Tuesday 9 December 2014

सिंहको मुखबाट बाँच्न सफलः एक युवकलाई खेलौनाजस्तै खेलेपछि छोडिदियो सिंहले (भिडियो सहित)

बार्सिलोना चिडियाखानामा सिंहलाई घेरेर राखेको ठाउँमा हाम फालेका एक व्यक्ति तीनवटा सिंहको आक्रमणपश्चात सख्त घाइते भएका छन् । घाइते उनी बाँच्न भने सफल भएका छन् ।
सैनिक ड्रेस लगाएका ती व्यक्ति त्यहाँ बारिएको रेलिङ चढेर सिंह भएको ठाउँमा पुगेका थिए । त्यहाँ पुगेलगत्तै उनलाई एउटा सिंहले त्यहाँबाट टिपेर खाल्डोमा फालेको थियो । अर्को उनको ब्याग लिएर दौडन सुरु गर्यो भने तेस्रोले ती व्यक्तिलाई घिसारेर सुरुङमा लगेको थियो । सिंहले ती व्यक्तिलाई खेलौनाको रुपमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ती सिंहहरुले उनलाई करिब आधा घण्टासम्म ओल्टाई पल्टाई गरेर खेलिरहेको बताइएको छ । पछि सिंहहरुमाथि पानीको फोहोर फ्ँयाक्दै ती मानिसको ज्यान बचाइएको थियो । उनी त्यहाँ कुन उद्देश्यले पुगे भन्ने कुरा यकिन हुन भने सकेको छैन ।

४५ वर्षीय ती व्यक्तिलाई सिंहले टोकेको र कोपरेको दागसहित उद्दार गरिएको थियो । तत्पश्चात उनलाई उपचारको लागि भाल डि हेब्रोन अस्पतालमा पुर्याइएको थियो । उनी अहिले खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID