Wednesday 24 December 2014

‘पेट पाल्न यौन व्यवसाय गरिरहेका छौँ’

धनगढी । मुलुकमा कैयौं महिलाहरु आय आर्जन तथा जिविकोपार्जनकै लागि यौन व्यवसाय गर्दै आएका छन् । कतिपयले लुकिछिपी यौन व्यवसाय गरेका छन् भने कतिपयले आफूहरु यौन व्यवसायमा लागिरहेको बताउन पछि हट्दैनन् । यसै क्रममा धनगढीमा बादी समुदायहरु एकजुट भई आफूहरु बाध्यताले गर्दा यौन व्यवसायमा लागेको भन्दै जिविकोपार्जनका लागि प्याकेज ल्याइदिन

आफूहरुले लिएका बाबुबेगरका सन्तानलाई यस पेशामा संलग्न हुन नपरोस् भन्दै उनीहरुले आफूहरु यो पेशामा लागेर पनि सन्तानलाई शिक्षा दिइरहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्यले आफूहरुलाई केही पनि गर्न नसकेको उनीहरुले गुनासो गरे । यसअघि बादी समुदायसँग भएका सहमतिहरु तुरुन्त कार्यन्वयन गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । आफ्ना छोराछोरीहरुलाई छिमेकीहरुले बाबुबिनाको केटा÷केटी भनेर जिस्काउने गरेको भन्दै कार्यक्रममै केही वादी महिलाहरुले आँशु चुहाए ।
कार्यक्रममा कैलालीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्साल, जिशिअ गणेशबहादुर सिंह, प्रहरी उपरिक्षक विक्रम चन्दले वादीका समस्याप्रति सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
सरकारसँग माग गरेका छन् ।  संचारिका समूहले बुधवार गरेको कार्यक्रममा बोल्दै बादी महिलाहरुले आफूहरु रहरले नभई कहरले यस पेशामा लागेको उल्लेख गरे ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID