Thursday 30 October 2014

सार्क सम्मेलन नजिकिँदै जाँदा हुन थाल्यो भारतविरोधी गतिविधि -


 कात्तिक १३, चितवन – सार्क सिखर सम्मेलन (SAARC) मिति नजिकिदै गर्दा चितवनमा भारत बिरोधी गतिबिधि देखिन थालेको छ । चितवनका विभिन्न कार्यालयमा रहेको भारत सरकारको झण्डा मेटाएर भारत बिरोधी गतिबिधि सुरु हुन थालेको देखिएको हो ।
भारत सरकारको सहयोगमा निमार्ण भएका भौतिक संरचनामा कुदिएको भारतको झण्डा रातिराति मेटिन थालेका छन् । भौतिक संरचना निमार्णको मिति सहित नेपाल र भारतको झण्डा क्रस गरी नेपाल भारत सहयोग लेखिएको सिला लेखमा रातो पोती भारत भन्ने शब्द र भारतीय झण्डा मेटाईएको देखिइएको छ ।
भरतपुरमा रहेको बिरेन्द्र क्याम्पस भित्रको लाईबेरी भवन नजिकै रहेको सिला लेखमा रातको समयमा रातो पोती मेटाईएको देखिएको कलेजका विद्यार्थी प्रशान्त अधिकारीले बताए ।
कुन समुहले किन सिलालेख मेटायो भन्ने कुरा खुल्न नसकेको बिरेन्द्र क्याम्पस प्रशासनले बताएको छ ।
त्यस्तै शारदानगर कलेजमा रहेको सिला लेख पनि मेटाएको कलेजले जनाएको छ । सार्क सिखर सम्मेलन नजिकिदै गर्दा भारत बिरोधी गतिबिध हुन थालेको भन्दै चितवनमा चिन्ता हुन थालेको छ ।
चितवनको माडीमा , शारदानगर र भरतपुरको बिरेन्द्र क्याम्पस लाईब्रेरी भारत सरकारको सहयोगमा निमार्ण भएको हो । भने १ दर्जन एम्बुलेन्स पनि भारत सरकारको सहयोगमा सञ्चालनमा छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID