Sunday 19 October 2014

‘को कति सेक्सी छ, बोलीबाटै थाहा पाउँछु’

हरु दर्शकले मन पराएका छन् । एक दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी केकी यतिबेला पनि केही फिल्मको छायांकनमा व्यस्त छिन् । फिल्म क्षेत्रमा एक लगनशील, शिक्षित तथा राम्री नायिकाको रुपमा चिनिने केकी वरिष्ठ फिल्म निर्देशक बद्री अधिकारीकी जेठी छोरी हुन् । आफ्ना निर्देशक बुवाका कारण अभिनय क्षेत्रमा प्रवेश गर्ने प्रेरणा मिलेको बताउने केकीले अभिनयलाई करियरकै रुपमा ग्रहण गरिसकेकी छिन् । केकी आफूले अभिनय गरेका सबै फिल्म तथा म्युजिक भिडियोहरु मन परेको बताउँछिन् । यद्धपि उनलाई निर शाहको फिल्म ‘मसान’मा गरेको आफ्नो अभिनय सबैभन्दा राम्रो लाग्छ । पछिल्लो समयमकी चर्चित नायिक केकी भन्छिन्, को कति सेक्सी छ, बोलीबाटै थाहा पाउछु । प्रस्तुत छ, केकेीसँगको छोटो कुराकानी ।

तपाईंको नामलाई अधिकांशले अनौठो मान्छन्, नामको अर्थ के हो ?
केकीको अर्थ सुन्दर पंक्षी मयूर हो । सानी छँदा मयूर झैं सुन्दर थिएँ रे, त्यसैले अभिभावकले यही नाम राखिदिनु भएको हो ।
अहिलेको सुन्दरतालाई चाहिं कम छ र ?
मयुरले आफ्नो वर्णन आफैंले गर्दैन । मलाई मयुर झैं सुन्दर देख्ने धेरै होलान् तर मलाई त्यस्तो लाग्दैन ।
अभिनय क्षेत्रमा आउने रहर कहिलेदेखि पलायो ?
सानैदेखिको रहर हो भन्दा फरक पर्दैन । बुवा नै यो क्षेत्रमा हुनु भएकाले म सानैदेखि यो विधातर्फ आकर्षित थिएँ ।
अभिनयमा आउनुअघिको तयारी कस्तो थियो ?
डान्स क्लास ज्वाइन गरेकी थिएँ । डान्समा जाँदा(जाँदै म्युजिक भिडियोबाट अफर आयो । भिडियोमा व्यस्त हुँदा(हुँदै फिल्मबाट अफर आउन थाल्यो । काम गर्दै जाँदा आजको अवस्थासम्म आइपुगें ।
म्युजिक भिडियो र फिल्मको अभिनयमा के फरक पाउनु हुन्छ ?
एउटा कलाकारका लागि म्युजिक भिडियो र फिल्ममा खासै भिन्नता हुन्न । दुबै विधामा उत्तिकै मेहनतका साथ काम गर्नु पर्छ । भिडियोको रिजल्ट चाँडै पाइन्छ, फिल्मको रिजल्ट आउन ढिला हुन्छ तर कालजयी हुन्छ ।
आफूलाई कत्तिको सुन्दर मान्नु हुन्छ ?
म त्यति धेरै सुन्दर छैन । एभरेज भन्न मन पराउँछु ।
आफ्नो शरिरका अंगहरु मध्ये कुन चाहिं बढि मन पर्छ ?
आँखा । अरुले पनि मेरो आँखा राम्रो छ भन्नु हुन्छ ।
विवाहका बारेमा कुनै योजना छ कि ?
अहिले नै विवाहका बारेमा सोच्नु, योजना बनाउनु अलि हतार हुन्छ जस्तो लाग्छ ।
कसैप्रति आकर्षित हुनु भएको छ कि ?
अध्ययन र अभिनयका कारण मैले प्रेमका बारेमा पनि सोच्न भ्याएकी छैन । म अहिलेसम्म कसैप्रति आकर्षित भएकी छैन ।
स्ता पुरुषले तपाईंलाई आकर्षित गर्छन् ?
बुद्धिमान र दमदार भ्वाइज भएका पुरुषहरुले मलाई छिट्टै आकर्षित गर्छन् । तिनै सेक्सी लाग्छन् ।
भविष्यको श्रीमान् कस्तो होस् भन्ने चाहनु हुन्छ ?
आफूलाई बुझ्ने श्रीमान् होस् भन्ने सबैको चाहना हुन्छ । मेरो चाहना पनि यस्तै छ ।
तपाईंले पछिल्लो पटक किस गरेको व्यक्ति ?
मेरी मम्मी ।
सेक्सलाई कसरी हेर्नु भएको छ ?
सेक्स भनेको खाने, सुत्नेजस्तै एउटा प्राकृतिक प्रकृया हो जुन सबैको जीवनमा हुन्छ । यो हरेकका लागि उत्तिकै महत्वपूर्ण विषय हो । यसलाई त्यति ठूलो इस्यु बनाइरहनु पर्छ जस्तो लाग्दैन ।
विवाहअघिको सेक्सका बारेमा तपाईंको के धारणा छ ?
हाम्रो समाज र संस्कृतिले सेक्सलाई विवाह पछाडि मात्र वैधानिक मानेको छ । म नेपाली संस्कृतिलाई आदर, सम्मान गर्ने युवती भएकीले विवाह अगाडिको सेक्स राम्रो मान्दिन । यसले समस्याहरु निम्ताउँछ जस्तो लाग्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID