Thursday 30 October 2014

काठमाडौं मल खाली गराउन सञ्चयकोषद्वारा निर्देशन

ठमाडौं,कात्तिक १३ – कर्मचारी सञ्चय कोषले बक्यौता भाडा तथा एक वर्षको भाडा जमानत पेस नगरेको भन्दै सुन्धारामा रहेको काठमाडौं मललाई खाली गर्न निर्देशन दिएको छ ।
कोषले भवनको करार सम्झौता तर करार सम्झौता गरेका राणाले कोषको निर्देशन वेवास्ता गर्दै बक्यौता तथा जमानत रकम नबुझाएपछि कोषले भवन खाली गर्न निर्देशन दिएको हो । कोष र राणाबीच २०६२ भदौ १ गते भवन भाडामा लिने सम्बन्धमा करार सम्झौता भएको थियो । सूचना प्रकाशित भएको मिति अर्थात् बुधबारदेखि करार सम्झौता औपचारिक रुपमा भंग भएकाले करार सम्झौताको दफा १० बमोजिम एक महिनाभित्र सो अबधिसम्मको भाडा चुक्ता गर्न कोषले राणालाई निर्देशन दिएको छ । कोषले मल भएको पूरै भवन खाली गराई पूर्ववत तरिकाले कोषलाई हस्तान्तरण गर्न पनि राणालाई निर्देशन दिएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
गरेका प्रविण शम्सेर राणा तथा मलमा व्यवसाय गरिरहेका व्यवासायीका नाममा सूचना प्रकाशित गरी भवन खाली गर्न निर्देशन दिएको हो । कोषले यसअघि पटकपटक सूचना प्रकाशित गरी मलको बाँकी बक्यौता तथा एक वर्ष बराबरको भाडा रकम जमानत पेस गर्न निर्देशन दिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID