Saturday 18 October 2014

महिलालाई सेक्स नगर्ने पुरुषको मुखमा पिसाव गर्ने अधिकार

एजेन्सी ~
पपुवा न्यु गिनीका ग्रामीण क्षेत्रका महिलालाई कुनै पनि पुरुषसँग यौन सम्बन्ध कायम गर्ने छुट छ । त्यति मात्र होइन, यदि कुनै पुरुषले कुनै पनि महिलाले गरेको सेक्स अफर अस्वीकार गरेको खण्डमा त्यस पुरुषको मुखमा पिसाव गर्ने अधिकारसमेत छ । महिलालाई कुनै पनि पुरुषका साथ सेक्स सम्बन्ध कायम गर्ने छुट दिने यो परम्परा पपुवा न्यु गिनीको ग्रामीण क्षेत्र निवासी ट्रोब्रियांड जातिको हो ।
यहाँ महिलाले कुनै पनि पुरुषलाई आवतजावतका क्रममा अश्लील गाली गर्न सक्छन् । उनीहरुले चाहे जतिसुकै पुरुषलाई सेक्सका लागि निम्ता दिन सक्छन् । यो कुराका लागि उनीहरुलाई पूर्ण छुट छ, यसलाई गलत मानिँदैन ।
लभ अफ आइल्याण्डमा याम फेस्टिभल बनाइने गर्दछ। यो फेस्टिभलका क्रममा महिलाहरु झाडीमा बसेर त्यहाँ आवतजावत गर्ने पुरुष हेरिरहन्छन् । त्यसक्रममा उनीहरुलाई जुन पुरुष मन पर्छ त्यसलाई सेक्सका लागि निम्ता दिन्छन् । यदि त्यस पुरुषले यो अफर अस्वीकार गरेको खण्डमा उनीहरुले उसको मुखमा पिसाव गरिदिन्छन् ।
संसारका कयौ देशमा परम्परागत र कानुनी रुपमा महिलालाई केवल आफ्नो श्रीमानसँग मात्र यौन सम्बन्ध कायम गर्ने अनुमति दिइएको छ। तर, संसारको एउटा यस्तो स्थान पनि छ, जहाँ महिलालाई अनौठा अनुमतिहरु प्रदान गरिने छ। जुन सुनेर तपार्य पनि आश्चर्यमा पर्नुहुनेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID