Thursday 27 November 2014

आइसियुका बिरामीले झ्यालबाट हाम फाले

पथरी, मंसीर ११ – हप्ता दिनदेखि विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साहले गएराति झ्यालबाट हाम फालेका छन् ।
उनका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराएका थिए ।

रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गरिरहेका थिए । अस्पताल व्यवस्थापनले उनको आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।

झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID