Friday 21 November 2014

आफूलाई मृत्युले बिर्सिएको १७९ वर्षीया वृद्धको गुनासो


हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं । तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् ।

महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको दावी गर्छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् ।

उनको दावी साँचो हुने हो भने उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ ।
‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर मलाई कसरी कालले बिर्सिएको होला रु’ उनी बताउँछन् । उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए ।

इन्डिया डट कमलाई उनले भने, ‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै भइसक्यो । अब त मलाई कालले सम्झन्छ भन्ने कुरामा पनि आशा मरिसक्यो ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID