Friday 7 November 2014

बिन लादेनलाई ३ गोली हान्ने ३८ वर्षिय रोब ओनिल (तस्विर सहित)

एजेन्सी । आतंकवादी संगठन अलकायदाको प्रमुखकोरुपमा संसारलाई त्रस्त पार्न सफल ओसामा बिन लादेनलाई मार्ने अमेरिकी सैनिकको तस्विर सार्वजनिक भएको छ । सन् २०११ को मे २ मा पाकिस्तानको एबोट्टाबादमा अमेरिकी सैनिकको विशेष टोलीले बिन लादेनलाई मारेको थियो । उक्त आक्रमणमा बिन लादेनलाई ३ गोली हानेर मारेका अमेरिकी सैनिक रोब ओनीलको तस्विर सार्वजनिक भएको हो ।
 ३८ वर्षिय रोब ओनिलले फक्स न्यूजको विकेण्डमा आफूले बिन लादेनलाई कसरी मारें भन्ने विषयमा सबै जानकारी सार्वजनिक गर्ने बताइएको छ । ओनिलको तस्विर पहिलो पटक अमेरिकाको SOFREP.com ले सार्वजनिक गरेको हो । यस अघि बिन लादेनलाई मार्नेको जानकारी गोप्य राखिँदै आएको थियो । बिन लादेनलाई मार्ने ‌ओनीलले सैनिक सेवामा ५२ मेडल जितेको बताएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID