Wednesday 17 December 2014

काबुलमा भयो ब्रुस लीको पुर्नजन्म

 झट्ट हेर्दा उनी मार्सल आटर्सका चर्चित ब्रुस लि जस्तै देखिन्छन् । अबुलफाजी अब्बास शाकुरीको ब्रुसलीसँगको समानता यतिमा मात्र सिमित छैन, उनी लगभग ब्रुस लि जस्तै मार्सल आर्टसका कलाहरु पनि बढो सटिक ढंगले प्रस्तुत गर्न सक्छन् । शाकुरी यतिबेला इन्टेरनेटमा सेलिब्रेटी जस्तै बनेका छन् । समाजिक सञ्जालमा आफ्नो स्टन्टहरु राखेपछि त्यसलाई हेर्ने र फलो गर्ने अहिले हजारौंको संख्यामा मानिसहरु रहेका छन् ।

२० वर्षीय अफगानिस्तानको काबुलका यी वासिन्दाले आफूलाई ‘ब्रुस हजारा’ भनेर चिनाउँछन् । उनी सानै उमेरदेखि विभिन्न प्रकारका मार्सल आर्टसहरु सिक्दै आइरहेका छन् । जहिले पनि ब्रुस लिलाई आफ्नो हिरो मान्दै आएका उनले ब्रुस लीका ‘मुभ्स’ हरुलाई सिक्नुनै आफ्नो एक मात्र सपना रहेको बताउँछन् ।

यो सपना पूरा गर्न शाकुरीले अहिले उसु पनि सिक्न थालेका छन् । भाग्यको साथ पनि छ उनलाई, त्यही भएर उनको अनुहार चीनका चर्चित अभिनेतासँग मिल्छ । अझ ब्रुस लीले जस्तै कपाल काटेपछि त उनी नक्कली हुन् भनेर छुट्याउनै गाह्रो हुन्छ । उनी पहिरन पनि ब्रुस लीले जस्तै लगाउँछन् र हरेक हाउभाउ पनि नक्कल गर्छन् ।

ब्रुस लि जस्तै मार्सल आर्टस सिक्न त्यति सजिलो भने थिएन । यसका लागि उनले वर्षौं प्रशिक्षण गरेका छन् । ब्रुस लीको बारेमा हरेक कुरा जान्न उनी ब्रुस लीबारे हरेक चलचित्र र किताबहरु पढ्छन् । यही मिहिनेतको फलले गर्दा आज उनलाई धेरैले ब्रुस लीको अर्को अवतार भनेर भनने गरेका छन् ।

हालै काबुलमा गरिएको वुसु प्रतियोगितामा उनी आफ्नो समूहमा सबैभन्दा उत्कृष्ट ठहर भएका थिए । ‘म खेलाडी बन्न चाहन्छु र अफगानिस्तानको लागि च्याम्पियन बन्न चाहन्छु,’ उनी भन्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID