Thursday 13 November 2014

श्रीमानसँगै बलिउडकी चर्चित नायिका ममता कुलकर्णी पक्राउ

(एजेन्सी) बलिउडकी चर्चित नायिका ममता कुलकर्णी र उनका श्रीमान विकि गोस्वारालाई केन्याको पुलिसले पक्राउ गरेको छ । खबरका अनुसार ममता कुलकर्णी र उनका श्रीमानमाथि लागुपदार्थ ओसारपसारको आरोप लागेको छ । विकि गोस्वारा सन् १९९७ मा लागुपदार्थ ओसारपसार गर्ने क्रममा दुबईमा पक्राउ परेका थिए । त्यतिबेला उनीबाट करिब ६ मिलियन डलरको लागुपदार्थ बरामद गरिएको थियो ।

विकि ५३ वर्षका हुन् र उनको राम्रो व्यवहारका कारण उनलाई दुबई जेलबाट छोडिएको थियो । त्यसपछि विकीले इस्लाम धर्म मानेर ममता कुलकर्णीसँग विवाह गरेका थिए । ममता कुल
कर्णी विवाहभन्दा पहिले सन्यासीको रुपमा रहेकी थिइन् । विकीसँग विवाह गरिसकेपछि उनी केन्यामा शिफ्ट भएकी थिइन् ।

मोमबासा कन्ट्री कमान्डर रोबर्ट कितुरले यो विषयमा जानकारी दिँदै भने, ‘विकि र ममता दुबैलाई छुट्टा–छुट्टै पुलिस स्टेशनमा सोधपुछका लागि राखिएको छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID