Wednesday 19 November 2014

गुप्ताङ्गको दुर्गन्धबाट पार पाउने घरेलु उपाय

 महिलाहरुमा गुप्ताङ्गको दुर्गन्ध एक सामान्य समस्या हो । जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिएका कारण गुप्ताङ्गमा दुर्गन्धका हुने गर्दछ ।
गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस गराउने भएकाले यसलाई हटाउन यथाशिघ्र कदम चाल्नुपर्ने हुन्छ ।

 गुप्ताङ्गमा दुर्गन्धका कारणहरुः

 १. बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग
 २. गोनोरिया
 ३. अत्यधिक गुलियो भएको खानेकुरा खानाले
 ४. यिस्टको संक्रमण
५. यौन रोग
 ६. सफाइमा कमी
७. पेल्भिक इन्फ्लेमेटरी रोग
  घरेलु तरिका

 १. प्रशस्त पानी पिउनुहोस्ः गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

 २. दहिः दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ । यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।

 ३. मेथीः दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियमित महिनावारी हुन मद्दत गर्दछ ।
४. अमलाः अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने गर्नुहोस् ।

५. लसुनः लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई ८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् । लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।

6. निमको पानीः केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसकेपछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल पनि प्रयोग गर्नसक्नुहुनेछ ।

 ७. अमिलो फल खानुहोस्ः सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID