Saturday 20 December 2014

प्रम कोईरालालाई धम्की, ४८ घण्टा भित्र नेपालमा जे पनि हुन सक्ने भन्ने यि को हुन् ? भिडियो सहित

काठमाडौं । पाकिस्तानमा नै विवादित बनेको धार्मिक संस्था कल्की अवतार फाउन्डेसनका प्रमुख युनुस अलगोहरले प्रधानमन्त्री सुशिल कोईरालालाई धम्की दिएका छन् । आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका ५ सदस्यलाई युएनएचसिआरका नेपालस्थित अधिकारीलाई सम्पर्क गराउन उनले चेतावनी पुर्ण भाषामा बोलेको भिडियो युटेबमा सार्वजनिक गरेका छन् । प्रहरी हिरासतमा रहेका आफ्ना ५ सदस्य युएनएचसिआर प्रतिनिधिलाई बुझाउन नेपालका प्रधानमन्त्रीलाई ४८ घन्टे अल्टिमेटम दिएका छन् ।

युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको करिब ३३ मिनेटको लामो भिडियोमा उनले प्रधानमन्त्री कोइरालालाई सम्बोधन गर्दै आफ्ना मान्छेलाई क्षति गर्ने यो पृथ्वीमा कसैसँग क्षमता नभएको बताएका छन् । उनले ४८ घण्टाभित्र नछोडेमा नेपालमा जे पनि हुन सक्ने भन्दै कडा शब्दमा नेपालका सरकार प्रमुखका नाममा कडा शब्दमा धम्की दिएका छन् ।

अँग्रेजीमा कोइरालाई सम्बोधन गरीएको भिडियोमा संस्थाका सदस्य दुई वर्षदेखि नेपालमा बसेको जनाउँदै उनले कार्यालय नै सञ्चालनमा ल्याएकाले उनीहरू आतंकवादी गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन् । उनले आफ्ना संस्थाको सदस्यलाई पक्राउ गर्नु संयुक्त राष्ट्रसंघीय बडापत्र र लोकतन्त्रविरोधी गतिविधि भएको दाबी गर्दै नेपालका प्रधानमन्त्रीलाई ती विषयमा जानकारी नभए आफूसँग पढ्न आउनसमेत चेतावनी दिएका छन् ।
 अलगोहरले नेपालको प्रहरीले बच्चाजस्तो व्यवहार गरेर कल्कीका समर्थकलाई आतंकवादीको आरोप लगाएको भिडियोमा भनेका छन् । प्रहरीले कल्की अवतार फाउन्डेसनबारे गलत सूचना दिएको आरोपमा सूचनादाता रोशन भारतीलाई समेत पक्राउ गरेर साइबरक्राइमअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

कल्की अवतार फाउन्डेसनका नाममा आतंकवादी योजना बनाएको र उनीहरूको सम्पर्क अलकायदासँग समेत रहेको सूचनाका आधारमा प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर २० मा कपुरधारास्थित फाउन्डेसनको कार्यालयमा छापा मारेर पाकिस्तानी, भारतीय र नेपाली गरी २० जनालाई पक्राउ गरेको थियो । नेपाली र भारतीय नागरिक रिहा भए पनि ५ पाकिस्तानी नागरिक भने अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID