Friday 3 October 2014

ज्ञानविज्ञानका बारेमा केहि रोचक जानकारी !

Some INteresting facts about Science and Tech
घाँटीमा बाँध्ने टाइको प्रचलन
प्राचीन कालमा युरोपमा लडाई लड†नका लागि भाडामा समेत सिपाहीहरु पाइन्थे । कतिपय स्थितिमा त्यस्ता भाडाका सिपाहीहरुलाई आफ†नो सिपाहीबाट अलग्गै चिनाउनु पर्ने अवस्था आइपथ्र्यो । त्यसै सिलसिलामा १७ औं शताब्दीमा फ्रान्सका राजा लुई चौधौंले एउटा नयाँ उपाय सोचे– भाँडाका सिपाहीहरुको गलामा चिन्हस्वरुप कपडा बाँधिदिने । उनले आफ†नो त्यो सोचाइलाई कार्यान्वयन गरे । यसरी, सबैभन्दा पहिले टाईको प्रचलन गराउने व्यक्तिका रुपमा फ्रेन्च राजा लुई चौधौं देखा परे ।

पछि फ्रेन्च क्रान्ति सम्पन्न भएपछि त्यो प्रचलन हराएर गयो । फेरि १९ औं शताब्दीमा पुरुषहरुले नेक टाई लगाउने प्रचलन शुरु भयो ।
पानी तताउँदा स्वाद किन फेरिन्छ ?
वर्षायाममा कतिपय घारा तथा पानीका अन्य स्रोतहरुबाट आउने पानी स्वास्थ्यको दृष्टिले पिउनयोग्य हुँदैनन† । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ भनी स्वास्थ्यकर्मीहरुले सल्लाह दिने गर्छन† ।
तर तपाईं हामीमध्ये कतिपयलाई तताएको पानी स्वादिलो लाग्दैन । किनभने, चिसोपानीमा जुन मिठास हुन्छ, त्यो स्वाद पानी तताएपछि बदलिन्छ ।
आखिर यस्तो हुन्छ कसरी ?
चिसोपानीमा हावा घुलेको हुन्छ र त्यही हावाको कारण पानीमा एक किसिमको मिठास वा स्वाद हुन्छ । तर जब पानीलाई तताइन्छ या उमालिन्छ, त्यसबेला पानीमा घुलिएर रहेको हावा बाहिर निक्लिएर जान्छ । त्यसैको परिणामस्वरुप, पानीलाई तताएपछि त्यसको स्वाद बद†लिएको अनुभूति हामीलाई हुन्छ ।

त्यसैगरी, पानीमा विभिन्न खनिज, लवण तथा रसायनहरु हुन्छन† । पानीलाई तताएपछि ती पदार्थहरुमा पनि परिवर्तन आउँछ । त्यही कारण पनि पानी तताउँदा त्यसको स्वाद फेरिएको हामीले महसूस गर्छौं ।

समुद्रमाथि कसको अधिकार हुन्छ ?
खुला समुद्रमाथि कसैको पनि अधिकार हुँदैन र कसैले पनि खुला समुद्रमाथि आफ†नो स्वामित्वको दावा गर्न पाउँदैन ।

कुनै पनि देशको तटरेखाबाट २२ किलोमिटर दूरीभित्रसम्मको समुद्रलाई त्यस देशको क्षेत्रीय समुद्र (टेरिटोरियल वाटर) मानिन्छ र त्यस रेखाबाट ३७० किलोमिटर दूरीभित्रसम्मको समुद्री क्षेत्रलाई त्यस देशको अनन्य आर्थिक क्षेत्र (एक्सक्लूसिभ इकोनोमिक जोन) मानिन्छ । यति क्षेत्रभित्रको समुद्रको संशाधनहरुको उपयोग गर्न तथा त्यसमा शोधकार्य गर्नका लागि त्यही देशलाई मात्र अधिकार हुन्छ । अर्थात† त्यति क्षेत्रभित्रको समुद्रमा चाहिँ सम्बन्धित देशको अधिकार लाग्छ । त्यसबाहेकको समुद्रमा चाहिँ कसैको पनि अधिकार लाग्दैन ।

पानीले भिज्दा छाला किन चाउरिन्छ ?
हात त धुँदा पनि भिज्छ, नुहाउँदा पनि भिज्छ । तर ती दुई कार्यमा हात भिजाइको रुप भने फरक देखिन्छ । अलि लामो समय लगाएर नुहाउँदा हातको छाला चाउरिएको देखिन्छ । सामान्य रुपमा हात धुँदा भने त्यस्तो रुप देखिँदैन । यस्तो किन हुन्छ होला ?

हाम्रो शरीरमा छालाले तन्किने ९भबिकतष्अ० एक चीज बनाएको हुन्छ । त्यसले शरीरमा सुरक्षा–कवचको काम गर्दछ । त्यस सुरक्षा–कवचमा तीनवटा तहहरु हुन्छन†– मृत कोषहरुको माथिल्लो तह, मध्यम तह जो जीवित कोषहरुको हुन्छ र तल्लो तह जो मांसपेशी र बोसोसँग सम्बन्धित हुन्छ ।
साधारणतया मृत कोषहरुको माथिल्लो तहले छालामा पानी नछिर्ने प्रभावशाली छेकेबारको काम गर्छ । तर लामो समयसम्म निरन्तर रुपमा पानीमा डुब्दा त्यो तहमा रहेका मृत एवं सुक्खा कोषहरुले पानी सोस्दछन† र तिनीहरु फुल्दछन† । यसले गर्दा छाला चाउरिन पुग्छ । तर सुकेपछि छाला पुनः चाउरिन छोड†छ ।

चार सय डलरमा बेचिएको आविष्कार !
सेप्टीपीन आधुनिक जीवनको अनिवार्य हिस्सा जस्तै बनिसकेको छ । तर तपाईंलाई थाहा छ– यस्तो उपयोगी बस्तुको आविष्कार कसले गरेका थिए भन्ने कुरा ?

आधुनिक सेप्टीपीनको आविष्कार आजभन्दा १५२ वर्ष पहिले भएको थियो । यसका आविष्कारक थिए– वाल्टर हन्ट नामक व्यक्ति ।
रोचक त के छ भने, उनले आफ†नो यो आविष्कारलाई त्यसबेला ४०० डलरमा बेचेका थिए ।



गर्मीमा पानी परेपछि माटो किन गन्हाउँछ ?
गर्मी महिनामा घामले माटो कक्रक्क सुकेको हुन्छ । त्यस्तो बेलामा पानी परेपछि माटो गन्हाउँछ । यस्तो किन भएको होला ?

वास्तवमा, त्यसरी सुकेको माटोमा पानी परेपछि माटो गन्हाउनुको खास कारण माटोमा हुने जीवाणुहरुले गर्दा हो । सुकेको माटोमा स्ट्रेप्टोमाइसिटीस नाम गरेको जीवाणु प्रचुर मात्रामा विद्यमान रहेको हुन्छ । यतिसम्म कि, एक चिम्टी माटोमा त्यस्ता जीवाणुहरु करोडौंको संख्यामा पनि रहेका हुन सक्छन† । जब त्यस्तो सुकेको माटो पानीको सम्पर्कमा आउँछ, ती जीवाणुहरुले जियोस्मिन तथा २–मिथाइल आइसोबाँर्नियल जस्ता यौगिकहरु माटोबाट छाड†छन† । ती यौगिकहरुको वाष्पीकरण हुन्छ । तिनै वाष्पीकरण भएका यौगिकहरुको गन्धलाई नै वास्तवमा हामी माटो गन्हाएको भन्छौं ।
दाहिने हात नै किन मिलाइन्छ ?
भेटघाट हुँदा हात मिलाउने चलन पश्चिमा चलन हो । पूर्वेली चलनमा हात मिलाइँदैन, नमस्कार गरिन्छ । तपाईंले याद गर्नुभएको छ, हात मिलाउँदा सधैं दाहिने हात मिलाइन्छ, देब्रे होइन । कतिपय ठाउँमा त देब्रे हात मिलाउनुलाई शत्रुप्रतिको व्यवहारको रुपमा पनि हेर्ने गरिन्छ ।

हात मिलाउँदा दाहिने हात नै मिलाउनुको कारण के होला ? यो प्रथाका बारेमा खोतल्दै जाने हो भने यसका पछाडि आत्मरक्षा नै देखिन्छ । प्राचीन कालमा मानिसहरु अहिलेजस्तो व्यवस्थित र घुलमिल भएर बस्दैनथिए । त्यसैले प्रायः सबै मानिसहरु आत्मरक्षाको लागि तरवार बोकेर हिँड†ने गर्थे । त्यस्तो अवस्थामा कोही मानिस आफनो मित्र हैन, शत्रु हो भन्ने लाग्यो भने आत्मरक्षाको लागि तुरुन्तै तरवार झिक्नुपर्ने हुन्थ्यो । तरवार प्रायः सधैं देब्रे कम्मरमा बोकिने भएकोले त्यो झिक्नको लागि दाहिने हात नै प्रयोग हुने गथ्र्यो ।
तर जब साथी वा मित्र भेट हुन्थ्यो, त्यस अवस्थामा दाहिने हात अगाडि बढाइन्थ्यो । त्यसरी दाहिने हात अगाडि बढाउनुको अर्थ मित्रता हुन्थ्यो र त्यसले आफ†नो हातमा तरवार वा अरु कुनै हतियार नभएको कुराको संकेत पनि गथ्र्यो ।
अहिले मानिस मानिसबीचको सम्बन्ध प्राचीन कालको जस्तो कट†टर–शत्रुतापूर्ण र एकअर्काप्रति आशंका गरिबस्नुपर्ने खालको छैन । त्यसैगरी अहिलेका मानिसहरुले प्राचीन कालमा जस्तो तरवार बोकेर पनि हिँडदैनन । तर पनि अझै त्यही प्राचीन प्रथाको विकसित रुपको हिसाबमा मित्रताको भाव प्रकट गर्न हात मिलाउने चलनले निरन्तरता पाइरहेको नै छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID