Sunday 23 November 2014

होटलमा भेट्न बोलाएको महिला फेसबुक मित्र आफ्नै श्रीमती परेपछि….

 फेसबुक लगायतका सामाजिक संजालले समाजमा धेरै सकारात्मक प्रभावहरु पारेका छन् । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोगलाई धेरैले सकारात्मक प्रयोजनका लागि उपयोग गरेका छन् । तर, यसलाई गलत तरिकाले प्रयोग गर्नेहरुको संख्या पनि कम छैन ।
त्यस्तो समूह विश्वको सबै स्थानमा छ । कुवेतमा फेसबुकको प्रयोगले यस्तै एउटा रोचक घटना भएको छ। कुवेत निवासी एक व्यक्तिले युवतीको फ्रेण्ड रिक्वेस्ट आउने बित्तिकै हत्त न पत्त स्वीकार गरे । दुवैबीच लामो कुराकानी पनि भयो। कुरा हुँदाहुँदा होटलमा भेट्न तहसम्म पनि पुग्यो ।
उनीहरु दुवै जना निकै खुस थिए । युवक बढी नै खुसी थियो । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।
तर, कथा अलि फरक थियो । उनकी श्रीमतीलाई शंका थियो कि उनका श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहन्छन् ।त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे ।
तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्। एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID