Friday 21 November 2014

होस् गर्नुहोस असुरक्षित यौनसम्पर्कबाट फैलने खतरनाक रोग एस्ता छन्

 क्लामाइडिया
क्लामाइडिया एउटा सामान्य यौन संचारित रोग हो। जुन क्लामाइडिया ट्राइकोमोटिस जीवाणुका कारण उत्पन्न हुन्छ ।यो रोग गुदा वा मुखमैथुनका कारण सर्न सक्छ ।
गोनोरियो
यो भिसेरिया गानेरिया नामक जीवाणुबाट हुन्छ । जुन महिलाको प्रजनन मार्गको गरम र नमी भएको क्षेत्रमा सजिलै तीब्र गतिमा वृद्धि हुन्छ । यसका जीवाणु मुख, घाँटी, आँखा र गुद्दामा पनि हुर्कन सक्छ ।
हर्पिस
यो यौन संचारित बिमारी हो । जुन हर्पिस सिम्प्लेक्स नामक भाइरस (टाइप वन र टाइप टु) बाट जन्मन्छ।
सिफलिस
यो ट्रेपोनमा पल्लिडम नामक जीवाणुबाट हुन्छ । यो बिमारीको लक्षण पीडित महिलामा कैया वर्षसम्म देखा नपर्न सक्छ ।
हेपाटाइटिस बी
हेपाटाइटिस बीको संक्रमण पनि असुरक्षित यौन सम्बन्धका कारण वीर्यका माध्यमबाट सर्न सक्छ । हेपाटाइटिस बीको सुरुवाती लक्षण थकान, पाचन शक्ति कमजोर हुनु, वाकवाकी लाग्नु आदि हुन्। जुन सामान्य लाग्छन् र यसको सबैभन्दा खतरनाक पक्ष हो।
एड्स
एड्स पनि असुरक्षित यौन सम्बन्धका कारण सर्ने रोग हो। यसको लक्षण ज्वारो आउने, थकान, कमजोरी, बारम्बार फंगल संक्रमण, रोग प्रतिरोधात्मक क्षमताको कमी आदि हुन्।
ध्यान दिनुपर्ने कुराहरु
कण्डोमको प्रयोग आवश्य गर्नुपर्छ । यो संक्रमण रोक्न धेरै हदसम्म प्रभावकारी हुन्छ ।
–हेपाटाइटिस बी को संक्रमणबाट बच्न समयमै खोप लगाउनुपर्छ । आफ्नो जीवनसाथीप्रति इमान्दार रहनाले कैयन बिमारीबाट बच्न सकिन्छ ।
–कैयौ युवती विज्ञापनबाट प्रभावित भएर गर्भनिरोधक औषधि खान्छन् । त्यस्ता गर्भनिरोधक औषधि लिनुपूर्व चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID