Monday 15 December 2014

ब्लु फिल्ममा आमा–छोरी सँगै, बाबु–छोरा पार्ट्नरको खोजी

 इतिहासमै पहिलोचोटि एकजोडी साक्खै आमा–छोरी ब्लु फिल्ममा सँगै देखिने भएका छन् । उनीहरू आफैँले बनाउन लागेको फिल्मका लागि साक्खै बाबु–छोराको खोजीमा छन् अहिले ।
अमेरिकाको फ्लोरिडामा बस्ने आमा जेसिका सेक्सटन (५६) र छोरी मोनिका (२२) ले यसरी इतिहास रच्न खोजेका हुन् । आफ्नो फिल्मका लागि उपयुक्त बाबु–छोरा चयन गर्न उनीहरू अचेल अडिसन लिइरहेका छन् । पोर्न फिल्मको इतिहासमा अहिलेसम्म यस्तो नभएको दाबी गरिन्छ, जसमा एकै परिवारका सदस्यले सँगै काम गरेका हुन्छन् ।
आमा जेसिका र छोरी मोनिकाले मिलेर डेढ वर्षयता एउटा पोर्नसाइट चलाइरहेका छन् । सो साइटमा उनीहरू सानो–सानो अश्लील भिडियो अपलोड गर्ने गर्छन् । कतिपय भिडियोमा आमा–छोरी दुवै देखिन्छन् । अब भने उनीहरू ब्लु फिल्म नै बनाउने निर्णयमा पुगेका छन् । चाहेकोजस्तो साक्खै बाबु–छोराको खोजीमा उनीहरू देशभर अडिसन लिइरहेका छन् । उनीहरूको अडिसन फादर्स डे (१६ जुन) सम्म चल्नेछ ।
यी आमा–छोरीले फिल्ममा आफूहरूसँगै काम गर्न चाहने बाबु–छोरालाई अडिसनमा सामेल हुन आह्वान गरेका छन् । उनीहरूले भनेका छन्, ‘हामीले खोजेजस्तो पार्टनर (बाबु–छोरा) नभेटिएसम्म अडिसन
जारी राख्नेछौँ ।’
आफू र छोरीले अहिलेसम्म साक्खै बाबुछोरासँग रियल र रिल दुवैमा रोमान्स गर्न नपाएको गुनासो गर्छिन्, आमा जेसिका । ‘यद्यपि, एकचोटि हामी आमा–छोरीले करिब दुई वर्षसम्म दुई साक्खै दाजुभाइसँग मोज गर्‍यौँ,’ जेसिका भन्छिन्, ‘ती दाजु–भाइ मोनिकाका उमेरका थिए । मोराहरू, मभन्दा बढी
छोरीसँग लहसिन्थे ।’
छोरी मोनिकाले फिल्मको एउटा सिन आफ्नो दिमागमा कुँदिसकेकी छिन् । ‘फिल्मको कथामा यदि पहिला छोरा र छोरी भेटिए भने छोराले आफ्नो बाबुलाई ‘बुबा मेरी गलफ्रेन्डकी आमा निकै हट छिन्’ भन्नेछ । यदि पहिला आमा र बाबुको चिनजान भएमा उनीहरूले छोरा–छोरीलाई एकअर्कासित संसर्गका लागि प्रेरित गर्नेछन् ।’
आमा–छोरीले यही फिल्मका लागि केही दिनअघि एकजोडी बाबुछोरासित केही सिन खिचाएका थिए । तर, ती सिन उनीहरूलाई त्यति चित्त बुझेन । छोराको तुलनामा बाबुको अनुहार साह्रै कालो र कुरूप भएकाले दर्शकले नपत्याउलान् भन्ने उनीहरूलाई लाग्यो । त्यसपछि उनीहरूले अडिसनमार्फत बाबु–छोरा खोज्ने योजना बुने । आफूहरूसँग पोर्न फिल्म खेल्नका लागि उनीहरूले विविध क्राइटेरिया तोकेका छन् । जसअनुसार फिल्म सुटिङ गर्नुअघि बाबु–छोराको स्वास्थ्य परीक्षण गरिनेछ । त्यसमा छोराको कानुनी उमेर तथा उनीहरूमा यौनसम्बन्धी कुनै रोग छ कि छैन, त्यसको परीक्षण गरिनेछ ।
‘यस्तै रूपरंगका बाबु–छोरा चाहिन्छ भन्ने कुरा तोकेका छैनौँ,’ आमा भन्छिन्, ‘तर ती बाबु–छोरा मोटा भने हुनुहुँदैन ।’
छोरी जेसिका भन्छिन्, ‘बाबु–छोरा नै सेक्सको मामिलामा ओपन माइन्डेड हुन अत्यावश्यक छ ।’
आमा भन्छिन्, ‘बाबु यतिसम्म ओपन माइन्डेड हुनु जरुरी छ कि उसले आफ्नो छोराको अगाडि सेक्स गर्दा लाज, धक नमानोस् ।’ छोरी मोनिका छोरामा पनि त्यो गुण खोज्छिन्, जो आफ्ना बाबुको अगाडि आफूलाई सेक्स गर्दा लाज कुनै अप्ठ्यारो नमानोस् । आमा जेसिका टाउकोबाहेक शरीरका कुनै भागमा पनि रौँ नभएको मर्द मन पराउँछिन् । यतिसम्म कि उनी हातपाखुरामा समेत रौँ नभएको बाबु चाहन्छिन् ।
पोर्न फिल्ममा परिवारजस्तो देखाइनु सामान्यजस्तै भइसकेको छ । तर, साँच्चिकै एकै परिवारका सदस्य एउटै फिल्ममा देखिनु भनेको उदेकलाग्दो कुरा हो । यसअघि सन् १९९८ मा थ्री ब्रदर्स नामक पोर्न फिल्म बनेको थियो, जसमा एकै पेटबाट जन्मिएका तीन भाइ बिन्स, सेन र हेल रोकल्याडले काम गरेका थिए । तर, फिल्ममा उनीहरूले सँगै, एकै युवतीलाई सेक्स भने गरेका थिएनन् । तीन भाइ फरक–फरक युवतीका साथ थिए । तिम्ल्याहा केली, मेरी र चेरिसले सन् २००४ मा बनेको एउटा पोर्न फिल्ममा सँगै काम गरेका थिए । तर, उनीहरूले एक–अर्कालाई छोएकासम्म पनि थिएनन् । २००८ मा पोर्न स्टार एली फक्सले आफ्नी आमाका साथ बनाएको एउटा पोर्न फिल्ममा एउटा यौन दृश्य दिएकी थिइन् । तर, सो दृश्यमा उनी आमाभन्दा दश फिट परै थिइन् ।
एडल्ट फिल्म उद्योगका इतिहासकार बिल मेरगोल्ड आफूले अहिलेसम्म बाबु–छोरा एउटै पोर्न फिल्ममा काम गरेको कहीँ नसुनेको बताउँछन् । उनका अनुसार अहिलेसम्म पोर्न फिल्ममा सँगै काम गर्ने सबैभन्दा नजिकका नातेदार काका–भतिजा हुन् । आमा–छोरीले फिल्मका लागि बाबु–छोरा खोजेको कुरा सुन्दा आफूलाई अचम्म लागेको उनको भनाइ छ ।
ब्लु फिल्ममा पोर्न अभिनेत्रीको
पारिश्रमिक निकै हुने गर्छ । पोर्न अभिनेताको दाँजोमा उनीहरूले निकै बढी रकम पाउने गर्छन् । त्यसकारण पोर्न अभिनेत्री र पोर्न अभिनेताबीच कुनै तुलना हुन सक्दैन । सामान्यत: एउटा पोर्न दृश्य दिएबापत निर्माताले पोर्न अभिनेत्रीलाई ६ सयदेखि एक हजार डलरसम्म तिर्ने गर्छन् । तर, पोर्न अभिनेताले भने त्यही दृश्यमा काम गरेको एक सय ५० डलरमै चित्त बुझाउनुपर्छ ।
पोर्नकर्मी आमा–छोरी जेसिका र मोनिका पनि अहिलेसम्म कुनै पनि पोर्न भिडियोमा एक–अर्कासँगै, एकै समय र एउटै पार्टनरसँग सेक्स नगरेको दाबी गर्छन् । अमेरिकी पोर्न उद्योगमा यस्तो गर्नु गैरकानुनी मानिन्छ । उनीहरूको फिल्ममा पनि बाबु–छोराले एक–अर्कासँगै सेक्स गर्नेछैनन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID