Saturday 8 November 2014

सुनको मुल्य यो साता पनि ओरालो लाग्यो

कार्तिक २२- काठमाडौं,  नेपाल सुनचाँदी व्यवसायीले जानकारी दिए अनुसार केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मुल्य यो साता पनि घटेको छ । व्यवसायीका अनुसार यो साता सुन तोलामा एक हजारपाँच सय रुपैयाँले घटेर कारोबार भएको छ ।

अघिल्लो साता अन्तिम दिन ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन यो साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेर ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुन तोलामा दुई सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगंलवार र बुधबार एक÷एक सय रुपैयाँ घटेर कारोबार भएको सुन विहिबार तोलामा पुन पाँच सय रुपैयाँ घटेर ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार पुन एक सय रुपैयाँले घटेर सुन तोलाको ४९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै यो साता चाँदीको मुल्यमा पनि केही गिराबट आएको छ । साताको पहिलो दिन पाँच रुपैयाँले घटेर ६ सय ९५ रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन तोलामा ३० रुपैयाँले घटेर ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

अर्को साता पनि यसको भाउ घट्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID