Thursday 6 November 2014

अब पैसा कमाउन ठुलो काम गरि रहनु नपर्ने, लामखुट्टे पकड्नु होस् पैसै पैसा !!!

सरकारले आतंककारी घोषणा गरेका मानिसहरुको टाउकाको मूल्य तोकेको कुरा त हामीले सुनेकै हौँ । तर के तपाइँले कुनै सरकारले लामखुट्टेको टाउकाको मूल्य तोकेको कुरा सुन्नु भएको छ ? छैन होला । तर ताइवान सरकारले भने कसैले नसुनेको तथा नगरेको यस्तै काम गरेको छ ।

ताइवानको दक्षिणी सहर काओसिउङको स्वास्थ्य विभागले लामखुट्टे पक्रिने प्रतियोगिता आयोजना गर्दै पुरस्कारको समेत घोषणा गरेको छ ।

लामखुट्टेका कारण हुने डेंगु रोगले नराम्ररी प्रभावित उक्त सहरमा दैनिक २ सय जना डेंगुका नयाँ रोगी फेला पर्ने गरेका छन् । त्यसकारण डेंगु फैलाउने लामखुट्टे निर्मूल पार्न नगर सरकारले लामखुट्टे मार्ने वा पक्रिने प्रतियोगिता नै आयोजना गर्यो ।

यस अन्तरगत सहरका बासिन्दालाई बढि भन्दा बढि लामखुट्टे मार्न वा पक्रिन आग्रह गरिएको छ । लामखुट्टेलाई जिउँदै पक्रिएर वा मारेर जम्मा गर्नुपर्नेछ र सरकारी अधिकारीलाई बुझाउनुपर्नेछ । सरकारी अधिकारीहरुले हरेक व्यक्तिले मारेर वा पक्रेर बुझाएका लामखुट्टेको संख्या गन्नेछन् । सबैभन्दा बढि लामखुट्टे मारेर वा जिउँदै पक्रेर बुझाउनेलाई विजेता घोषित गरिनेछ । विजेतालाई १ सय अमेरिकी डलर पुरस्कार दिइने ताइबानी अनलाइनले जनाएको छ । ।

लामखुट्टे समाउने प्रतियोगिताका टप टेन भित्र पर्नेलाई झुल तथा लामखुट्टे भगाउने रिपेलेन्ट पुरस्कारको रुपमा दिइनेछ । सहरबासीले शनिवार तोकिएको स्थानमा आफुले पक्रेका वा मारेका लामखुट्टे लगेर बुझाएपछि त्यस्ता लामखुट्टेको गणना गरी विजेताको घोषणा गरिने बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID