Saturday 20 December 2014

आठ छोराछोरीको हत्या अभियोगमा आमा पक्राउ

 २०७१ पौष ५ शनिबार, अस्ट्रेलिया : अस्ट्रेलियाको उत्तरी नगर केन्र्समा आफ्ना सात सन्तानका साथै आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमालाई फक्राउ गरेको छ । यो अपराधपछि शोकाकुल यस नगरमा सुरक्षा व्यवस्था सतर्क राखिएको छ । अधिकारीहरुले यी बालबालिकाको मृत्युका कारणबारे जानकारी दिएका छैनन् । मारिएकामा साना बालकदेखि बाह्रवर्ष नाघेका नवयुवा पनि परेको बताइएको छ । शुक्रबार बिहान ती शव फेला परेको घरमै छुरी पनि फेला परेको बताइएको छ । उक्त हत्यामा संलग्न भनिएकी ३७ वर्षीया एक आमालाई राती पक्राउ गरिएको हे । हाल उनलाई केन्र्स बेस अस्पतालमा प्रहरीको सुरक्षामा राखिएको जानकारी गुप्तचर प्रहरी निरीक्षक ब्रुनो एस्निकरले दिए । अपराधस्थल नजिकै खेलौना भालु तथा फूलका गुच्छा राखिएको बताइएको छ । साथै केन्र्समा यस विषयमा चर्चमा प्रार्थनासभा गरिएको बताइएको छ । प्रहरीले यस विषयमा टोरेस स्ट्रेट आइल्यान्डर समुदायसँग मिलेर काम गरिरहेको जानकारी दिएको छ । मृतक परिवार सोही समुदायसँग सम्बन्धित रहेको बताइएको छ । प्रहरीले दुई, ११, १२ र १४ वर्षका चार बालिका तथा पाँच, छ, आठ तथा नौँ वर्षका चार बालकको मृत्युभएको पुष्टि गरेको छ । प्रहरीले यी पारिवारिक संस्कृतिको कारण यी बालबालिकाको नाम उल्लेख गर्न नसकिने बताए । यहाँका केही आदिवासी संस्कृतिमा मृतकको नाम भन्नु निजप्रति असम्मान जनाउनु जस्तै हुने ठानिन्छ । पक्राउ परेकी महिला सात बालबालिकाकी आमा तथा १४ वर्षीया बालिकाकी काकी भएको बताइएको छ । क्विन्स्ल्यान्ड प्रहरीले हाल उनीमाथि अभियोग नलगाइएको तर उनले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेको जानकारी दिएको छ । यी महिलाको अवस्था स्थिर भएको र उनको रेखदेख भएको बताइएको छ । यी महिलाको शरीरको माथिल्लो भागमा काटिएको चोट रहेको बताइएको छ । यो चोट यी महिला आफैँले लगाएको वा अन्य कसैले लगाएको भन्ने विषयमा बताइएको छैन । यी बालबालिकाको हत्याले अस्ट्रेलियालाई स्तब्ध बनाएको छ । यसअघि सिड्नको मध्यभागमा एक क्याफेमा यसै साता एक नाटकीय बन्धक प्रकरणमा दुई बन्धक तथा एक बन्दुकधारीको मृन्यु भएको थियो । यसका कारण मुलुकभर भावनात्मक अभिव्यक्ति बाहिर आएका थिए । घटनास्थलनजिकै रहेको फूलबारीमा यी बालबालिकाको स्मारकस्थल बनाइएको छ । यहाँ बीसौँ व्यक्तिले फूलको गुच्छा, मैनबती तथा खेलौलासहित उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । टोरेस सायर काउन्सिलका मेयरल पेद्रो स्टेफेनले सम्पूर्ण क्षेत्रले नै शोक मनाएको बताए । सहायक कार्यबाहक प्रहरी आयुक्त पल टेलरले यस घटनाबाट सबै स्तब्ध हुने बताए । क्विन्सल्यान्डका राज्यमन्त्री टिम निकोल्सले प्रहरीले हालसम्म घटनाको उद्देश्य बारे जानकारी नदिएको बताए । यी आमाका २० वर्षे छोरा शुक्रबार बिहान मानुराको बाहिरी भागमा रहेको केन्र्सस्थित घरमा आइपुग्दा ती बालबालिकाको शव फेला पारेका थिए । यी आमाले बिहीबार राती चिच्याउँदै भगवानसँग माफी मागिरहेको सुनिएको बताइएको छ । बिहीबार सोही घरमा आफ्नी मित्रसँग रहेकी १३ वर्षीया एक बालिकाले आफूले ती आमासँग भेट गरेको र उनले आफूलाई ट्याक्सीबाट घर फर्कन पैसा दिएको बताइन् । उनले यी महिलाले आफूलाई भगवानका विषयमा कुराहरु बताएको जानकारी दिइन्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID