Sunday 30 November 2014

सेक्सी देखिएको भन्दै एयरहोस्टेजको जागिर खोसियो (फोटोफिचर सहित)

टर्की एयरलाइन्सले एक एयरहोस्टेजलाई भड्किलो कपडा लगाएको र सेक्सी भएको आरोपमा जागिरबाट निकालेको छ।
एयरलाइन्सका अध्यक्षले भनेका छन्–विगत समयमा टर्की बढी कट्टरभएको छ । यसकारण उनलाई जागिरबाट निकाल्न दबाव थियो ।
३१ वर्षीया एयरहोस्टेज जुहाल सेंगुल मोडलका रुपमा पनि काम गर्दथिइन् । एक इटालियन म्यागजिनमा उनको तस्वीर प्रकाशित भएको थियो । र, भड्किलो पहिरनमा भिडियो पनि सार्वजनिक भएको थियो । तस्वीर र भिडियो हेरेपछि कम्पनीले उनलाई निकाल्ने निर्णय गरेको हो ।
युट्युबमा अपलोड गरिएको भिडियोमा जुहाल बिकिनीमा देखिएकी छन्। जुहाल भेगेन लाइफस्टाइलको क्याम्पेनर पनि हुन् ।
गत वर्ष टर्की एयरलाइन्सले एयरहोस्टेजको लिपस्टिक र कलरफुल मेकअप प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । अधिकारीहरुका अनुसार टर्की तिब्रताका साथ रुढीवादी इस्लाम र धर्म गुरुको कब्जामा जाँदैछ । उन भने, सर्भिस सेवामा स्टाफ सादा मेकअप, बेदाग र हल्का रुंगको प्रयोग अधिक हुन्छ । तर, पछि सामाजिक सञ्जालमा आलोचना भएपछि लिपस्टिकमाथिको प्रतिबन्ध हटाइएको थियो । एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID