Sunday 21 December 2014

यस्ती छिन् रुसी राष्ट्रपतिकी नयाँ प्रेमिका: फोटोफिचर

 एजेन्सी । संसारका एक नम्बर शक्तिशाली व्यक्ति रसियन राष्ट्रपति भ्लादिमिर पुटिन प्रेम गर्न पनि सिपालु देखिएका छन् । पूर्वप्रेमिका ल्युडमिलासँग सन् २०१३ मा सम्बन्धविच्छेद गरेका ६२ वर्षीया पुटिनले नयाँ प्रेमिकासँग ‘डेटिङ’ सुरु गरेका छन् ।

मेल अनलाइनले जनाएअनुसार ल्युडमिलासँगको प्रेम प्रसंग सेलाउन नपाउदै पुटिन रसियन जिम्न्याष्टिक खेलाडी ‘एलिना कावेभा’को प्रेम चक्करमा फसेका छन् ।राष्ट्रिय ओलम्पिक टिमको बैठकमा पुटिनले एलिनालाई पछ्याएका हुन् ।
सन् १९८३ मा विवाह बन्धनमा बाँधिएका पुटिनका दुई छोरी छन् । रसियामा सम्बन्धविच्छेदलाई सामान्य मानिदै आएको छ । युनिसेफले बताएअनुसार रसियामा वार्षिक ७ – ८ लाख जोडीले सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID