Monday 24 November 2014

मोदीले ६३ करोड पर्ने हेलिकप्टर उपहार दिने

 मंसिर ८ –, काठमाडौं,  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मलेनको बेला नेपाललाई लगभग ६३ करोड नेपाली रुपैयाँ बारबर पर्ने हेलिकप्टर उपहार स्वरुप प्रदान गर्ने भएका छन् । यसको साथै भारतीय सहयोगमा बनेको वीर अस्पतालको छेउमा रहेको ट्रमा सेन्टर पनि हस्तान्तरण गरिने बताइएको छ ।

बिजनेस स्ट्यान्डर्डका अनुसार १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन मंगलबार नेपाल आइपुग्ने मोदीले सोही दिन ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण गर्ने छन् ।

त्यस्तै नेपाल भ्रमणका क्रममा एचएएल ध्रुव मार्क–३ नामक एडभान्सड लाइट हेलिकप्टर पनि प्रदान गर्ने भएका छन् ।

मोदीले हेलिकप्टरको चाबी प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्ने र कोइरालाले टुडिखेलमा एक कार्यक्रमबीच त्यसलाई प्रधानसेनापति गौरव शमसेर रानालाई हस्तान्तरण गर्ने नेपाली सेना उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।

यस अघि नै नेपालले भारतसँग दुईवटा यस्तै हेलिकप्टर सस्तोमा किन्ने प्रयास गरेको थियो । लामो वार्तापछि भारतले दुईमध्ये एउटा उपहार स्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त हेलिकप्टरलाई सैनिक र नागरिक दुवै कामका लागि प्रयोग गर्न सकिन्छ । हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले तयार गरेको उक्त हेलिकप्टरको मुल्य ६.५ मिलियन डलर (लगभग ६३ करोड नेपाली रुपैयाँ) पर्ने बताइएको छ । हेलिकप्टर शनिबारै नेपाल आइसकेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID