Tuesday 28 October 2014

प्रियंकाकी बहिनी भन्छिन्-‘म सँग हट शरीर छ, देखाउन कुनै आपत्ती छैन’

 बलिउडमा नायिका प्रियंका चोपडा सर्वाधिक सफल मानिन्छिन् । उनीसँगै उनका बहिनीहरु पनि बलिउडमा प्रवेश गरिसकेका छन् । परिणिती चोपडा र मिरा चोपडाले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् ।
यही क्रममा नायिका चोपडाकी अर्की बहिनी पनि बलिउडमा प्रवेश गरेकी छिन् । निर्माता अनुभव सिन्हाको नयाँ चलचित्र ‘जिद’बाट बार्बी हांडा बलिउडमा प्रवेश गरेकी हुन् । यो सिनेमाको पोष्टरमा हांडा टपलेस देखिएकी छिन् । उनले बलिउडमा आएसँगै आफ्नो नाम परिवर्तन गरि मनारा राखेकी छिन् । उनी यही नामबाट बलिउडमा चम्कन चाहन्छिन् ।

सिनेमामा टपलेस हुनुको कारणबारे मनाराले भनिन्-‘ हामी अहिले २०१४ मा बाँचिरहेका छौ । यो समयमा म घुम्टो ओडेर त बस्न सक्दिन । यदि घुम्टो नै ओड्नु थियो भने त म ‘सास-बहु’को सिरियल गरिरहेको हुन्थे । मसँग हट शरीर छ र यसलाई देखाउन मलाई कुनै आपत्ती छैन ।’ यो सिनेमा नोभेम्बर २८ मा प्रदर्शनमा आउँदैछ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID