Saturday 27 December 2014

मरेकी महिला प्रेमीको साथमा रोमान्स गर्दै गरेको भेटिइन

 भारतमा एक यस्ती महिला भेटिएकी छन जो पुलिस रेकर्डमा मरिसकेकी छन । पुलिस रेकर्डमा उनको हत्या उनकै ससुराले गरेको बताइएको छ । उनका हत्या आरोपमा उनका ससुरा भने अहिले पनि जेलमा सजाय काटिरहेका छन ।

दिल्ली पुलिसका एसीपी संदीप लामाको कमाण्डमा खटिएको विशेष टीमले यो कुराको खुलासा गरेको हो । जुन महिलाको हत्यामा उनका ससुरा जेल सजाय काटिरहेका छन, वास्तविक जीवनमा भने उनी जिउँदै भएको बताइएको छ ।

उनी जिउँदै मात्र नभई आफ्नो प्रेमीसँग रोमान्स गरिरहेकी छन । ती महिला र उनका प्रेमी दुबै विहार घर भएका हुन र पुलिसले दुबैलाई विहार पुलिसको जिम्मा लगाएको भारतीय मेडियाले जनाएका छन ।

पुलिसले जुन महिलालाई हिरासतमा लिएको छ उनी चार बच्चाका आमा रहेको बताएको छ । उनको २००६ मा शेख जलालसँग विवाह भएको र उनीबाट नै चार बच्चा भएको प्रहरीले जनाएको छ ।

यसपछि भने उनको एक युवकसँग भेट भयो र दुबै प्रेममा परे । अनि दुबै जना भागेर दिल्ली गए र उता ती महिलाका बाबुले उनका ससुरालाई दाइजो हत्याको आरोप लगाएर पुलिसले गिरफ्तार गरी हिरासतमा बन्द गर्यो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID