेरि एकपटक चुलिएको छ । आफूभन्दा २० वर्ष बढि उमेरका व्यक्तिले आफूलाई १९ वर्षको उमेरमा बलात्कार गरेको बताएपछि उनी अझ बढि चर्चित भएकी छिन् ।
हवार्ड स्टर्नस् रेडियो सो मा उक्त बारेमा बोल्दै गागाले घटनाबाट बाहिर निस्कनका लागि आफूले थेरापी नै गर्नुपरेको बताएकी छिन् । जब उनलाई बलात्कारको बारेमा प्रश्न गरियो तब उनले भनिन्, ‘नाइँ… म यो विषयमा कुरा गर्न चाहन्न । अहिले सबै कुराहरु राम्रै चलिरहेको छ त्यसकारण राम्रो विषयमा नै कुरा केन्द्रित गरौँ । ’
उनले आफ्नो नयाँ गीत ‘स्वाइन’ को अर्थ बताउँदै भनिन्, ‘मसँग निकै डरलाग्दा घटनाहरु घटित भएका छन् जसको बारेमा म अहिले सोच्दा हाँस्ने गर्दछु किनभने त्यतिबेला मैले निकै शारिरिक र मानसिक यातना खप्नुपरेको थियो र त्यसबाट बाहिर निस्कनका लागि मलाई वर्षौ लागेको थियो ।’
गागाले अझ थप्दै भनिन्, ‘एउटा यस्तो समय थियो जब म ‘म’ थिइनँ । इमान्दारीतापूर्वक भन्ने हो भने मेरो उमेर १९ वर्ष मात्र थियो । म क्याथोलिक स्कुलमा जाँदा यस्तो घटना भएको हो । म निकै सोझी थिएँ । मलाई लाग्यो कि, के ठूला व्यक्तिहरु सधैँ यस्तै प्रकारले व्यवहार गर्छन् ? ’
बलात्कारीलाई कहिले त्यसपछि भेट्नु भएको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई लाग्छ, उक्त घटनाले मलाई डराउनेछ । मलाई मेरो हात–खुट्टा पक्षघात भएको जस्तो महसुस हुनेछ । मैले एकपटक उनलाई स्टोरमा देखेकी थिएँ । म डरका कारण कतै हलचल गर्न सकेको थिइनँ ।’
यद्यपी गागाले आफूलाई बलात्कार गर्ने व्यक्तिको नाम बताएकी छैनन् तर गायिका केशाका वकिलले रेकर्ड प्रोड्युसर डाक्टर ल्यूकले गागालाई बलात्कार गरेको दाबी गरेका छन् । केशाले पनि डा.ल्यूकमाथि शारिरिक शोषणको आरोप लगाएकी छिन् । तर लेडी गागाका प्रवक्ताले भने यो कुरा अस्विकार गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID