Wednesday 19 November 2014

मोबाइल माग्दा तीन वर्षीय बालकको गुप्ताङ्ग काटियो

(एजेन्सी)  अहिलेको युग प्रविधिको युग भएको कारणले पनि हुनसक्छ, बच्चाहरु निकै सानो उमेरदेखि नै ल्यापटप, ट्याबलेटजस्ता उच्च प्रविधियुक्त सामग्रीहरु निकै सहज रुपमा चलाउने गर्दछन् । साधारण परिवारको बच्चाले पनि मोबाइलमा गेम खेल्नु सामान्य भइसकेको छ । आफ्नो आमा–बुवा, दाजु, भाइ, हजुरबुवा, हजुरआमा, जसले मोबाइल चलाइरहेका छन्, उनीहरुसँग मोबाइल मागेर गेम खेल्न बालकहरु पछि पर्दैनन् । मोबाइल नदिँदा उनीहरुले रोएर दुखसमेत दिने गर्दछन् । तर, भर्खरै एउटा यस्तो घटना सार्वजनिक भएको छ जसमा एउटा बच्चाले आफ्नी आन्टीसँग मोबाइल माग्दा आफ्नो गुप्ताङ्ग नै गुमाउनु परेको छ ।

 एक अंग्रेजी वेभसाइटका अनुसार, बच्चाको आमा जब घरमा फर्किन् तब त्यहाँको दृश्य देखेर भावविह्वल भइन् । ती बालकको रगत निकै बगेका कारण बेहोस भइसकेका थिए । उनले तत्काल छोरालाई अस्पताल पुर्याइन् जहाँ डाक्टरहरुले उनको गुप्ताङ्ग जोडिदिए र ठूलो अस्पतालमा भर्ना गर्नका लागि बेइजिङ रिफर गरिदिए । अस्पतालका प्रवक्ताका अनुसार चक्कु धेरै धारिलो नभएका कारण गुप्ताङ्गलाई दोस्रोपटक जोड्न सफल भएको बताए ।

 अहिले ती बालकको उपचार चलिरहेको छ । अहिलेसम्म उनको तीन पटक सफल शल्यक्रिया भइसकेको छ । उनी अघिल्लो तीन महिनासम्म पूरै स्वस्थ हुने आशा गरिएको छ । पुलिसका अनुसार आरोपी महिला पक्राउ परिसकेकी छिन् । उनले आफ्नो आरोप पनि स्विकार गरिसकेकी छिन् । यसका लागि उनलाई पाँच वर्षको लागि जेल सजायँ सुनाइएको छ ।
यो घटना मध्य चीनको एउटा शहरमा भएको हो जहाँ शु पान नामकी ३७ वर्षीय महिलाले बच्चामाथि त्यतिबेला हमला गरिन् जब उनकी आमा घरभन्दा बाहिर छिमेकीकोमा गएकी थिइन् । पुलिसका अनुसार शु ट्वाइलेटमा बसेर आफ्नो प्रेमीलाई मेसेज गरिरहेकी थिइन् त्यतिबेला नै तीन वर्षका बालक उनको अगाडि आएर उनीसँग गेम खेल्नका लागि मोबाइल माग्न थाले । मोबाइल दिनु सट्टा उनी रिसाउँदै किचनमा गइन् र त्यहाँबाट चक्कु ल्याएर ती बालकको गुप्ताङ्ग नै काटिदिइन् । घटनालगत्तै घाइते बच्चालाई त्यहि छोडेर शु त्यहाँबाट भागिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID