Saturday 29 November 2014

अन्तरजातीय विहे गर्ने जोडीको केटी पक्षद्वारा घाटि रेटेर हत्या

भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा परिवारको सहमति बिना बिहे गर्ने एक जोडीको  घाँटी रेटेर हत्या भएको छ। फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए। दानसिताको परिवारलाई बिहेलाई स्वीकार गरेका थिएनन। शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरु अलग अलग बस्नु पर्ने उर्दी जारी गरेको थियो।

प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले शनिबार बिहान सोनुको आँगनमै उनको घाटी रेटेर हत्या गरेका थिए। आवाज सुनेर बाहिर निस्केकी दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID